© 2026 Tamang Samaj
Tamang Samaj

तामाङ चिकित्सक समाजलाई कोरोना स्वास्थ्य अभियानको लागि आर्थिक हस्तान्तरण

Tamang Samaj May 30, 2021 1 min read News
तामाङ चिकित्सक समाजलाई कोरोना स्वास्थ्य अभियानको लागि आर्थिक हस्तान्तरण

तामाङ चिकित्सक समाजलाई कोरोना स्वास्थ्य अभियान संचालनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । नेपाल तामाङ घेदुङ र समाजको सहकार्यमा सञ्चालन गर्ने यस अभियानको लागि घेदुङले १ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

कोरोना पीडित र संक्रमितहरुलाई स्वास्थ्य सेवा तथा परामर्श दिन यो अभियान सञ्चालन गरेको समाजका अध्यक्ष डा. दिलबहादुर थोकले जानकारी दिए ।

नेपाल तामाङ घेदुङको संघीय उपाध्यक्ष कुमार घिसिङ र महासचिव महित कुमार तामाङले तामाङ चिकित्सक समाजका अध्यक्ष डा.दिल बहादुर थोकर र कोषाध्यक्ष डा.निराजन दोङ तामाङलाई हस्तान्तरण गरिएको थियो ।

कोरोना स्वास्थ्य अभियान सफल बनाउन गरिएको यो सहयोग महत्वपूर्ण भएको बताउँदै घेदुङको साथमा अभियान चलाउन पाउदा हामीले कोरोना संक्रमित भएकोहरुको जीवन बचाउन हौसला बढेको अध्यक्ष डा. थोकरले बताए । यस्तो सहयोग अझ प्राप्त गर्ने आशा व्यक्त गर्दै थोकरले घेदुङसँग निरन्तर काम गर्न सकिने आशा व्यक्त गरे ।

घेदुङको तर्फबाट सहयोग हस्तान्तरण गर्दै संघीय उपाध्यक्ष घिसिङले आफूहरुले पनि तामाङ चिकित्सक समाजसँग मिलेर यस्तो कोरोना जस्तो गम्भीर भाइरस विरुद्ध लडाइँमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै कोरोना सामान्य स्थितिमा नआए सम्म साथै रहने प्रतिबद्धता व्यक्त गरे ।

साभार: temal online

Related Posts