© 2026 Tamang Samaj
Tamang Samaj

नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै

Tamang Samaj October 14, 2022 1 min read News
नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै

तेलअविव- तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म,भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाई संरक्षण एंव सम्बर्धन गर्ने उदेश्यले स्थापना भएको हाम्रो गौरबमय संस्था नेपाल तामाङ घेदुङ, इजरायलको ऐतिहासिक बाह्रौ वार्षिकोत्सव तथा आठौं आदिवेशन यही आउदो  १८ नोभेम्बर २०२२ (शुक्रबार)का दिन तेलअविव स्थित यसुदा हमाल स्ट्रीट ४४ मा रहेको हलमा हुने भएको छ |

आठौं आदिवेशनको लागि संस्थाको २६ औं बैठक बाट संरक्षक परिषदका सदस्य श्री सुन्दर सिंह योन्जन तामाङ ज्युको संयोजकतामा  संरक्षक परिषदका सदस्य बी बी योन्जन तामाङ,संरक्षक परिषदको सदस्य उर्मिला पाख्रिन तामाङ र वर्तामान अध्यक्ष पेमा पाख्रिन तामाङ सहितको निर्वाचन समिती गठन गरिएको छ।

निर्वाचन प्रक्रियाको लागि  इजरायलवासी सम्पूर्ण तामाङ ज्योज्यो आले,नाना आङहरुमा घेदुङ इजरायलको नयाँ सदस्यता लिनु हुन र नविकारण गर्नु हुनका लागि नेपाल तामाङ घेदुङ इजरायल हार्दिक आव्हान गरेको छ |

साथै कार्यक्रमलाई सब्य र भव्यता रुपमा सफल बनाउनको निमित्त इजरायलमा आबद्ध विभिन्न राजनीतिक,धार्मिक,समाजिक संघसंस्थाहरुका अध्यक्ष एवं पदाधिकारीहरु,मिडियाकर्मिहरु लगायत नेपाली तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ |

Credit: Tamang Online

Tags: No tags

Related Posts