CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
ranjeeta
Ranjeeta

 

 

 

 

 


 
Ranjeeta
अव तामाङ समाजले ग्ल्यामरलाई पनि पचाउन सक्नुपर्छ -रञ्जिता लामा ।

५ फिट ३ इन्च अग्ली मोडल एवं कलाकार रञ्जिता लामाको पुर्ख्र्यौली जन्म घर काभ्रेको मादन कुँडारी हो । २०४३ साल मङसीर १३ गते आपा माणिक लामा ब्लोन तथा आमा ल्हामो वाइबाको कोखवाट जन्मेकी उनी हाल मोडलिङ क्षेत्रमा लागेकी छिन । हाल वि.ए. दोस्रो वर्षा अध्ययनरत ४५ के.जी. को उनी मोडलिङमै स्थापित हुन चाहन्छिन् । आफुले साइवर संसारको वेभ साइडको लागि थुप्रै ग्ल्यामरस फोटोहरु खिचेर राखेको वताउने उनी ग्ल्यामरस भूमिकामा आफुले मोडलिङ गर्दा तामाङ समाजले खासै राम्रो दृष्टिकोणले नहेरेको र ग्ल्यामर दुनियाँलाई समय परिवर्तनको उपज र यसलाई आधुनिक फेसनको संज्ञा दिन्छिन् । फेशनको नाममा वर्तमान सिने क्षेत्रका युवतीहरु र आफुलाई बढदो आधुनिकता भनिदोहरुमा ग्ल्यामरको लहर चल्नु समाजका लागि अपाच्य होइनन र ? भन्ने सिनेम्हेन्दोको प्रश्नमा उनको तर्क यस्तो छ - हो, ग्ल्यामर सही ढंगले समाजमा पच्दो ढंगले गरियो भने त्यो सुपाच्य हुन्छ । मेरो भन्नुको मतलब ग्ल्यामर आफैमा नराम्रो भने होइन तर प्रयोग गर्न भने अबश्य जान्नुपर्छ । हाम्रा तामाङ समाजका दिदी बहिनीहरुले आधुनिकता बन्न पनि जान्नुपर्छ । हामी मोडलिङ क्षेत्रमा लागेका कलाकारहरु फेशनेवल बन्ने क्रममा सिम्पल गेटअपलाई पनि कतिपयले ग्ल्यामरको रुपमा हेरिरहेको हुन्छ । हाम्रो तामाङ समाजका मान्छेहरु पनि स्ट्यार्न्डड लेवलमा पुगिसकेकोले सधै रुडिवादी सोचमात्र लिनु हुदैन । तामाङपन र तामाङ समाज भन्दा बाहिर रहेर तामाङ अस्तित्वको खेलवाड हामी कसैले पनि गनु हुँदैन । तर अस्तित्व एवं तामाङ जातिको पहिचानको लागि भने समय र परिस्थिति अनुसार चल्न सक्नुपर्दछ । कम्प्युटरको दुनियामा प्रवेश गरेको तामाङ समाज र यस भित्र रहेकाहरु च्याट र च्याटिङ गर्छन र दुनियाँ कुराहरु थ्ाहा पाउँछन् र्।र् इमेल र इन्टरनेटवाटै असल साथी बनाउछन् र मौका मिल्यो भने विवाह समेत गर्न पुग्छन् । यस्तो वर्तमान प्रवृत्तिको विकासलाई के हाम्रो परम्परा अर्न्तर्गत सुहाउदैन भन्दै विरोध गरेर हिडने त - रञ्जिताको धारणा छ । तामाङ समाजमा ल्होछारको माहौल भएकोले ल्होछारवारे बुझन खोज्दा उनी यस्तो प्रतिक्रिया दिन्छिन् - ल्होछारलाई संसारभरिका तामाङहरुले बडो तामजामका साथ मनाइनुपर्छ । ल्होछारलाई तामाङ संस्कृतिको केन्द्रविन्दु बनाइनुपर्छ । तर यसलाई चाड एवं पर्वको रुपमा नभएर ह्याप्पी न्यू इअरको रुपमा सबैले मनाइनुपर्छ ।

रञ्जितासँग सिनेम्हेन्दोको भेटः-

काठमाडौको प्रदर्शनीमार्गस्थित नेपाल मानविकी क्याम्पसमा सदा झै महिनाको अन्तिम शनिवार तामाङ डाजाङको नियमित ग्योइकाई गेताङ चलिरहेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार मोडल रञ्जिता लामासँग अर्न्तवार्ताका लागि सिनेम्हेन्दोले त्यहि ठाउँलाई भेटने स्थान बनाएको थियो । सायद भित्र भेट्न अप्ठ्यारो लागेर होला तिनले सिनेम्हेन्दोलाई मोबाइलबाट बाहिरै बोलाइन। एउटी मोडल रञ्जितासँग अर्न्तवार्ताको लागि भेटघाट एवं चिनजान सिनेम्हेन्दोको यो नै पहिलो भएकोले रञ्जिताले खुलेर कुरा गर्ला या नगर्ला - भन्ने चाहि लागेको थियो । जहाँसुकै लासकलुसुक सिने तथा कलाकारिता क्षेत्रका व्यक्तित्वहरुलाई भेटिरहने बानीले गर्दा सिनेम्हेन्दोले पहिलो भेटमै रञ्जितालाई आफ्नो बशमा पारिहाल्यो । बाइकमा सहयोगी सहित आएकी उनले अर्न्तवार्ताको लागि भृकुटीमण्डपको बगैचा रोजिन । १०-१० रुपैयाँको टिकट काटेर अर्न्तवार्ताका लागि भित्र हुत्तियौ । पहिलो भेट भएपनि सिनेम्हेन्दोसँग उनि सदैव भेटघाट भएजस्तो भएर विना अप्ठेरो प्रस्तुत भएकी थिइन् ।

२००७ मा मिस तामाङबाट मोडलिङमा पार्टीसिपेन्ट भएकी रञ्जिता लामा आफु मिस तामाङबाटै यस क्षेत्रमा लागेको बताउछिन् । मोडलिङ क्षेत्रलाई नै आफ्नो पहिचानको माध्यम बनाउन चाहने रञ्जिताको स्वभावसँग पारिवारिक पृष्ठभूमि भने अलग छ । परिवारमा आमाबुबा, भाई एक जना, हजुर बुबा, हजुर आमा, तीनवटी दिदी वहिनीहरु मध्येमा आफु कान्छी छोरी भएको बताउछिन । बुबा राजनीतिज्ञ एवं घरका सबै जना शिक्षित भएकाले यस क्षेत्रमा लागेको बताइन् । सबैजनावाट चित्तबुझदो सर्पोट पाएकी छु तर मेरी आमा भने मेरो विषयमा बढी नै केयर गर्नुहुन्छिन् । उनको तर्क छ । राजनिति मन परेर पनि राजनीति गर्न नचाहने उनी फुर्सदमा साथीहरुसँग घुम्न मन पराउँछिन् । विवाह बारे अहिले नै नसोचेकी उनीसँग केटाहरुले मन पराएर पठाएको प्रेम प्रस्ताव तथा प्रेम पत्रहरु भने टन्नै रहेको तर अहिलेसम्म कोही कसैसँग जीवनसाथीको रुपमा प्रेम नगरेको स्वीर्काछिन् । सामाजिक भावना भएकैले उनी हाल गैरसरकारी संस्था, जनजाति, महिला, अनार्थ बालबालिका, अपाङ्गलाई हर्ने संस्था "नेपाल अपाङ्ग तथा महिला उत्थान संघ"को केन्द्रिय अध्यक्षतामा रहेर आफ्नो जिम्मेवारी बहन गरिरहेकी छिन् । उनले हाल युरोपियन यूनियन अर्न्तगतको ग्रामिण महिला हित केन्द्र महिला सम्बन्धी कार्यक्रम एवं जनजाति अधिकारको वकालत कार्यक्रम मार्फ 'जनजाति सरोकार' भन्ने कार्यक्रम प्रत्येक मंगलवार बेलुकी ७:३० को समय अवधिमा रेडियो एच.वि.सी.९४ मेगाहर्जमा साप्ताहिक कार्यक्रम समेत चलाउँदै आइरहेकी छिन् । तामाङ भाषाको राम्रो ज्ञान भएकोले तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा एन.टी.भी.२ मा प्रत्येक बुधवार साँझ ७:३० वजे र विहिवार विहान ११:०० वजे सञ्चालित तामाङ भाषाको टेलिभिजन कार्यक्रम 'हृयाङ्ला छार ताम्सालिङ' मा उनी अहिले प्रस्तोता हुने क्रममा रहेकी छिन ।

तामाङ भाषाको चलचित्र 'आंक्ताङराव' मा समेत अभिनय गर्न भ्याएकी मोडल रञ्जितासँग नृत्य तथा अभिनयको राम्रो ज्ञान छ । केहि नेपाली चलचित्र एवं म्यूजिक भिडियोतिर समेत अफर आएको वताउने उनले भीम थापाको "झुठो मायाले धुरधुर रुवायो" भन्ने गीतको बोल रहेको म्यूजिक भिडियो/एल्वममा अभिनय गर्नुको साथै 'सुन सुन मैच्याङ' जस्ता तामाङ म्यूजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेकी छिन् ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com