|
वि.स. २०४१ सालमा स्थापना भएको श्री बौद्ध तामाङ कल्याण गुठी वि.स.२०६२ सालमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा रहेको एउटा नाफा रहित सामजिक संस्था हो । तामाङ समुदायको उत्थान गर्ने उद्धेश्यका साथ स्थापना भएको यस संस्थाले विभिन्न सामजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यो संस्थाको कार्यलय हाल बौद्ध फुलबारी स्थित गुठीयार भवनमा अवस्थित रहेको छ ।
संस्थाको उद्धेश्यः-
तामाङ लिपि, भाषा, साहित्य, कला , धर्म, संस्कृति, इतिहास आदिको संरक्षण, प्रबर्द्धन, उत्थान र विकास गर्ने ।
तामाङ जातीको शैक्षिक, बौद्धिक, आर्थिक तथा सामाजिक अभिवृद्धिहरुको लागि विविध कार्य गर्ने ।
तामाङ जातीको सामाजिक, सांस्कृतिक तथा धार्मिक परम्पराहरुलाई निरन्तरता दिने, संरक्षण गर्ने र समयानुसार सुधार गर्दै लाने ।
तामाङ समुदायको जेहेन्दार एवं गरिव विद्यार्थीहरुको शैक्षिक स्त्तर बढाउन छात्रवृद्धि प्रदान गर्न र असहाय तथा विपन्न तामाङ परिवारहरुलाई आधारभूत सहयोग कार्यमा टेवा पुर्याउन एक 'अक्षय कोष' स्थापना गर्ने र परिचालन गर्ने ।
तामाङ समुदायको आफ्नो भाषा एवं धर्म अध्ययन, अध्यापन एवं अन्वेषण गर्ने र गराउन प्रोत्साहन गर्ने ।
तामाङ जातिको उत्थानका लागि विभिन्न विधाहरुमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत एवं सम्मान गर्ने ।
देश भित्र र बाहिर रहेका समान उद्धेश्य राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था, व्यक्तिहरुसंग सामुहिक रुपमा कार्य गर्दै सुमधुर एवम् सहत्वपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने ।
यस गुठीलाई आत्मानिर्भर बनाउनका लागि नाफा नोक्सान रहित विभिन्न किसिमको कृयाकलाप सञ्चालन गर्ने ।
वर्तमान पदाधिकारीहरु १. अध्यक्ष वसन्त लामा लो २. उपाध्यक्ष
३. सचिव खड्ग जित लामा थिङ ४. सह सचिव बुद्ध बहादुर लामा लो ५. कोषाध्यक्ष विष्णु बहादुर लामा लो
सदस्यहरु १. सुरेन्द्र लामा लो २. पूर्ण लामा ब्लोन ३. शान्त लामा वाईवा ४. राजेन्द्र लामा वाईवा ५. मोहन लामा लो (मनोज) ६. लामा पूर्ण बहादुर लामा घ्यावा ७. श्रीमती बृन्दा लामा वाईवा ८. श्रीमती फुबु याङजी लामा घिसिङ
सल्लाहकारहरु १ गजेन्द्र कुमार लामा लो २ डा. गणेश योञ्जन ३ नेपाल जित लामा थिङ ४ टासी कुमार लामा लो
Contact: - P.O. Box. : - 12241 Bouddha, Kathmandu, Nepal Phone No.:- 01-6214234 E-mail:- btkg676@gmail.com |