tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 11th Mar 2010  
user login
User ID
Password
hr
photo gallery online forum
hr
photo gallery

photo gallery
Photo Gallery of TS
View Gallery

hr
 



 


Papular Tamang Thanka Artists

 


Sakyamuni Buddha

Thanka Art
hr

थाङ्का परिचय
थाङ्का भन्नाले कपडामा माटो लगाई घोटेपछि बनिने क्यानभासमा बौद्ध देवताको चित्रलाई विभिन्न रंग र सुनको संयोजन गरी लेखिने एक धार्मिक चित्र हो । जसको वास्तविक नाम थाङ्कु हो । नेवार जातिले यसलाई पौभा भन्दछन् भने तयार पार्ने व्यक्तिलाई कलाकार वा खाइवा नामले चिनिन्छ । बौद्ध धर्मको परम्परागत थाङ्का कलाको सुरुवात नेपालमा कहिलेदेखि भयो यकिन भन्न नसकिएता पनि ई.स. को १२औं शताब्दीपछि अरनिको चीन प्रस्थान भएपछि भएको अनुमान विभिन्न विद्धानहरुले गरेका छन् । बौद्ध धर्मवलम्वीहरुले बुद्ध धर्मको प्रचारप्रसार तथा गौतम बुद्धको विभिन्न अवतारहरु वा स्वरुपहरुलाई त्यसका अनुयायीहरु सामु सरल किसिमबाट अध्ययन अध्यापन गराउनका लागि यस्ता चित्रहरुको आरम्भ गरेको पाईन्छ । प्रचीन समयदेखि हालसम्मका थाङ्कामा एउटै विशेषता पाएतापनि यसको महत्व धार्मिक र व्यापारिक रुपले उत्तिकै प्रभावकारी छ । विशेषता यो बौद्ध धर्मवलम्बीहरुको परिवारमा जो कोही मृत्यु हुँदा मृतकको नाममा थाङ्कु लेखि दैनिक पुजापाठ गरिन्छ । बौद्ध गुम्बाहरुमा भने विभिन्न देवताहरुको कथामा आधारित थाङ्कुहरु भित्ते चित्रको रुपमा राखिएको पनि पाइन्छ ।

थाङ्कालाई प्राय: कलात्मक ढाँचाले ३ भागमा विभाजन गर्न सकिन्छ । रंगद्धारा , कपडा मात्रैबाट र धूलोबाट निर्मित यिनीहरुलाई परम्परागत थङ्का आर्ट , एलिपिदक आर्ट र धूले आर्ट भनिन्छ ।

परम्परागत थाङ्कालाई लेख्‌नु भन्दा अगाडि जुन देवताको चित्र अंकित गर्न लागेको हो सोही देवताको ध्यान र मोलम गर्नु जरुरी पर्दछ , त्यस पछि गुरुको निर्देशन अनुसार थाङ्कु लेख्‌न सुरु गरिन्छ भने चित्र पुरा गराई सकेपछि त्यसको ह्राब्ने पुजा गरिन्छ । यो नै थङ्का लेखनको परम्परागत विधि हो । तिब्बतियन मूलका मानिसहरु पुजारी लामा वा रेन्पोछेहरुले थाङ्कालाई बौद्ध धर्मको आस्थाको प्रतिकको रुपमा लिइन्छ । हाल बजारमा देखिएका थाङ्काको आकार पर्यटक स्वयम्‌ले निर्धारण गरेको पाइन्छ । यसलाई व्यवसायिक ढंगले ठमेल , स्वयम्भु , बौद्ध , पोखरा जस्ता ठाउँहरुमा प्रशस्तै भेट्न सकिन्छ । खाइबाहरुले पेशागत रुपमा सिन्धुपाल्चोक , दोलखा , काभ्रे , रामेछाप , ललितपुर , भक्तपुर , काठमाडौं लगायतका तामाङ , शेर्पा , नेवार , गुरुङ जाति बढी संलग्न रहेको पाइन्छ । उनीहरुले बनाइएका थाङ्काले एसियादेखि यूरोपसम्मका पर्यटकहरुको मन जित्न सफल भएको पाइन्छ ।

Thanka Art Process

thanka art process thanka art process

thanka art process

thanka art process thanka art process thanka art process
Thanka Artists Working at Factory
Mandala Avalokiteshvara Manjushree
Mandala Avalokiteshvara Manjushree

Click here, tamang thanka artists
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np