tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 28th Aug 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr


photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
 
Kumari Moktan
hr



कुमारी मोत्तान-विधायक तथा  वरिष्ठ नेत्री ने.क.पा. माओवादी

नारी ! केही गर्न सक्दैन नारीले । यस्तै सुनिन्थे पहिले र नारीलाई सन्तान जन्माउने साधनको रुपमा मात्र लिइन्थ्यो यहाँका समाजले । पुरुष भन्दा केही कम छैन, नारीले पनि संर्घष्ा गर्न सक्छे, पीडाहरुसँग लड्न सक्छे भन्ने उदाहरण पाउन सकिन्छ यहाँ ।

Kumar Moktan, Kumari Tamang, Tamang  Leader, Moaust Leader, Tamang Neta

वि.स.२०३६ सालमा मकावानपूर जिल्ला पदमपोखरी गा.वि.स., हेटौँडामा जन्मनु भएकी कुमारी मोक्तान नेपाल कम्यूनिष्ट पार्टर्ीीाओवादीद्धारा सञ्चालित जनयुद्धका क्रम्मा कठोर संर्घष्ा गर्दै हाल आम तामाङ समुदाय तथा जनजाति महिलाहरुको प्रतिनिधित्व गर्दै देशको महत्वपर्ूण्ा नीति नियमहरु तय गर्ने स्थान अर्थात अहिलेको अन्तरिम व्यवस्थापिकामा विधायक हुनुहुन्छ . जनयुद्धको क्रम्मा १० वर्षभूमिगत रुपमा आफ्नो ज्यानलाई हत्केलामा राखेर पार्टर्ीीे विभिन्न संगठन तथा मोर्चाहरुको सफल नेतृत्व गर्दै आउनु भएकी मोक्तान उहाँकै शब्दमा देश र जनताको मुक्ति को लागि संर्घष्ारत हुनु हुन्छ । व्यक्तिगत स्वार्थबाट माथि उठी कैयौँ दिनहरु भोको पेट, कैयौँ रातहरुको निन्द्रा तथा जेलमा पाएको कठोर पीडाबाट कति पनि विचलित नभई र्सवहारा वर्गको मुक्ति को लागि आफ्नो ज्यान आहूति दिन समेत तयार मोक्तान तामाङ समुदाय तथा आम जनजाति तथा शोषित पिडीत महिलाहरुका लागि गौरवको कुरा मात्र होइन महिलाहरुलाई सधैँ कमजोर ठान्ने नेपाली समाजको सामु कडा चुनौती दिन सफल बन्नु भएको छ । पार्टर्ीीे विभिन्न सैनिक संगठन, केन्द्रिय संगठनमा होस् या जात्तिय, क्षेत्रीय संगठनमा सफल नेतृत्व गरेर आफ्नो हैसियत कायम गरिसकेका कारण उहाँ आफ्नो पार्टर्ीीे तर्फाट विधायक बन्न सफल हुनु भएको हो । आफ्नो जिम्मेवारी वहन गर्न जस्तो सुकै संर्घष्ा गर्न पछि नपर्ने मोक्तान जनयुद्धको क्रम्मा जेल पर्दा पाएको शारिरिक तथा मानसिक पीडालाई समेत सामन्य रुपमा लिएर माओवादको सिद्धान्तमा अडिग रही कहिल्यै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्नु भएन बरु जस्तो सुकै परिस्थितिमा पनि शोषित पीडीत महिला, जनजाति तथा गरिब पिछडिएका वर्गको मुक्ति को लागि संर्घष्ा गर्नुभयो । गाँउको एउटा साधारण महिला १० वर्षो राजनैतिक युद्धको अनुभव सँगाल्दै संसद सम्म पुगेकी छिन् ।

प्रस्तुत छ www.tamangsamaj.com को ‘Month of the guest’ सेक्सनको लागि उहाँसँग गरिएको कुराकानी ।

तपार्ँइ माओवादी पार्टर्ीी कहिले र कसरी लाग्नु भएको थियो ?
गाँउमा माओवादीहरु धेरै आँउथ्यो । मेरो घरमा म आफैले खाना पकाएर खुवाउने गर्थेँ । मेरो आमा पनि माओवादीमा नै हुनुहुन्थ्यो । माओवादको सिद्धान्त र विचार मलाई मनपर्‍यो र म २०५३ सालमा पार्टर्ीीग आवद्ध भएँ । २०५४ सालबाट पर्ूण्ारुपमा पार्टर्ीी र २०५
५ सालबाट आफ्नो हैसियत कायम गरेर पार्टर्ीी लागेकी हुँ ।

माओवादीमा लाग्न विशेष को बाट प्रेरित हुनुभएको थियो ?

विशेष त मेरो आमा नै पार्टर्ीी सलंग्न हुनुहुन्थ्यो र अहिले पनि पार्टर्ीीे साधारण सदस्यमा हुनुहन्छ । घर परिवारबाट पनि मलाई पार्टर्ीी लाग्नमा कुनै छेकथुन थिएन । विशेष गरि मेरो गाँउकै दाई रुद्र पाख्रिन जिल्ला नेता हुनुहुन्थ्यो । उहाँले नै मलाई पार्टर्ीी लाग्न बढि प्रेरित गर्नु भएको थियो । उहाँको पे्ररणा र सहयोगमा म पार्टर्ीी लागेकी हुँ र पार्टर्ीी रहँदा पनि उहाँले मलाई धेरै हौसला प्रदान गर्नु भएको छ । म आफै पनि माओवादीको सिद्धान्त र व्यवहारबाट नै प्रभावित भैसकेकी हुनाले पनि माओवादीमा स्वर्ःइच्छा नै लागेकी हुँ ।

पार्टर्ीी लागेको सुरुका दिनहरुमा कस्तो अनुभव गर्नुभयो ?

पार्टर्ीीे साथीहरुसँग पहिले नै घुलमिल भैसकेको हुनाले र आफू स्वर्ःइच्छाले नै पार्टर्ीी लागेको कारण कुनै अनौठो अनुभूति भएको थिएन । स्वाभाविक लागेको थियो ।

तपार्ँइले पार्टर्ीी कुनकुन मोर्चा/संगठनको नेतृत्व गर्नुभयो ?
२०५४ सालमा पर्ूण्ा रुपमा पार्टर्ीी लागेपछि २०५५ सालमा म आफ्नो हैसियतमा काम गर्न थालेँ र २०५५ सालमा स्क्वाइट -सेनाको तल्लो निकायको सेक्सन) को सदस्य भएर काम गरेँ साथै जिल्ला सदस्यको रुपमा पनि काम गरेँ । त्यस्तै २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सदस्य, २०५८ सालमा तामाङको केन्द्रिय सदस्य, २०५९ सालमा मकवानपुर जिल्ला सेक्रेटरीको रुपमा काम गरेँ । त्यस्तै २०५५ साल मसिंर ५ गते स्वायत्त क्षेत्र गठन हुने क्रम्ामा मकवानपुर, काभे्रपलाञ्चोक, दोलखा, नुवाकोट लगायत ९ ओटा जिल्लाहरुको समायोजन गरी तामाङ स्वायत्त क्षेत्र गठन भएको थियो । २०६० सालमा यस क्षेत्रको उपप्रमुखको जिम्मेवारी सम्हालेँ, २०६२ सालमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य, जिल्ल्ाा जनसरकार प्रमुख र २०६३ सालमा विधायकको जिम्मेवारी पाएकी छु ।

तपार्ँइ तामाङ जाति त्यसमाथि पनि एउटा महिला भएर पार्टर्ीी काम गर्दा अरुबाट कस्तो व्यवहार पाउनुभयो ? 
हाम्रो पार्टर्ीीत्र कुनैपनि जातजाति, धर्म लिङ्गको आधारमा भेद्भाव गर्ने चलन छैन । सबै जाति महिला होस् या पुरुष सवैको समान सहभागिता रहेको छ । त्यसैले म एउटा तामाङ जाति र महिलाको हैसियतले पार्टर्ीी काम गर्दा कुनै किसिमको नराम्रो व्यवहार पाएकी छैन । बरु सबै क्षेत्रबाट सहयोग र हौसला पाएकी छु । जातिय आधारमा भेद्भाव गरेको अनुभूति अहिले सम्म भएको छैन ।

पार्टर्ीी तपाँइप्रति दिइएको जिम्मेवारी पूरा गर्न कतिको गाह्रो भयो तपाँइलाई ?

काम गर्दा गाह्रो त अवश्य हुन्छ, त्यसमाथि पनि आफ्नो ज्यानको प्रवाह नगरी संर्घष्ा गर्नुपथ्र्यो । कति दिन भोकै त कति रातहरुको निन्द्रालाई त्यागेर जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गर्नै पर्ने हुन्छ । तर मलाई कुनै गाह्रो भएको अनुभव भएन किनभने सबै मोर्चा, सगंठनहरुबाट र  आफुभन्दा सिनियर साथीहरुबाट सहयोग, हौसला तथा सल्लाह प्राप्त भई रहन्थ्यो । आफूमाथि जति जिम्मेवारी बढ्योे त्यति नै खुशी लाग्छ तर बिना काम त्यत्तिकै समय बिताउनु पर्दा दुःख लाग्थ्यो । सबै मोर्चाले आपसमा सहयोग गर्ने भएकोले गाह्रो महसुस भएन ।

तपार्ँइ जेलमा कसरी पर्नुभयो र तपार्ँइ जेलमा रहँदाको अनुभवको बारेमा केही बताईदिनुस् न ।

सामन्ती राज्य सत्ताले महिलाहरुमाथि गरेको शोषणको बिरुद्धमा हामीले ूबलत्कार विरोधी अभियानू सञ्चालन गर्‍यौँ । महिलाहरुको लागि बलत्कार भन्दा ठुलो पीडा अरु कुनै हुन सक्दैन । त्यसैले हामीले यो अभियान सशक्त रुपमा अगाडि बढायौँ । यहि अभियानकै क्रममा २०५७ साल भदौ ३० गते हेटौँडामा पुग्दा त्यहीँबाट पक्राउमा परि जेलमा परेँ । जेलको पीडा कस्तो हुन्छ भन्ने त सबैलाई थाहै छ । त्यहाँ शारिरिक तथा मानसिक पीडाहरु दिइन्थ्यो र त्यस्तै किसिमको दबाब्हरु पनि आँउथ्यो । तर त्यस किसिमको पीडा र दवाबबाट आफुलाई कहिल्यै दुःख लागेन किनभने मलाई थाहा थियो कि म यो पीडा अरु यस्तै पीडा भोगिरहेका महिलाहरुको मुक्ति को लागि भोगिरहेकी छु । मैले पाएको दुःख र पीडाले अरुको निम्ती मुक्ति  मिल्छ भने मैले यसलाई सहज रुपमा लिनर्ुपर्छ, भन्ने भान भयो र कहिल्यै जेलमा परेको पीडा र दबावबाट दुःख लागेन । यसरी जेलको कठोर पीडामा एक वर्षविताँउदा २०५८ सालको वार्ताको क्रममा जेल मुक्त भएकी थिएँ ।

आफु माओवादीमा लागेको कारण तपार्ँइको परिवारको सदस्यले समेत सरकारी शोषण र दबाब सहनु पर्दा तपार्ँइलाई आफुले गर्दा परिवारले नै दुःख पाउनुपरेकोमा दुःख लाग्दैन्थ्यो ?

निश्चय नै राज्यले मेरो कारणले मेरो घरका सदस्यहरुलाई दुःख दिने, घरमै आएर दबाब दिने, दुःख गरेर जम्मा गरेको सम्पति लुटेर लाने गर्दथ्यो । पछिल्लो वार्ता हुनुभन्दा एक हप्ता अगाडि पनि मेरो घरमा गएर सबै सम्पत्ति लुटेर ल्याएको रहेछ । यस अघि पनि मेरो भाइ बहिनीलाई स्कुल रकलेज जाँदा होस् या घरमै आएर पनि धेरै दुःख दिने र दबाव् दिने गर्थे । तै पनि मलाई दुःख लागेन किनकी, मलाई जति माओवादी भनेर अरुले घृणा गर्थे, मलाई त्यति नै माओवादी हुनुमा गर्व लाग्थ्यो । सामन्ती राज्यले देखाएको त्यो द्धौत र अमानवीय चरित्रबाट मेरो परिवारको मात्र होईन लाखौँ परिवारको अवस्था त्यस्तै रहेको थियो । राज्यले हामीलाई दिने घृणा हाम्रो लागि झन गर्वको विषय बन्दथ्यो । त्यसैले दुःख लाग्ने कुरै भएन ।

तपार्ँइ माओवादी पार्टर्ीीट विधायकको रुपमा छानिँदा कस्तो अनुभव गर्नुभयो ?

      हाम्रो पार्टर्ीीाँच्चिकै अधिकार दिने सर्न्दर्भमा कुनै कञ्जुस्यार्ँइ गर्दैन । अरु पार्टर्ीी यस्तो छैन । म मेरोे पार्टर्ीीट विधायकको रुपमा छनोटमा पर्दा मैले साँच्चिकै ठीक राजनिति गरेकी रहेछु भन्ने लाग्यो । जनजाति महिलाको त्यस माथि पनि अत्यन्तै उपेक्षित जाति तामाङको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफुलाई गर्वको महसुस गरेँ ।

माओवादी पार्टर्ीी तामाङ जातिको प्रतिनिधित्व कस्तो छ ?

हाम्रो पार्टर्ीी तामाङ जातिको उपस्थिति सबै क्षेत्रमा राम्रो रहेको छ । सेना, राजनीति तथा सम्पर्ूण्ा सगंठनहरुमा तामाङ जातिको प्रतिनिधित्व उत्साहजनक रहेको छ । यहाँ सबै जातिले समान अवसर पाउने भएकाले तामाङ जाति उल्लेख्य सहभागी भएका छन् ।

तामाङ जाति हरेक क्षेत्रमा पछाडि पर्नुको कारण तपाँइको विचारमा के होला ?
पृथ्वी नारायण शाहले राज्य गर्नुभन्दा अगाडि तामाङहरुको आफ्नै राज्य थियो । पृथ्वी नारायण शाहले नेपाललाई एकीकरण गर्ने क्रममा तामाङ राज्यहरुमाथि कब्जा जमाउन सफल भए । त्यसपछि उसले तामाङहरुलाई कहिल्यै माथी उठ्न नसक्ने गरी शासन चलाउन थाले । तामाङहरुलाई सेना भर्ती नलिने, पिपाको भन्दा जागिर नदिने, अति हिन्दुवादी परम्परा मान्नुपर्ने, आफ्नो धर्म मान्न नपाउने आफ्नो कला, संस्कृति तथा भाषाको प्रचार प्रसार गर्न नपाउने भएकाले तामाङहरु सधैँ सबै क्षेत्रमा पछाडी पर्न गयो । तामाङ जातिय कारण र पढ्न नपाएकै कारणले तामाङ पछि परेको होइन, राज्यले नै यस्तो परिस्थितिमा पुर्‍याएको हो । पशुपति शमसेर, चन्द्र शमसेरको पालादेखि नै दरबारमा केटी राख्ने चलन थियो । यसरी दरबारमा राख्न गाँउ गाँउबाट तामाङ केटीहरु ल्याउने गर्दथ्यो । उनीहरुलाई त्यहाँ काम लगाउन नभई उनीहरुको मनोरञ्जनको साधनको रुपमा प्रयोग गरिन्थ्यो । त्यही बाट सुरु भएर तामाङ महिला मुर्म्बई सम्म पुर्‍याईए । घरघरबाटै बेचिन बाध्य भए तामाङ चेलीहरु । यसरी नै मुर्म्बईको वेश्यालय सम्म  तामाङ महिलाहरु पुगेका छन् ।

अहिले तामाङ समुदायको हीत र कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले कैँयौ संघ संस्थाहरु खोलिएको छ, तपार्ँइको विचारमा यी संघ संस्थाहरुले तामाङ समुदायको हीतको पक्षमा उचित काम गरि रहेको छ कि छैन ?
मलाई लाग्छ तामाङ संघ संस्थाहरु व्यक्ति पिच्छे नै खोलिएको छ । तामाङ घेदुङले पनि केही गर्न सकेन । अहिले तामाङ जातिलाई मुक्ति दिलाउन राजनैतिक निकासको आवश्यकता छ । यो निकास कुनै पनि संघ संस्थाले दिन सक्दैन । किनभने, कोही पार्टर्ीीे संगठनको रुपमा त कोही कोही सामजिक संस्थाको रुपमा रहेको छ । म आम तामाङ समुदायलाई के स्पष्ट पार्न चाहन्छु भने तामाङ जातिको उत्थान र हक हीतको लागि आवश्यक राजनैतिक निकास दिने एकमात्र संगठन तामाङ राष्ट्रिय मुक्ति  मोर्चा हो ।

तामाङ जातिको हक हीतको निकास दिने एकमात्र संगठन तामाङ राष्ट्रिय मुक्ति  मोर्चा कुन कारणले हुन सक्छ ?
तामाङ राष्ट्रिय मुक्ति मोर्चा तामाङ जातिको हकहितको लागि तामाङ निष्पक्ष जातियको आन्दोलन गर्दैमा त्यस समस्याको समाधन हुँदैन । जबसम्म एकात्मक सामन्तीवादी राज्य सत्तालाई ढाल्न सक्दैन
तबसम्म हाम्रो अधिकार प्राप्त हुनै सक्दैन । त्यसको लागि पहिले एकात्मक सामन्तीवादी राज्य सत्तालाई ढालेर संघात्मक, स्वशासन, स्वःआत्मा निर्ण्र्ााो अधिकार सहितको गणतन्त्र ल्याउनर्ुपर्छ भन्ने माग अघि सारेर सामन्तीवादी राज्यसत्ता ढाल्ने अभियानमा गईराखेको छ । यस अभियानमा सम्पर्ूण्ा तामाङहरु एउटै मालामा उभिनु पर्छ । त्यसैले पनि हामी भन्न सक्छौँ कि, तामाङ जातिको मुक्ति  दिने संगठन तामाङ राष्ट्रिय मुक्ति  मोर्चा नै हो । 
 
गणतन्त्र आएपछि साँच्चिकै तामाङहरुको हक हित सुनिश्चित हुन्छ भनेर कसरी विश्वास दिलाउनु हुन्छ ?

   संघात्मक प्रणाली, जात्तिय स्वशासन, आत्मा निर्ण्र्ााो अघिकार सहितको गणतन्त्र स्थापना भए पछि आफ्नो ठाँउमा आफैले नेतृत्व गर्न पाउने तथा आफ्नो जातिको बाहुल्य रहेको ठाँउमा आफ्नै भाषामा पठन पाठन हुने भएकोले पनि सम्पर्ूण्ा जनजातिहरुको हक हित सुनिश्चित छ । 

महिला माथिको हिंसा र बेच बिखन रोक्न तपार्ँइको विचारमा कस्तो कदम चलाउनु उचित हुन्छ ?

यो समस्य राज्यकै समस्या हो र यी सम्पर्ूण्ा राज्य सत्ताकै खेल हुन् । राज्यले एकातिर रोक्ने प्रयास गरेर देखावटी रुपमा काम गरेको देखिन्छ तर वास्ताविकता के छ भने राज्यले नै यस क्षेत्रमा लागेका मुख्य व्यक्तिहरुको संरक्षण दिई रहेको छ । राज्यको संरक्षण पाएकै कारण यो समस्य हल गर्न सकिरहेको छैन ।  जव सम्म यो सामन्ती राज्य सत्ता ढाल्न सक्दैन तबसम्म यो समस्य समाधान गर्न सम्भव देखिदैँन । व्यवस्थित तवरले काम गर्न सकेको खण्डमा यो समस्या निर्मूल पार्न सकिन्छ । त्यसैले यो समस्यबाट मूक्त हुनको लागि यो सामन्ती सत्ता ढालेर गणतन्त्रको स्थापना गर्नु नै अहिलेको मूल आवश्यकता रहेको छ । 

अहिले तामाङ भाषामा विभिन्न एफ्.एम् रेडियोहरुमा समाचार तथा विभिन्न कार्यक्रमहरु सञ्चालन भई रहेको छ र तामाङ भाषाका पत्र पत्रिकाहरु पनि प्रकाशित भईरहेको छ, तपार्ँइ सञ्चार माध्यममा तामाङ जातिको पहँुच कति देख्नुहुन्छ ?
तामाङ जातिले सञ्चार माध्यममा जुन हैसियत पाउनुपर्ने थियो त्यो स्थान सम्म पुग्न सकेको छैन । सरकारी सञ्चार माध्यम रेडियो नेपालमा तामाङ भाषामा समाचार प्रशारण भईरहे पनि क्षेत्रीय स्तरमा मात्रै रहेको छ केन्दीय स्तरसम्म अझै पुग्न सकेको छैन । राज्यले हामीलाई उचित स्थान दिईएको छैन भन्ने यहीँबाट पनि स्पष्ट हुन्छ । केही एफ्.एम्. हरुमा राम्रै उपस्थिति देखिए पनि कार्यक्रमहरु त्यति प्रभावकारी रुपमा सञ्चालन गर्न सकेको छैन । खाली मनोरञ्जनको विषयलाई मात्रै जोड दिईएको पाईन्छ । राजनैतिक निकास दिने खालका कुनै पनि कार्यक्रमहरु सञ्चालन गरिएको छैन ।

तपार्ँइको विचारमा सञ्चार क्षेत्रलाई तामाङहरु माझ प्रभावकारी बनाउन के गर्नु पर्ला ?
कुनै पनि अधिकार प्राप्तीको लागि संर्घष्ा गर्नु पर्छ । संर्घष्ा गर्न नसकेकै कारण हामी आफ्नो हैसियतसम्म पुग्न सकेका छैनौँ । त्यसैले यस क्षेत्रमा आफ्नो हैसियत कायम गर्न संर्घष्ा गर्नु पर्‍यो । अब मनोरञ्जनको रुपमा मात्रै होईन राजनैतिक निकास दिने खालका कार्यक्रमहरु सञ्चालन गरिनु पर्छ । तामाङहरु माझ राजनैतिक रुपमा जागरुक भई अगाडि बढ्न प्रेरित गर्ने, विचारहरु सम्प्रेषण गर्ने राजनैतिक निकास दिने विचारहरु सहितको कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा मात्रै सञ्चारको प्रभावकारिता बढ्ने देखिन्छ ।

तपार्ँइ जनजाति महिलाहरुको प्रतिनिधित्व गर्दै विधायक बन्नु भएको छ व्यवस्थापिका संसदमा तपार्ँइले कसरी काम गर्दै हुनुहुन्छ ?

हाम्रो समाजमा विधायक भएपछि सबै गर्न सकिन्छ भन्ने गलत धारणा रहेको छ । अहिले राजा रुपमा नभए पनि सारमा राजा नै छ । राजाको सारमा चलिरहेको अहिलेको परिस्थितिमा कुनै समस्याको
समाधान गर्न सकिने सम्भावना छैन । पूराना सम्झौताहरु टुङ्गी सकेको वर्तमान अवस्थामा नयाँ सम्झौताको खाँचो छ । यदि नयाँ सम्झौता हुन नसकेको अवस्थामा कडा संर्घष्ाको जरुरत छ । मैले माथि नै भनि सकेकी छु कि यो एकात्मक सामन्ती राज्य सत्ताको अन्त्य नगरेसम्म कुनै पनि समस्याको समाधान गर्न सकिदैन । अहिलेको स्थितिमा यही सरकारमा, यही निति नियममा रहेर कुनै किसिमको काम गर्न नसक्ने भएकोले एक पटक उथलपुथल पारेर राजनैतिक परिवर्तन ल्याउनु पर्छ अनि मात्रै जनजाति, महिला लगायतका सम्पर्ूण्ा समस्याहरु निर्मूल पार्न सकिन्छ । त्यसैले हामी अहिले राजा फालेर गणतन्त्र ल्याउने संर्घष्ामा छौँ ।

तामाङ समुदाय तथा संघ संस्थाहरुको लागि केही भन्न चाहनु हुन्छ कि ?
म समग्रमा तामाङकै हैसियतले बोल्नु पर्दा तामाङहरु अब पहिलेको जस्तो सोझो, लाटा छ भन्ने जसले बुझछ उसैको लागि खतरा हुन सक्छ । तामाङहरु अव जागरुक भई सकेको छ । राजनैतिक नेतृत्वमा पनि तामाङहरु धेरै अगाडि बढि सकेको छ । पहिलेको जस्तो तामाङ अव कसैले नठाने हुन्छ । म सम्पर्ूण्ा तामाङ समुदाय तथा संघ संस्थाहरुलाई आफू जुन ठाँउमा रहे पनि हाम्रो आफ्नो अधिकार प्राप्तीको एक मात्र विकल्प सामन्ती एकात्मक राज्यलाई ढालेर गणतन्त्र ल्याउनको लागि सबै एक भएर अगाडि बढौँ भन्ने आग्राह गर्न चाहन्छु ।

अन्तमा हाम्रो वेव र्साईटको लागि के सुझाव दिन चाहनु हुन्छ ?

भारत लगायत अन्य विदेशी भूमिमा पनि तामाङ जातिको बाहुल्य रहेको छ । विदेशी भूमिमा रहनु भएका तामाङहरुलाई समेत एउटै मार्गमा ल्याउन र उनीहरुमाझ यहाँको बारेमा ताजा खवर तथा विचार सम्प्रेषण गर्न यो र्साईट एउटा सशक्त माध्यम बन्न सक्छ । विचारको भूमिकालाई लिएर अगाडि बढ्न सकेको खण्डमा विश्वभर रहेका लाखौँ लाख तामाङहरुका लागि राहत पुग्ने थियो । विचारको क्षेत्रमा ठुलो वृक्षारोपण गरेर अझ वृहत रुपमा अगाडि बढ्न सकोस् भन्ने कामना गर्न चाहन्छु साथै लाखौँ लाख तामाङहरुको माझमा उभिने अवसर दिनु भएकोमा सञ्चालकप्रति आभारी प्रकट गर्न चाहन्छु ।

-केही सु्झब तथा प्रतिक्रियाहरु दिन चाहनु भएमा www.tamangsamaj.com मा पठाउनुहोला ।)

 

 
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np