थाङ्कालाई प्राय: कलात्मक ढाँचाले ३ भागमा विभाजन गर्न सकिन्छ । रंगद्धारा , कपडा मात्रैबाट र धूलोबाट निर्मित यिनीहरुलाई परम्परागत थङ्का आर्ट , एलिपिदक आर्ट र धूले आर्ट भनिन्छ ।
परम्परागत थाङ्कालाई लेख्नु भन्दा अगाडि जुन देवताको चित्र अंकित गर्न लागेको हो सोही देवताको ध्यान र मोलम गर्नु जरुरी पर्दछ , त्यस पछि गुरुको निर्देशन अनुसार थाङ्कु लेख्न सुरु गरिन्छ भने चित्र पुरा गराई सकेपछि त्यसको ह्राब्ने पुजा गरिन्छ । यो नै थङ्का लेखनको परम्परागत विधि हो । तिब्बतियन मूलका मानिसहरु पुजारी लामा वा रेन्पोछेहरुले थाङ्कालाई बौद्ध धर्मको आस्थाको प्रतिकको रुपमा लिइन्छ । हाल बजारमा देखिएका थाङ्काको आकार पर्यटक स्वयम्ले निर्धारण गरेको पाइन्छ । यसलाई व्यवसायिक ढंगले ठमेल , स्वयम्भु , बौद्ध , पोखरा जस्ता ठाउँहरुमा प्रशस्तै भेट्न सकिन्छ । खाइबाहरुले पेशागत रुपमा सिन्धुपाल्चोक , दोलखा , काभ्रे , रामेछाप , ललितपुर , भक्तपुर , काठमाडौं लगायतका तामाङ , शेर्पा , नेवार , गुरुङ जाति बढी संलग्न रहेको पाइन्छ । उनीहरुले बनाइएका थाङ्काले एसियादेखि यूरोपसम्मका पर्यटकहरुको मन जित्न सफल भएको पाइन्छ । |