© 2026 Tamang Samaj
Tamang Samaj

मिस तामाङ वोर्ल्ड २०२२मा सहभागी हुनका लागि आवश्यक जानकारीहरु

Tamang Samaj October 13, 2022 1 min read Miss Tamang
मिस तामाङ वोर्ल्ड २०२२मा सहभागी हुनका लागि आवश्यक जानकारीहरु

मिस तामाङ वोर्ल्ड २०२२मा सहभागी हुनका लागि आवश्यक जानकारीहरु,

१. फारम यही अशोज २५ गते देखि कार्तिक १९ गते सम्म भर्नुपर्ने । फारम www.misstamangworld.com मा log in गरि भर्नसकिनेछ भने E-sewa मार्फत पनि भर्नसकिनेछ र फारमको registration शुल्क रु १००० E-sewa ID 9851023576 मा पठाउनु पर्नेछ। प्रतक्ष्य रुपमा फारम भर्न इच्छुक महानुभावहरुले पुतलीसडक, कमलादी मोड मा स्थित सधनाकलाकेन्द्रमा आएर फारम भर्न सक्नुहुनेछ।

२. तामाङ समुदायका अविवाहित नारीहरुले बिश्वोको सबै राष्ट्रहरुबाट फारम भर्न सकिने।

सहभागी हुनका लागि निम्नलिखित मापदण्डहरु पुरा हुनुपर्नेछ,

(क) शैक्षिक योग्यता- कम्तिमा १२ उत्तीर्ण अथवा अध्ययनरत ।

(ख) उमेर – १६ वर्षदेखि माथि हुनुपर्ने ।

(ग) मानसिक सन्तुलन नगुमाएको हुनुपर्ने ।

(घ) तामाङ भाषा आयोजक संस्थाले नै सिकाउने हुँदा तामाङ भाषा जान्ने बुझ्ने हुनु नपर्ने ।

(ङ) असल स्वभाव तथा अनुशाशित हुनुपर्ने ।

पुरस्कार तथा अवसरहरु

१. उपाधि विजेतालाई

– विश्व सुन्दरी तामाङ (Miss Tamang World Winner) घोषणा

– १तोलाको Gold Medal (With १0 तोला चाँदी )

– १0 तोला चाँदीको Crown

– विभिन्न महत्वपुर्ण Gift Hamper

– मुख्य प्रायोजक संस्थाको Brand Ambassador

२. महत्वपुर्ण जिम्मेवारीका साथ उत्कृष्ट ५ जनालाई विशेष उपाधिहरु

– Miss Tamang World Culture + 10,000 Cash

– Miss Tamang World Tourism + 10,000 Cash

– Miss Tamang World Social Welfare + 10,000 Cash

– Miss Tamang World Education + 10,000 Cash

– Miss Tamang World Health + 10,000 Cash

यस कार्यक्रमको प्रमुख विशेषताहरु

पाठ्य पुस्तकमा पढन र सिक्न नपाइने तर जीवनमा अत्ति आवश्यक पर्ने जीवनपयोगी महत्त्वपूर्ण कुराहरुको प्रशिक्षण प्रधान गरिने।

Tags: No tags

Related Posts