भाद्र २, काठमाडौं - राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रशिद्ध कपन गुम्बामा तामाङ अवतारी लोसाङ नाम्गेल रिन्पोछेज्युलाई ठिदोन “पदस्थापन” गरिएको छ । गुम्बामा आज एक भव्य समारोहको आयोजना गरी उहाँलाई धार्मिक परम्परा अनुसार ठिदोन गरिएको हो ।
परिवर्तनका लागि मेरो उम्मेदवारी - Bhim Bahadur Tamanag
बीपीकालीन राजनीतिदेखि हालसम्म सक्रिय कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तामाङ आसन्न १२ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि चर्चामा छन् । सुशील कोइराला र शेरबहादुर देउवालाई 'यथास्थितिवादी' को संज्ञा दिंदै उनले आफूलाई परिवर्तनकारी उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । पार्टीका विद्यमान धार संस्थापन र प्रजातान्त्रिक असफल भएपछि तेस्रो धारका रूपमा आफू आएको उनको दाबी छ ।
सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन ।
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator.
udday
From : Nepal
About Me: wan a study in tamang culture
Replace your add here...
News
ताम्सालिङ नागरिक सन्जाल गठन
Posted on: Feb 3 2010 Wednesday 04:55:57 AM | Views : 929 Times
सन्चु ब्लोन/काठमाडौं, माघ २०- अखण्डित ताम्सालिङ प्रप्तिको लागि दवाब सिर्जना गर्न र ताम्सालिङ संयुक्त संघर्ष समितीको आन्दोलनलाई शसक्त बनाउन तामाङ सामाजिक संघसंस्थाहरु मिलेर ताम्सालिङ नागरिक सन्जाल गठन गरेको छ ।
आज काठमण्डौंको पुतली सडकस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा भएको बृहत भेलाले सो सन्जाल गठन गरेको हो । तामाङ समाजमा विगत लामो समय देखि कुनै न कुनै रुपमा क्रियाशिल तामाङ संघसंस्थाहरु सन्जालमा आवद्ध रहेका छन् । नेपाल तामाङ घेदुङ, नेपाल तामाङ राष्ट्रिय महासंघ, तामाङ प्रज्ञा सभा लागयतका संघसंस्थाहरु र विधागत रुपमा काम गदै आएका संस्थाहरु साहित्यिक संस्था तामाङ डाजाङ, तामाङ कलाकारहरुको संस्था तामाङ कलाकार संघ, तामाङ चलचित्रकर्मीहरुको संस्था तामाङ चलचित्र संघ, तामाङ सन्चारकर्मीहरुको संस्था तामाङ सन्चर समुह, तामाङहरुको परम्परागत पेशा वा थांका कलाकारहरुको संस्था सन्जालको सचिवालयको रुपमा राखिएको छ ।
संविधानसभाको राज्यपुर्नसंरचना तथा राज्यशक्ति बाँडफाँड समितीले ल्याएको खाकामा ताम्सालिङको ऐतिहासिक भुमिलाई कटाएर नारायणी र सुनकोसी बनाएकोमा आपात्ति जनाउदै विज्ञप्ति जारी गर्ने, तामाङ सभासद र सबै राजनैतिक दललाई ध्यानकर्षण गराउने, अखण्डित ताम्सालिङको पक्षमा भित्ते लेखन गर्ने त्यस्तै आन्तरिक रुपमा अन्तरकृया र प्रशिक्षण तिब्र रुपमा अगाडि बढाउने लगायतका कार्यक्रम तत्काल गर्ने सन्जालले निर्णय गरेको छ ।