CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
roshani lama
Roshani Lama
डोको बोक्दा सुहाउँछ हगि ?"
सानै उमेरदेखि कलाकारितामा अभिरुची राख्ने नायिका रोशनी लामा वाइबा आफू झुक्किएर तामाङ फिल्म क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । काभ्रेपलाञ्चोकको रमणिय शहर धुलिखेल नगरपलिका वडा नं. १ पकुचामा वि.सं. २०४५ सालमा आपा सानु लामा वाइबा र आमा संगिता स्याङदानको कोखबाट जन्मेकी परिवारको एक मात्र छोरी रोशनी लामा तामाङ फिल्म क्षेत्रमा प्रवेश गर्दाको रमाइलो क्षण यसरी सुनाउछिन् - "खासै मैले यसरी तामाङ फिल्ममा खेल्न पाउँछु भन्ने सोचेकी थिईन । म स्कूलमा भर्खर आठ कक्षामा पढ्दै थिएँ । गाउँकै दाजु राजु लामा तामाङ फिल्म 'छोर्बा' को निर्माता हुनुहुन्थ्यो । म नृत्यमा केहि अनुभवि समेत भएकोले दाजु राजु लामाले मलाई उक्त फिल्ममा खेलाउनुभयो । शुटिङ टाढा भएको भए म शायद जान्नँ थिएँ होला । उक्त फिल्मको शुटिङ मेरो गाउँमै भएकोले आमा-बुबासँग सोधेर म फिल्ममा खेलेकी हुँ । बजारमा फिल्म चल्यो । मलाई धेरै दर्शकहरुको राम्रो प्रशंशा पनि आयो । त्यही फिल्मको प्रभावले गर्दा तामाङ चलचित्र निर्देशक दाजु सन्तलाल घिसिङ म कहाँ आउनु भएर अर्को तामाङ चलचित्र 'दुःङाल' मा खेल्न अनुरोध गर्नुभयो । म कक्षा १२ को अध्ययन क्रममै रहेकीले पढाई बिग्रिन्छ कि भनेर आमा-बुबा सजग हुनुहुन्थ्यो । तैपनि सबैसँगको सरसल्लाह लिएर फुर्सद मिलाएर मैले 'दुःङाल' मा खेलेकी हुँ ।

हाल सञ्जीवनी मोडेल उच्च मा.वि. धुलिखेलमा कक्षा १२ को अन्तिम तयारीमा रहेकी नायिका रोशनी लामा चलचित्र जगतमा नै रहेर निरन्तर लागिरहन चाहन्छिन् । "मलाई तडक भडक एवं भड्किलो पहिरान भन्दा पनि तामाङ संस्कृति झल्किने पहिरानमा सजिएर चलचित्रमा अभिनय गर्न मन लाग्छ । मेरो भूमिका रहेको जुनसुकै फिल्महरुमा तामाङपन र तामाङ संस्कृति झल्कने खालको होस् भन्ने चाहन्छु ।" विवाह कहिले गर्ने त ? भन्ने सिनेम्हेन्दोको प्रश्नमा हाँस्दै उनी यसो भन्छिन् -"भर्खर विचार गर्दैछु यस विषयमा पछि नै भनुँला नि हुन्न ?"

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com