भाद्र २, काठमाडौं - राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रशिद्ध कपन गुम्बामा तामाङ अवतारी लोसाङ नाम्गेल रिन्पोछेज्युलाई ठिदोन “पदस्थापन” गरिएको छ । गुम्बामा आज एक भव्य समारोहको आयोजना गरी उहाँलाई धार्मिक परम्परा अनुसार ठिदोन गरिएको हो ।
परिवर्तनका लागि मेरो उम्मेदवारी - Bhim Bahadur Tamanag
बीपीकालीन राजनीतिदेखि हालसम्म सक्रिय कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तामाङ आसन्न १२ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि चर्चामा छन् । सुशील कोइराला र शेरबहादुर देउवालाई 'यथास्थितिवादी' को संज्ञा दिंदै उनले आफूलाई परिवर्तनकारी उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । पार्टीका विद्यमान धार संस्थापन र प्रजातान्त्रिक असफल भएपछि तेस्रो धारका रूपमा आफू आएको उनको दाबी छ ।
सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन ।
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator.
udday
From : Nepal
About Me: wan a study in tamang culture
Replace your add here...
News
तामाङ डाजाङको ८३ औं ‘ग्योईकाई गेताङ’ सम्पन्न
Posted on: Feb 7 2010 Sunday 08:00:15 AM | Views : 191 Times
माघ २३, काठमाडौं- साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्यिक कार्यक्रम ‘ग्योईकाई गेताङ’ आज सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार हुने उक्त साहित्यिक कार्यक्रमले यससँगै ८३ औं भाग पूरा गरेको छ ।
कार्यक्रममा सदाझैँ स्रष्टाहरु साम्देन लामा, सोनाम योन्जन, मिनदोर्जे थिङ, अर्जुन पाख्रिन, बाबुलाल स्याङतन, फुल कुमार बम्जन, केआर गोले, ईश्वर थोकर, अटुट दोङ, रिना बम्जनलगायतले तामाङ भाषामा गजल, कविता लगायत आ-आफ्ना रचनाहरु सुनाएका थिए ।
सोही कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित संगीतकार एवं गायक कर्म योन्जनले आफ्ना अनुभवहरु सुनाउँदै तामाङ भाषा र साहित्यको संरक्षण र सम्वर्द्धनमा तामाङ डाजाङले सक्रिय भूमिका खेल्दै आएकोमा प्रशंसा गर्नुभयो । उहाँले जातिको पहिचान नै भाषा भएकोले यसको संरक्षणमा युवाहरु सक्रिय हुन आवश्यक रहेको बताउनुका साथै आफूले आफ्नो तामाङ भाषा बोल्न नसकेकोमा दु:ख व्यक्त गर्नुभयो ।
त्यस्तै तामाङ लोकसम्राट चन्द्र कुमार मोक्तानले आफ्ना अनुभवहरु सुनाउँदै पहिलो तामाङ एल्वमको तामाङ गीत गाएर सुनाउनुभएको थियो । सोही क्रममा उहाँले सांगितिक क्षेत्रमा तामाङहरु निकै अगाडि बढेकोमा गर्वको अनुभूति हुने बताउँदै अन्य क्षेत्र जस्तै: राजनीतिक, शैक्षिक, आर्थिक आदिबाट पनि तामाङहरु यसरीनै माथि उठ्न जरुरी रहेको तर्क राख्नुभयो । कार्यक्रम प्रदर्शनीमार्गस्थित नेपाल मानविकी क्याम्पसमा सम्पन्न भएको थियो ।