© 2026 Tamang Samaj
Tamang Samaj

नेपालबाट चोरी भएको ६ सय वर्ष पुरानो बुद्ध मूर्ति अमेरिकामा फेला

Tamang Samaj December 19, 2021 1 min read News
नेपालबाट चोरी भएको ६ सय वर्ष पुरानो बुद्ध मूर्ति अमेरिकामा फेला

झण्डै ४० वर्ष पहिले नेपालबाट चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकाको एक गैरसकारी कला–संस्कृतिसम्बन्धी संग्रहमा फेला परेको छ । कम्तीमा ६ सय वर्ष पुरानो (१३–१५ औँ शताब्दीको) भगवान बुद्धको ढुंगाको मूर्ति अमेरिकाको न्यूयोर्कमा रहेको तिब्बत हाउसको संग्रहमा फेला परेको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले मंगलबार जारी गरेको सूचनामा काठमाडौँको ओमबहालस्थित न्हूःछेँबहाबाट सन् १९८० को दशकमा चोरी भएको बुद्ध अक्षोभ्यको मूर्ति तिब्बत ग्यालरीमा पहिचान भएको हो। हाल तिब्बत हाउस युएसमा रहेको बुद्धको मूर्ति । 

तस्बिर ः लस्ट आर्टस् अफ नेपाल तिब्बती धर्मगुरु दलाई लामाको आग्रहमा तिब्बतका प्राचीन कला–संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रदर्शनका लागि तिब्बत हाउस स्थापना भएको हो। सोही तिब्बत हाउसको संग्रहमा ओमबहालबाट ८० को दशकमा चोरी भएको बुद्धको मूर्ति पहिचान भएको हो। ओमबहालमा रहेको बुद्ध मूर्तिको तस्बिर कला अनुसन्धानकर्ता उलरिक भोन स्क्रोडरले खिचेका थिए। सो तस्बिर नेपाली ढुंगाका मूर्तिसम्बन्धी उनको हालै प्रकाशित पहिलो संस्करणको दोस्रो भाग पुस्तकमा समेटिएको छ। पुस्तकमा रहेको बुद्धको मूर्तिको तस्बिर र हाल तिब्बत हाउस युएसको संग्रहमा रहेको मूर्ति त्यही रहेको खुलेको हो। 

उलरिकको पुस्तकमा बुद्धको मूर्ति १३ औँ शताब्दीको उल्लेख छ, तर तिब्बत हाउसमा भने १५ औँ शताब्दीको भनिएको छ। उलरिक भोनले दुई भागमा प्रकाशित गरेको ‘नेप्लिज स्टोन स्कल्प्चरस्’ नामक पुस्तकको पहिलो भागमा हिन्दू देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बुद्धिस्ट गुम्बा तथा बिहारमा रहेका मूर्तिहरु समेटिएका छन्। बुद्धको मूर्तिमा ‘ऊँ नम श्री ३ अक्षभ्याय। 

शाक्यभिक्षु श्री सर्वानन्द ‘।।’ लेखिएको छ। करिब ८० सेन्टिमिटर अग्लो बुद्ध अक्षोभ्यको मूर्ति ८० को दशकमा चोरी भए पनि हालसम्म सो मूर्ति कहाँ कस्तो अवस्थामा छ भन्ने थाहा थिएन। पछिल्लो समय नेपालबाट चोरिएका वा हराएका पुरातात्विक महत्वका सम्पदाहरुको खोजीमा चासो बढ्दै गएको छ। सम्पदाको पहिचानमा ‘लस्ट आर्टस् अफ नेपाल’ ले निरन्तर काम गर्दै आएको छ।

साभार: नेपाल बुद्धिस्ट न्युज 

Categories: News Religion
Tags: No tags

Related Posts