CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
tek moktan
Tek Bahadur Moktan
तामाङ संस्कृतिलाई चिनाउने काम गर्दै आएको छु -टेक वहादुर मोक्तान

-नृत्य कलाकार
तामाङ सेलो संगीत र नृत्यमा तामाङ जातिको जातिय अस्तित्व एवं पहिचान भएकोले सेलो गीत संगीत तथा तृत्यलाई हामीले भित्रि ह्रदयदेखि नै गौरव गर्नुपर्छ भन्ने मान्यता सदैव लिइरहने सर्जकको नाम हो नृत्य कलाकार एवं नृत्य निर्देशक टेक वहादुर मोक्तान । बुद्ध कला केन्द्र र सप्तरंगी कला केन्द्रका संस्थापक अध्यक्ष, नेपाल चलचित्र कलाकार संघ, नेपाल डम्फु समाजका केन्द्रिय सदस्य एवं टासी कुन्सालिङ गुम्बा व्यवस्थापन समितीको कार्यकारी सचिव समेत रहनुभएको उहाँको जन्म काभ्रेपलाञ्चोक जिल्लाको नाग्रेगागर्चे बाँझखेत -३, लामाटोलमा आपा ठूलो कान्छा तामाङ र आमा मसिनी डोल्मो तामाङको कोखवाट वि.सं.२०३४ साल असोज ६ गते भएको हो । सानै उमेरदेखि कलाकारिता भने पछि हुरुक्कै हुने उहाँको कलाकारिता प्रतिको क्रेज भने २०४८ सालबाट भएको हो । हिमालय कला मन्दिरवाट नृत्य सिकेको बताउनुहुने उहाँले राष्ट्रियस्तरका थुप्रै गीतहरुमा तृत्य निर्देशन गरिसक्नु भएको छ । प्रशिक्षण विनाको नृत्य कुनै काम छैन । नृत्यकार बन्नको लागि जो कोहीले अनिवार्य नृत्य सिकेकै हुनुपर्छ र उसले साधना गर्नै पर्छ भन्ने विचार उहाँ राख्नुहुन्छ । कलाकारितालाई नै पेशा अपनाउनुभएको उहाँ जहाँजता गएपनि तामाङ भाषा, तामाङ सांस्कृति र तामाङ मौलिकपन हुनुपर्छ भन्नुहुन्छ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com