CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
नेपाल तामाङ चलचित्र संघ गठन

तामाङ भाषा र संस्कृतिको संरक्षण संर्वद्वनमा तामाङ चलचित्रहरुले पुर्‍याउदै आएको महत्वपूर्ण योगदान, प्रयाश र भावी कार्यनीतिलाई समेत अवमूल्याङ्कन गरी तामाङ चलचित्रकर्मीहरुको पेशागत हक अधिकार साथै कार्यगत एकताको सुनिश्चितताको लागि पहिलोपल्ट वृहत साझा संगठन गत माघ १९ गते शनिवार काठमाडौंमा गठन गरियो ।

भाषाविद अमृत योञ्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गठन प्रक्रियामा सन्तलाल घिसिंङ (केन्द्रिय अध्यक्ष) रञ्जित रुम्बा (उपाध्यक्ष) हिरालाल ब्लोन (महासचिव) रञ्जिता ब्लोन (सचिव) साथै सुनिल लामा (कोषाध्यक्ष) रहनु भएको छ । केन्द्रिय सदस्यहरुमा सुकुमाया मोक्तान, अञ्जु लामा, चन्दा घिसिंङ, निर्मला स्याङबो, राजु दोङ, सन्दिप स्याङतान, तेज गोले, कमल योञ्जन, विनय दोङ र अमिर दोङ रहेका छन् ।

दोर्जेआउने तयारीमा

युवा फिल्म निर्देशक जेनिस लामा दोङको कथा, पटकथा , संवाद तथा गीत रहेको अर्को तामाङ भाषाको चलचित्र "दोर्जे" अर्थात "बज्र" छिट्टै आउने तयारीमा रहेको छ । जाम्बुलिङ रिन्जेन दोर्जे फिल्मसको ब्यानरमा बन्न लागिएको उक्त फिल्ममा आमाला माया फिल्म कलाकार युनिट लगायत अन्य नयाँ कलाकारहरुको अभिनय रहने जानकारी प्रमुख निर्माता पञ्च लामा ब्लोनले गराएको छ । वर्तमान तामाङ समाजको सांस्कृतिक विषय वस्तुलाई आधार मानेर निमार्ण हुने उक्त फिल्म बौद्ध दर्शन र तामाङ ऐतिहासिक पक्षलाई वैज्ञानिक ढंगले विश्लेषण गर्ने कथाकारको प्रमुख उदेश्य रहेको छ ।

ह्याङलाको गीत रेकर्डिङ सकियो

कथा, पटकथा, गीत तथा निर्देशन केपी घिसिंङको रहेको तामाङ भाषाको चलचित्र ह्याङलाको गीत रेकर्डिङ कार्य हालै सकिएको छ । शिखर मोक्तानको संगीत रहेको उक्त फिल्ममा मनिला बम्जन सोताङ, अमृत लामा, शसिकला मोक्तान, चन्दा घिसिंङ, सीतल/सिवानी मोक्तान आदिको स्वर रहेको छ । न्हाम्बुदा सिने प्रा.लि.को प्रस्तुतीमा बन्न लागेको उक्त फिल्मको निर्माणकर्ता लम्बरी माया दोङ रहेको छ ।

नेपालमै पहिलो तामाङ फिल्म हल भकुण्डेमा

"न्हाम्बुदा" सिने प्रा.लि. नामक तामाङ मौलिक भाषा प्रयोग गरि विधिवत कानुनि प्रक्रिया अपनाएर तामाङ चलचित्र प्रदर्शन गर्ने लक्ष्य र उद्देश्यका साथ काभ्रेको भकुण्डेबेशीमा हालै तामाङ युवाहरुले फिल्म हलको स्थापना गरेका छन् । तत्कालको लागि भाडामा लिएर सञ्चालन भइरहेको उक्त सिने भवनको लागत योजना साँडे २ करोड रहेको र अहिले २५ लाखको अत्याधुनिक साउण्ड सिस्टम साथै उपकरणको लागि खर्च भएको हल सञ्चालक प्रमुख धनध्वज दोङ, के.वि. घिसिङ र धनदास दोङ बताउनुहुन्छ । तामाङ फिल्महरुको बृद्धि सँगै अन्य हल मालिकहरुले चर्को शुल्क असुलेर मौकाको फाइदा उठाइरहेको हुँदा तामाङ फिल्म प्रदर्शनको लागि छुट्टै तामाङ फिल्म हल आवश्यकता महशुश गरी हामीले हल सञ्चालन गरेका हौं । महँगो हल भाडाले गर्दा तामाङ फिल्म बनाउने निर्माता/निर्देशकहरु सधै च्यारिटी शोमा मात्र सीमित हुनुपरेकोमा न्युनतम शुल्कमै निमार्ण भएका तामाङ फिल्महरु अब नियमित हल शो गर्ने छौं ।

"थारेङ थारेङ" छायाङ्कनको क्रममा

निर्देशक सन्तलाल घिसिङको दशौं तामाङ भाषाको चलचित्र "थारेङ थारेङ"को छायाङ्कन ल्होछारपछि हुने जानकारी पाएको छ । आफुले निर्माण गरेको नौ वटा फिल्महरु मध्ये "थारेङ थारेङ" विल्कुलै पृथक रहेको र यस फिल्म वर्तमान समय सापेक्ष हुनुको साथै तामाङ कल्चरलाई नयाँ ढंगले प्रस्तुत एवं सिंगो तामाङ समाजलाई परिवर्तनको वाटो नयाँ ढंगले प्रस्तुत गरिने निर्देशक शन्तलाल घिसिंङले जानकारी गराएको छ । हाल छायाङ्कन स्थल र कलाकार छनौट कार्य भइरहेकोले यस फिल्ममा अन्य निर्माता निश्चित नभएमा स्वयमले लगानी गर्ने सन्तलाल बताउँछन् ।

तामाङ साहित्यिक कार्यक्रम:-

नेपाल तामाङ घेदुङ को आयोजनामा तथा नेपाल तामाङ विद्यार्थी घेदुङ मकवानपुरको व्यवस्थापनमा प्रत्येक महिनाको अन्तिम शनिवार मकवानपुर जिल्लामा रहेको मकवानपुर बहुमुखी क्याम्पस हेटौडामा तामाङ साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत १० महिना अगाडि सम्पन्न पारीजात दिवसको विशेष सम्झनामा थालिएको उक्त कार्यक्रमले हालसम्म निरन्तर साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । साहित्यिक कार्यक्रममा यसपालिको २८४४ औं जीवा ल्होछार २०६४ लाई आहृवान गरी तामाङ भाषामा व्यक्त गरिएको कविता यस्तो छ:-
तामाङ हृयाङ हृयाम डिक्सी
बाङसी ओन्गेलेम् लु
फुत्पाहाम्ला जत्रोन पर्खाल
आङसी ओन्गेलेम लु
तसी लोङसे सरकारसेनुन् जाम्मादन विदा तोकदिजीन्जी
स्यासी कोसी हृयाङला ल्होसार
दाङसी ओन्गेलेम लु ।

हेटौडा नगर ल्होछारमय

अहिले मकवानपुरको हेटौडा नगर ल्होछारमय भएको छ । २८४४ औं जीवा ल्होछारलाई भव्य रुपमा सम्पन्न गर्नका लागि हेटौडामा रहेका तामाङ संघसंस्थाहरु सक्रिय रुपमा लाग्न थालेको छ । नेपाल तामाङ घेदुङ मकवानपुर शाखाले बृहत ल्होछार कार्यक्रम सम्पन्न गर्नका लागि मेम्वर लोको अध्यक्षतामा ल्होछार मूल समारोह समिति गठन गरि आवश्यक प्रक्रियाहरु अगाडि बर्ढाई सकिएको छ । जसमा विभिन्न उपसमितिहरु वनाएर कार्य विभाजन स्वरुप कार्य गरिरहेको छ । ल्होछारको लागि प्रचारप्रसारको जिम्मा विद्यार्थी घेदुङलाई दिएको छ भने ल्होछारलाई भव्य रुपमा सफल बनाउन सवैजना जोडतोडका साथ लागिरहेको छ । अहिले मकवानपुरमा ल्होछारको चहलपहल निक्कै बढेको छ ।

प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com