© 2026 Tamang Samaj
Tamang Samaj

गायक हावा लामाको”ताङ्ला चु सेम” मा नायक अमिर दोङ र निर्मला तामाङ बीच गहिरो प्रेम सम्बन्ध

Tamang Samaj May 29, 2021 1 min read Music
गायक हावा लामाको”ताङ्ला चु सेम” मा नायक अमिर दोङ र निर्मला तामाङ बीच गहिरो प्रेम सम्बन्ध

युवा गायक हावा लामाको ताङ्ला चु सेममा चर्चित नायक तथा निर्देशक नायक अमिर दोङ र नव मोडेल निर्मला तामाङ बीच गहिरो प्रेम गाँसिएको देखिन्छ ।यो प्रेम सम्बन्ध भने यथार्थमा नभई म्युजिक भिडियोमा मात्र हो।

अमिर दोङ तामाङ चलचित्र जगतमा निकै व्यस्त नायक तथा निर्देशक नायक हो।भने मोड्लिङ क्षेत्रमा उदयकी नव मोडेल निर्मला तामाङले अभिनयमा साथ दिएका छन् । गीतमा आफ्नो प्रेमी प्रमिका बीच एकअर्कामा निकै मर्मस्पर्शी ढंगले माया,ममता, स्नेहलाई प्रस्तुत गरेको देखिन्छ । पत्रकार तथा सञ्चारकर्मी, समाजिक अभियान्त सुदिन लामा दोङ शब्द रहेको छ भने प्रतीक मोक्तानले संगीत संयोजन गरेको हो।भने उक्त गीतमा चर्चित गायिका शशिकला मोक्तान र युवा गायक हावा लामा दोङको सुमधुर आवाज रहेको छन् ।

यस गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेको हो भने अडियो मिक्सिङ दिपेश प्रधानले गरेको थियोे । भिडियो सम्पादन तथा निर्देशन अमिर दोङको रहेको भिडियो सुमन तामाङले कलर र छायांकन गरेको थियोे ।कोरियाग्राफी युद्ध लामाले गरेको हो।भने ड्रोन क्याप्टेन पत्रकार मिलन लामा दोङ रहेको छ। यस म्युजिक भिडियो ताम्सालिङ टिभीको प्रस्तुति रहेको भिडियोलाई ताम्सालिङ टिभीकै अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेको हो। यस्तो रहेछ ताङ्ला चु सेम गीतको म्युजिक भिडियो हेर्नुस् ।

Categories: Music
Tags: No tags

Related Posts