आफ्नै लगानीमा नयाँ गीति एल्वम 'पुर्वको सैलुङ' हालै बजारमा आएपछि कलाकार प्रविन्स मोक्तानको क्रेज हृवातै बढेको छ । २०५० साल देखि तामाङ कलाकारितामा प्रवेश गरेको उनी तामाङ समाजमा स्थापित कलाकारको रुपमा सबैले चिनिदै आएको छ । तामाङ गीति एल्वम 'मिख्ली', 'एला ङाला', 'फ्लीक दोसी च्यामा' र 'पूर्वेली शैलुङ' लगायतमा स्वर दिइसकेको उनी आजभन्दा २९ वर्षपहिले रामेछापको बेथान गा.वि.स.वडा नं. ६, डहु भल्वाटीमा आपा तिलक वहादुर मोक्तान तथा ममतामयि आमा काइली दोङको कोखवाट भएको हो । थाङ्का कलाकारितावाट कलाकारितामा प्रवेश गरेको उनले तामाङ चलचित्रहरु 'नाङला खी', 'मयुङबुरिङ', 'हृहेन्दोला माया', 'मायाला छो', 'च्याङबा', 'दुङाल' तथा 'सेमला दुःङाल' समेतमा अभिनय गरिसकेको छ । कलाकारिता कै कुरा गर्नुपर्दा उनले रङ्गमञ्च तिरवाट पनि हात हालेको पाइन्छ । विश्वनाथ योञ्जनको 'फ्लीक दोसी च्यामा'अति चेतनामुलक नाटक 'अन्भकार', 'बाध्यता' र 'दुःखीला कर्मा' जस्ता नाटकहरुमा राम्रो अभिनय गरेवापत पुरस्कार एवं प्रसंशापत्र समेत पाएको अनुभव उनी सुनाउँछन् । साथै उनले कलाकारिताकै क्रममा 'वस्ती भित्रको तुवालो' टेलिचलचित्र र 'मुक्तीको खोजी' नेपाली भिडियोमा समेत आफुले अभिनय गरेको बताउँछन् । ५ फिट ५ इन्च उचाइको प्रविन्स मोक्तानलाई नायक, गायक, रङ्गकर्मी, एउटा राम्रो गीत लेखक जस्ता बहुप्रतिभाशाली कलाकार हुन भन्दा कुनै फरक नपर्ला । |