त्रिरत्नको शरणगमन (क्याफ्डो) अनुशरण गर्ने धर्मावलम्बीहरु लोक उद्धारको लागि "बहुजन हिताय, बहुजन सुखाए" उपाससक, उपासिका, भिक्षु, भिक्षुणीहरुको लक्ष्य लिएर शरणमा जानेहरुलाई बौद्ध भनिन्छ । उपासक, उपासिका गृहस्थि हुन् भने भिक्षु भिक्षुणी घरवार विहिन अनागरिक हुन् । यस चार समूहलाई चार महापरिषद्, अर्थात महासंघ पनि भनिन्छ ।
अन्य धर्ममा ईश्वरको अस्तित्व रहन्छ भने बौद्ध धर्ममा अमर ईश्वरको स्थान हुँदैन र कोन्छोग् सुम (त्रिरत्न) लाई सधैँ उच्च स्थानको रुपमा प्रयोग गरिन्छ । बौद्ध र अबौद्धको भेद छुट्टाउनका लागि त्रिरत्नको शरणगमनमा जानु पर्दछ । अर्थात् चार महापरिषद्को संघमा प्रवेश गर्न र चार महापरिषद्को सदस्य हुन्, बुद्धरत्न, धर्मरत्न र संघरत्नको शरणमा जान तन, मन, वचनले स्वीकार गर्नु पर्दछ । यसको अतिरिक्त बौद्ध कुल परम्परामा जन्मेर मात्रै सैद्धान्तिक बौद्धको पंक्तिमा परेको मानिदैन । त्यसैले त्रिरत्न शरणगमन नै बौद्धको मुल प्रवेशद्धार भएको हुँदा बौद्ध हुनको लागि त्रिशरणगमनको प्रथम खुट्किलो अनिवार्य हुन्छ । तथापी चोर डाँकाको डर त्रासले, ऋण तिर्न नसकेको पिरले, खाना लाउनको दुःखले, विरामीको कारणले मात्र त्रिरत्नको शरणमा जाँदा वास्तविक त्रिशरणगमन गरेको मानिन्छ । साथै चार मुलधारको माध्यमबाट त्रिरत्न शरणगमन गर्दै जानु पर्दछ । जस्तैः म बुद्धको शरणमा जान्छु, धर्मको शरणमा जान्छु, संघको शरणमा जान्छु ।