tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 28th Aug 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr


photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
 
तामाङ अवतारी लामा
hr

तामाङ अवतारी लामाको छोटो जीवनी साथै उहाँसँग गरिएको कुराकानी
मानिस जन्मेपछि मर्नु स्वभाविक प्राकृतिक नियम हो । मानिस मरेको कुरा सुन्दा हामीलाई त्यत्ति अचम्म लाग्दैन तर मृतकको अर्को जन्म लिएर आएको सुन्दा अचम्म लाग्छ । आजको वैज्ञानिक युगमा के यो सम्भव होला र ? सायद झट्ट हेर्दा र सुन्दा पत्याउन गाह्रो भए पनि वास्तवमा सम्भव भैरहेका छन् । लामा गुरुहरुका अनुसार जो पायो त्यही व्यक्ति पुनर्जन्म लिएर आउन सक्दैनन् । पुनर्जन्म लिएर आउनेमा कर्म राम्रो भएको धर्मात्मा र सच्चा आचरण भएको व्यक्ति मात्र पर्दछ जुन संसारमा विरलै पाईन्छ । यसरी संसारमा पुनर्जन्म लिई आउनेहरु मध्ये दलाई लामा, कर्मपा लामा, पन्चेन लामा, ताइसितु रिन्पोछे, एसे लामा, शोब्वा रिन्पोछे आदि विश्व प्रसिद्ध छन् ।

Tam,ang Lama, Tamang Guru, Tamang  Autai. Tamng Rembochhe, Buddism, Nepal Tamang

यसै सन्दर्भमा ओखलढुङ्गा जिल्ला रानीवन गाविस वडा नं:- ४ मोहरिया गाँउको एक सानो निम्न वर्गका पारिवारमा २०२६ साल वैशाख २७ गते एक अनौठो घट्ना घट्छ, उक्त दिन विहान सधैँ झैँ मनमाया तामाङ घरबाट आधा घन्टा हिँडेर गोठमा गाई वस्तु लाई हेर्ने र गोठको धन्दा गर्न हिडिन् । जाँदै गर्दा उनलाई बाटैमा सुत्केरी हुने व्यथाले च्याप्दै ल्याएको थियो । उनी जसो तसो गोठमा पुगिन् । पुगेको केहि छिनमै एक बालकको जन्म दिईन् गोठमै । तर अचम्म विना छट्पटि र पिडा बालक सजिलै जन्मियो। बालक नरोएको देखेर उनी अचम्म परिन् । बालकको निधारबाट उज्यालो प्रकाश आईरहेको र बालकले हातखुट्टा चलाउँदै यत्ताउति हेरेको बाट उनी छक्क परिन् । मनमायाको अनुसार गोठमा गाईवस्तु चल्दा कान ठाडो पारेर हेर्ने गर्दथे बालकले । केही समयपछि बालकलाई बोकेर घर ल्याँउदा घरमा जति बोलाउँदा कोही व्यक्ति नउठीदिँदा अचानक बालक रोईदिएकोले घरमा मान्छे उठेर ढोका खोलिदिएको कुरा अगाडि बताउँछिन् ।

xविस्तारै बालकको बोली फुट्दै आयो । उक्त गाँउमा बालकले ममी र बुवा भनेकोबाट अरु मान्छेहरु पनि छक्क परेको बताँउछिन मनमाया । विस्तारै बोली खुल्दै आएपछि आफ्नो घर गुम्बा काठमाडौंमा भएको, दुइटी श्रीमति रहेको र जेठीको छोरा र कान्छीपट्टीको छोरी रहेको कुरा बताउन थाले । केही दिन पछि आफ्नी दिदी सरकारमा रहेको र ममी जिउँदै रहेको तर बुवा नरहेको बारम्बार भन्न थालेपछि सबैजना आश्चर्यमा परेको कुरा बताइन् । बालकले आफ्नो भाई स्वयम्भूमा सिकिस्त बिरामी परेको र आफुलाई मात्र औषधी थाहा भएकोले चाँडो स्वयम्भू लैजानको लागि धेरै पल्ट आग्रह गरेको र यदि नलगेमा भाईको मृत्यु हुने र यदि त्यसो भएमा आफुले सबैलाई श्राप दिएर आत्माहत्या गर्ने कुरा बताएपछि आफुहरु छक्क पर्दै बच्चालाई औतारी जस्तो लागेर गाँउ वरिपरिको गण्यमाण्यहरु लामा गुरुहरु बोलाएर बालकलाई हेर्न लगाउँदा बालकले सबैको सामु पूर्व जन्ममा आफु घरमा मरेको, मर्दा खेरी धेरै जना रोईरहेको किन रोएको भनी सोध्दा कसैले जवाफ नदिएकोले साह्रै दु:ख लागेर इष्टदेवलाई प्रार्थना गर्दा पूर्व दिशा तिर जानु त्यहाँ बास पाउँछौ भनि आदेश पाएकोले त्यत्तातिर जाने क्रम्‌मा रामेछापको बेथानीमा साँझपख पुग्दा बाटोमा बाँसको झ्याङतिर एउटा खरको छाना भएको घर रहेको र त्यस घरमा बुद्धलाई प्रार्थना गर्दै रुवाबासी भैरहेको थियो । किन रहेछ भनि नजिक गई बुझ्दा नानी सबै मरेको र सम्पत्ति खाने सन्तान नरहेकोले अति नै दु:खीत रहेको बुझेपछि उक्त घरको स्वास्नी मानिसलाई सपनीमा गएर सवेरै नुहाई वरी रुखको छहरीमा बस्नु म शितको रुपमा गर्भमा आउँछु भनि बताउँदा त्यसरी नै आएको र आफू उक्त आईमाइको गर्भमा पसेको कुरा बताए । बालकले झन्डै १० महिनाको गर्भबाट आफू जन्मिएर ६ महिनाको हुँदा धेरै मानिसहरु आएर सेतो लुगा र टोपी लगाई दिएको र चाँदीको पैसाले भात खुवाईदिँदा आफूमा होस खुलेको र ऋणीको घरमा पुगि बास बस्न ढिला भएको महशुस भएपछि त्यहाँबाट मुक्त हुने अवसर खोजिरहँदा एकदिन उक्त नेवारी आमाले बारीमा काम गर्न डिलमा राख्दा त्यहाँबाट लडेर मृत्यु हुँदा आफूलाई सबैजना मिलेर सेतो लुगाले बेरी नजिकैको जंगलमा गाढेर जाँदा कपडा त्यँही छोडी आफू उक्त ठाँउ मोहरियामा जन्म लिन आएको कुरा सबैको सामु बताए ।

बालकले आमालाई कहिल्यै दु:ख नदिएको तर बुवा चाँहिलाई भने सधैँ गाली गर्ने र देखि नसहने गर्दथ्यो । किन त्यसो गरेको भनि सोध्दा बुवा चाँहि पूर्व जुनीमा नेवार रहेको र उसले आफूबाट ऋण लिएको तर अहिलेसम्म नतिरेकोले ऋण उठाउन माग आएको कुरा बताँउथ्यो  तर आमालाई निकै माया गर्दथ्यो किनकी ऊ पूर्व जन्ममा शेर्पीनीको रुपमा गुम्बामा आनी बनी धर्म गरेकोले मन सफा रहेको कुरा बताएको कुरा मनमाया बताँउछिन् । बाबु चाँहिले सबै तेरै हो लैजा भन्दा मलाई भनेको ठाँउमा बोकेरा लैजानु अनि तेरो ऋण चुक्त हुन्छ भन्दथे । सासुको मृत्यु पश्चात आमाको सम्पति खान जेठाज्यूले धेरै निहुँ खोजेको बेला झगडा गर्न लाग्दा बालकले बुवा चाँहिलाई झगडा नगर्नु जेठाबा धेरै बाँच्दैन भनेको थियो । नभन्दै चाँडैनै उनको मृत्यु भएको मन माया बताँउछिन् । यसरी उनको भविष्यवाणी र पूर्व जन्मको कुराले चारैतिरा हल्ला फैलियो । बालकको मामाद्धारा छेवारमा कपाल काट्न थाल्दा कपाल ठूलो गुरुले मात्रै काट्नेछ भन्दै कसैलाई छुन नदिएको आदि घट्ना सम्झँदै मन मायाले छोरालाई भेट्न घरमा दिनहुँ जसो सरकारी र स्थानीय व्यक्तिहरुको लाम लागेको कुरा बताउनुहुन्छ । बालकले बारम्बार काठमाडौं लैजान भन्न थालेपछि बाध्य भएर बालकको दाजु इन्द्र बहादुरले डोकोमा बालकलाई बोकेर बुवा दल बहादुर, कान्छा मामा लगाएत थुप्रै जना मिलेर ओखलढुङ्‌गाबाट चार पाँच दिन लगाएर काभ्रेको रोशि खोला हुँदै बनेपा आईपुगेको र त्यहाँबाट काठमाडौं पुगेका थिए । त्यसपछि स्वयम्भूमा पुग्दा आफ्नो पुरानो घर, नातेदार र गुम्बा समेत चिनेको र काठमाडौंमै बस्ने मन गरेको थियो । पछि बालकले भनेको कुराहरु कागजमा टिपि बुझ्न लाग्दा ठैँटि स्थीत एक नेवारी महिलालाई भेटेर उनै महिलाको मदतले सारा कुराहरु पत्ता लाग्यो । पछि बालकलाई त्यँहि नेवारी महिला मिश्री माया श्रेष्ठको घरमा झण्डै डेढ वर्ष राखेर हेरचाह अनि भिक्षु संगम सँग पढ्ने व्यवस्था गरिएको थियो । त्यसपछि १ महिनाको छुट्टी लिएर घर गएको र पु:न बालकलाई लिएर काठमाडौं आउने क्रम्‌मा बालकले भविष्यवाणी गरे बमोजिम काभ्रे जिल्लाको कानपुर गाविस डाँडा गाँउ बेसिमा बावु दलबहादुरको मृत्यु भयो त्यसपछि पु:न गाँउ फर्केर बुवाको घेवा कार्य सकाएर काठमाडौं आएर बसेदेखि ओखलढुङ्गा नफर्केको कुरा मनमाया बताँउछिन् । पछि बालकले स्वयम्भूको पुरानो तामाङ गुम्बामा गएर सबै कुराहरु चिनेको र उनको पूर्व जन्ममा मृत्यु भएपछि त्यस गुम्बाको सामानहरु हेरफेर भएको कुरा बताँउदा गुम्बा चलाईरहेका लामाहरुले नराम्रो विचार लिएर बालकलाई अवतारी होईन भनि बदनाम गर्न खोज्दा सिकिमबाट १६ औं घ्याल्वा कर्मपा बौद्ध सेतो गुम्बामा वाङ दिन आँउदा सन् १९७६ मार्च १० तारिखमा बालकलाई अवतारी हो भनि प्रमाणित गरि दिएर कर्मा नामग्यल ग्युर्मे नामकरण गरिदिएपछि सबैलाई अवतारी हो भनि पुष्टि भयो र उनलाई उनकै स्वयम्भू स्यीत पुरानो तामाङ गुम्बामा आसन गराईयो । त्यसको केहि महिना पछि स्थानीय लामाहरुको खिचातानी भएकोले लामा अध्ययनको लागि वातावरण अनुकुल नभएकोले बालकलाई अध्ययनको लागि कपन गुम्बामा लगियो ।

Tamang lama, lama, tamang guru, buddha Dharama lama, tamang lama, tamang guru, buddha Dharma Tmang Lma, Buddism in Nepal, Tamang Lama, Boudha

हाल उहाँ लोब्साङ नामग्यलको नामबाट उक्त गुम्बा मार्फत यूरोप र अमेरिकामा गएर अध्ययन पुरा गर्नु भएको छ । २०५५ सालदेखि बौद्ध जागरण केन्द्र नामक धार्मिक तथा सामाजिक संस्थाको संररक्षक भई स्वदेशमै विभिन्न कार्यक्रमहरु गरिरहनु भएको छ । यसै संस्था मार्फत नामग्यल ज्यङछुप छोयोलिङ गुम्बाको २०६३ साल देखि धर्म गुरु तथा निर्देशक हुनुहुन्छ । यस संस्था मार्फत स्वदेशमानै धार्मिक स्कुल (गुम्बा) खोलि आफ्नो ज्ञान र अनुभवलाई आफ्नो समुदाय र समस्त नेपालीहरुमा पुर्‌याएर समाजलाई सहि मार्ग तर्फ डोर्‌याउने इच्छा गर्नु भएको छ । वहाँ (पुज्यनीय लोब्साङ नामग्यल रिन्पोछे ज्यू) को इच्छा र आकाङ्क्षा लाई तपाँई हामी सबै आफ्नो तर्फबाट आवश्यक सहयोग पुर्‌याउन सकेमा अवश्य पनि हाम्रो समाजले समय अनुकुल नयाँ मोड लिने र नयाँ पिढिहरुले सहि र उचित मार्ग पहिल्याएर आफ्नो लक्ष्य प्राप्तीमा निकै सजिलो हुने थियो भन्ने कुरामा सायद दुईमत नहोल.

 

 
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np