तामाङ फिल्म एण्ड म्यूजिक अवार्ड
तथा सांस्कृतिक महोत्सव
(कुनै कम्पनीले प्रायोजन गरेमा कम्पनीको ब्राण्ड नाम जोडिनेछ ।)
मूल प्रायोजकको ब्राण्ड नाम ‌+ तामाङ फिल्म एण्ड म्यूजिक अवार्ड तथा सांस्कृतिक महोत्सव

आयोजक संस्थाः    तामाङ चौतारी समूह
सम्पर्क व्यक्ति:     विनोद तामाङ (सुजन लामा, संयोजक)
                                                मौसमी तामाङ, कोषाध्यक्ष
ठेगाना :                तामाङ चौतारी समूह, ठमेल, काठमाण्डौ
                                फोन नं. ९८०८०५०९२५, ९८४१४८८७८४
                                इमेलः tamangchautari@gmail.com

आयोजना हुने मितीः      २०६७ साल भाद्र ८ गते
समयः                 अपरान्ह २:०० बजे
स्थानः                 राष्ट्रिय नाचघर, जमल, काठमाडौं
प्रत्यक्ष प्रशारणः    अपरान्ह २:०० बजेबाट

कार्यक्रमको प्रकृतिः
तामाङ फिल्म, गीत र म्युजिक भिडियो संख्यात्मकता भन्दा पनि गुणात्मकता ल्याउने उद्देश्यले गर्न लागिएको तामाङ फिल्म एण्ड म्यूजिक अवार्ड तथा सांस्कृतिक महोत्सव नामक यो कार्यक्रम (सम्भवत तामाङ समाजकै ऐतिहासिक कार्यक्रम) मा २०६० सालदेखि यस बर्षको फागुनसम्म रिलिज भएका फिल्म, गीत र म्युजिक भिडियोलाई प्रतियोगितामा सहभागी गराई अवार्ड वितरण गरिनेछ भने २०६० सालभन्दा अघिका फिल्म, गीत र म्युजिक भिडियोलाई विशेष सम्मान गरिनेछ ।  अवार्डको छनोट निणर्ायक मण्डलको मतको साथसाथै एसएमएस, अनलाइन तथा पत्रिकाको कटिङबाट संकलित जनमतको आधारमा गर्नेछ । अवार्ड फिल्मतर्फ १२, तामाङ भाषाको गीतमा ९,  सेलोमा ५ र म्युजिक भिडियोमा ४ अर्वाड गरि चार समूहमा विभाजन गरि ३० विधामा अवार्ड दिइनेछ ।

त्यसको साथै यस अवसरमा तामाङ जाति भित्र लोपोन्मुख अवस्थामा रहेका परम्परागत विभिन्न लामा छ्याम (लामा नाँच), बोम्बो छ्याम (झाँक्री नृत्य), तामाङ सेलो, दोरा नाँच, म्हेन्दोमाया नाँच, माने नाँच, डम्फुरे नाँच, साइकोले नाँच आदि समावेश गरिनेछ ।

उद्देश्यः
  • आफ्नै मौलिक कला र सास्कृति अनि गौरवगाथाका कारण विश्वमा छुट्टै पहिचान बनाउन सफल हाम्रो राष्ट्र नेपालको अमूल्य कला, सास्कृतिका साथै त्यससाग सम्बन्धित सबै क्षेत्र अनि ती क्षेत्रसाग आबद्ध वा प्रत्यक्ष-परोक्ष सरोकार राख्ने जनशक्तिको उचित संरक्षण, सम्बर्धन र उत्थानमा सक्दो सहयोग पुर्‍याउने र यसको मौलिकतालाई जोगाइ राख्नेछ ।
  • व्यवसायिक रुपमा अघि बढेको तामाङ गीत संगीत तथा चलचित्रहरुलाई संख्यात्मक भन्दा पनि अझ गुणात्मक रुपमा विकास गरी नेपाली सिने बजार तथा गीत संगीतको माहोलमा प्रतिस्पर्धी बनाउन सकिने छ ।
  • साँस्कृतिक धरोहरको रुपमा रहेका तामाङ गीत संगीत तथा चलचित्रको विकास हुनुको साथै तामाङ भाषा, संस्कार संस्कृति जीवन्त राख्न मद्दत पुर्‍याउने छ ।
  • तामाङहरुको मातृभाषाको विकास, एकरुपता, संस्कृतिको सम्बर्द्धन र तामाङ समाजमा बोझको रुपमा रहेका केहि विकृतिहरुलाई न्यूनीकरण गर्न तथा साँस्कृतिक पुनजागरण गर्ने आवश्यकतालाई परिपूर्ती गर्नेछ ।


अवधारणा र मान्यताः
नेपाल एक बहुभाषिक, बहुजातीय तथा बुहसाँस्कृतिक मुलक हो र यहाँ बसोबास गर्ने विभिन्न जातिहरुको धर्म, संस्कार र सस्कृति सिङगो मुलुकको पहिचान हो । विभिन्न जातिको धर्म संस्कार र संस्कृतिको प्रतिनिधित्व हाम्रो गीत संगीत र चलचित्रहरुले गरेको हुन्छ र यसको विकास हुनु भनेका सिङगो देशको विकास हुनु हो । केही बर्षयता विभिन्न भाषा र जातिय चलचित्र तथा गीत संगीतले ठुलै फड्को मार्न सफल भएको छ । जातीय चलचित्र तथा गीत संगीतको कुरा गर्दा तामाङ भाषाको चलचित्र तथा गीत संगीतले बढि नै फड्को मारको छ । भन्ने नै हो भने तामाङ भाषा तथा जातिको चलचित्र अन्य जातीय चलचित्र भन्दा बढी निर्माण भएको छ भने तामाङ गीत संगीतको कुरा गर्दा लोकपि्रय र चर्चित रहेको छ । तामाङ चलचित्र र गीत संगीतको इतिहास हेर्ने हो भने गीत संगीत तर्फ २०४२ सालमा आदरणीय ज्योज्यो चन्द्रकुमार मोक्तानको एल्बम तामाङ व्हाअीबाट शुरु भएको तामाङ गीत संगीत हालसम्म आउादा हामी माझ ३०० भन्दा बढी एल्बम बजारमा आइसकेका छन् र आउने क्रम जारी नै रहेका छन् र तामाङ चलचित्र तर्फ २०५३ सालमा श्रदेय ज्योज्यो जयनन्द लामाको सामरी छोरङानबाट शुरु भएको तामाङ चलचित्र हालसम्म करिब ४ दर्जन भन्दा बढी निर्माण भइसकेको छ भने अझै तिब्र रुपमा निर्माण भईरहेका छन् । त्यसैगरि गीत संगीतको विकासलाई हेर्ने हो भने २०५० देखि २०६० सालसम्मलाई स्वर्णीम युग मान्न सकिन्छ र त्यसभन्दा पछिकोलाई भने व्यवसायिक रुपमा अघि बढन थालेका देखिन्छ । व्यवसायिक रुपमा अघि बढेको तामाङ गीत संगीत तथा चलचित्रहरुलाई संख्यात्मक भन्दा पनि अझ गुणात्मक रुपमा विकास गरी नेपाली सिने बजार तथा गीत संगीतको माहोलमा प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ यस कार्यक्रम आयोजना गर्न लागिएको हो । यसबाट साँस्कृतिक धरोहरको रुपमा रहेका तामाङ गीत संगीत तथा चलचित्रको विकास हुनुको साथै तामाङ भाषा, संस्कार संस्कृति जीवन्त राख्न मद्दत पुर्‍याउने छ ।

कार्यक्रमको आयोजना एवं व्यवस्थापनः
यस कार्यक्रमको आयोजना तामाङ चौतारी समूहले गर्नेछ ।  यसको व्यवस्थापनको लागि तामाङ चौतारीको महासचिव विनोद तामाङ (सुजन लामा) को संयोजकत्वमा एक कार्यक्रम आयोजक कमिटि गठन गरिएको छ । जुन कमिटिले सम्पूर्ण कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्नेछ । यसबाट आएको तथा बचेको रकमबाट तामाङ चौतारी समूहको उद्देश्य अनुरुप स्वास्थ्य र शिक्षा क्षेत्रका सामाजिक कार्यहरु गर्नेछ ।

तामाङ फिल्म एण्ड म्यूजिक अवार्ड तथा सांस्कृतिक महोत्सव कार्यक्रम तालिकाः

फागुन १५ – चैत्र १० गते सम्म   
चैत्र १० – २५ गते सम्म
चैत्र २५ – भाद्र ५ गते सम्म
भाद्र ८ गते
गीत, चलचित्रहरु तथा म्यूजिक भिडियो दर्ता प्रक्रिया      
  निर्णायकज्युहरुबाट छानिएका गीत तथा चलचित्रहरुको मनोनयन घोषणा

 

 

 

 

एसएमएस, अनलाइन, पत्रिका कटिङबाट जनमत

 
      तामाङ फिल्म एण्ड म्यूजिक अवार्ड तथा साँस्कृतिक महोत्सव