tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 28th Aug 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr
photo gallery photo gallery
Photo Gallery of TS
View Gallery
hr

Tamang Autari
www.bacnepal.org

Panchashil
hr
Panchishil, lumbini, buddha

Importance of Panchashil

  1. प्राणी हिंसा नगरिँदाका दशवटा फल
    •  अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ ।
    •  स्वच्छ र सुन्दर शरीर हुनेछ ।
    •  हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ ।
    •  शूर वीर हुनेछ ।
    •  बल शक्तियुक्त हुनेछ ।
    •  अर्काको हातबाट मर्नुपर्नेछैन ।
    •  परिवारमा सदस्य बढ्नेछ ।
    •  रोग ब्याधि कम हुनेछ ।
    •  मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन ।
    •  दीर्घायु हुनेछ ।
  1. चोरी नगरिँदाका चारवटा फल
    •  धन सम्पत्ति पूर्ण हुनेछ ।
    •  भएको धन सम्पत्ति स्थिर हुनेछ ।
    •  इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ ।
  1. व्याभिचार नगरिँदाका सातवटा फल
    •  शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ ।
    •  सुखपूर्वक सुत्न सक्नेछ ।
    •  सुखपूर्वक उठ्न सक्नेछ ।
    •  स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ ।
    •  चारवटा दुर्गतिबाट बच्नेछ ।
    •  इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ ।
    •  धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ ।
  1. झुठ कुरा नबोलिँदाका पाँच फल
    •  विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन् ।
    •  तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन् ।
    •  दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ ।
    •  कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ ।
    •  नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन् ।
  1. सुरापान नगरिँदाका नौवटा फल
    •  गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ ।
    •  अलसी हुँदैन ।
    •  लाटो र गोंजेंग्रो हुनेछैन ।
    •  ज्ञान बुद्धि भएको हुनेछ ।
    •  ईर्ष्या गर्नेबाट रहित हुनेछ ।
    •  बेहोश हुँदैन ।
    •  शान्त स्वभावको हुनेछ ।
    •  नराम्रो काममा लाग्न लज्जा भय हुनेछ ।
    •  इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ ।

  1. प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनुपर्नेछ ।
    •  सुन्दर रुप नभई विरुप भई जन्म लिनुपर्नेछ ।
    •  हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ ।
    •  खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनुपर्नेछ ।
    •  जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ ।
    •  नरम शान्त स्वभाव भन्ने हुँदैन ।
    •  रुप लक्षणको नभएर अलक्षणको हुनेछ ।
    •  सभाको बीचमा शूरु नभएर काथर हुनेछ ।
    •  बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन् ।
    •  बल शक्तिहीन हुनेछ ।
    •  लाटाले जस्तो कुरा गर्नेछ ।
    •  दाजु-भाई, इष्ट-मित्र परिवारहरु नाश भई एक्लो दु:खी जीवन बिताउनुपर्नेछ ।
    •  आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ ।
    •  दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुले ठगी वा खोसी खाइदिनेछन् ।
    •  अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ ।
    •  आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंग अलग भइ बस्नुपर्नेछ ।
    •  आमाको गर्भमै बसी मरण हुनुपर्नेछ ।
    •  जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनुपर्नेछ ।
  1. परधन चोरिँदाका सातवटा विपाक
    •  मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नुपर्नेछ ।
    •  अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन ।
    •  दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ ।
    •  संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानुपर्नेछ ।
  1. व्यभिचार गर्दाका सातवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नुपर्नेछ ।
    •  धेरै प्राणीहरुका शत्रु भई बस्नुपर्नेछ ।
    •  धेरै मानिसहरुबाट मन नपराई अप्रिय भई बस्नुपर्नेछ ।
    •  परजनहरुबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नुपर्नेछ ।
    •  सुखपूर्वक सुत्न पाइनेछैन ।
    •  सुखपूर्वक उठ्न पाइनेछैन ।
    •  नपुंसक भई जन्म लिनुपर्नेछ ।
  1. असत्य कुरा गर्दाका सातवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुप हुनुपर्नेछ ।
    •  लाटो बक नफुट्ने भई जन्म लिनुपर्नेछ ।
    •  दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमा कुरा गर्न नसकिने हुनेछ ।
    •  शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनुपर्नेछ ।
    •  अति नै दुर्गन्धित शरीर हुनेछ ।
    •  आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन ।
  1. सुरापन गर्दाका बीसवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनुपर्नेछ ।
    •  ज्ञान बुद्धि नभएका मूर्खहरुसँग सत्संगत गर्नुपर्नेछ ।
    •  सधैं स्मृति विहीन भई बस्नुपर्नेछ ।
    •  सधैं अलसी भई बस्नुपर्नेछ ।
    •  सधैं मूर्ख बदमास भई बस्नुपर्नेछ ।
    •  जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनुपर्नेछ ।
    •  समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नुपर्नेछ ।
    •  अति द्धेषी र अति क्रोधी भई जन्मनुपर्नेछ ।
    •  हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नुपर्नेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नुपर्नेछ ।
    •  बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनुपर्नेछ ।
    •  असत्य कुरा गर्ने हुनेछ ।
    •  अरुलाई चुग्ली गर्ने हुनेछ ।
    •  परउपकारलाई नचिन्ने हुनेछ ।
    •  दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनुपर्नेछ ।
    •  पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ ।
    •  सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ ।
    •  उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नुपर्नेछ ।
    •  दुष्ट र नीच कर्म गर्ने हुनेछ ।

सन्दर्भ सामग्री: परियतिशिक्षा ।

   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np