मुसा वर्षा जन्मनेहरुको जीवनचक्र र चरित्र यस्तो हुन्छ – रविन्द्र तामाङ
चिनियाँ ज्योतिष संसारकै प्राचिन पद्धति मानिन्छ । जसका अलगै र विशेष महत्व छ । जसरी हिन्दु ज्योतिष पद्धतिमा पृथक मानिसहरुको प्रतिकात्मक रुपमा मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धन, मकर, कुम्भ र मीन राशीहरुको कल्पना गरिएको छ । त्यसैगरी चिनियाँ ज्योतष पद्धतिमा मुसा, गोरु, बाघ, विरालो, ड्रैगन, र्सप, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर गरी कुल १२ पशुपंक्षीहरुको कल्पना गरिएको छ । चिनियाँमा एउटा उखान छ "तिम्रो हृदयमा जो लुकिरहेको छ त्यो पशु हो ।" हरेक मानिसभित्रको यही मनोविज्ञानलाई ध्यान दिएर चिनियाँ ज्योतिष पद्धतिमाथि उल्लेखित १२ वर्षहरु बनाइएको छ । ती नै १२ बर्षहरु क्रमश एकपछि अर्को फेरिने प्रक्रियालाई मंगोलहरु (नेपालका शेर्पा, तामाङ, गुरुङ, हृयोल्मो आदि) नयाँ बर्ष अर्थात ल्होछार मान्दछन् ।
उनीहरु उल्लेखित पशु वा पंक्षी बर्षहरुमध्ये जुन वर्ष जुन मानिसका जन्म हुन्छ तिनको जीवनचक्र र चरित्र तिनै पशु वा पंक्षीको जस्तै हुन्छ भन्ने विश्वास गरिन्छ । यहाँ पनि रविन्द्र र प्रताप तामाङले चिनियाँ वर्षहरुमा जन्मिएका मानिसहरुको जीवनचक्र र चरित्रको जानकारी दिने जमर्को गरेका छन् । यस अंकमा मुसा वर्षको बारेमा जानकारी दिइएको छ ।
यस वर्ष जन्मिएका मानिसहरुको बाल्यावस्था र जवानी निष्कष्टक हुन्छ । जीवनको दोस्रो चरण भने कष्टमय हुनसक्ने तर, बृद्धावस्था शान्त हुने कुरा पर्वको छ । तर सम्पूर्ण कुराहरु यस वर्ष जन्मने व्यक्ति गर्मी याममा वा जाडो याम कुनमा जन्मिएको हो - त्यसमा भर पर्दछ । गर्मी याममा जन्मिएको भए जीवनचक्र सम्पन्न र कष्टरहित हुने, हिउँद अर्थात जाडो याममा जन्मिएको भए कारागार जाने, असामयिक मृत्यु हुने भय रहनेछ ।
यस वर्ष जन्मिएकाहरुको चरित्र शान्त, सन्तुलित र सुखी हुन्छ । यिनिहरु जन्मजात मनोरञ्जक हुन्छन् । तर त्यो शान्त, बाहृय आवरणमुनि चंचलता र आक्रमकता लुकेको हुन्छ । यिनीहरु धेरैसँग परिचय गर्ने तर थोरैसँग मात्र घनिष्टता राख्दछन् । त्यस्तै गफाडी हुन्छन् तर आफू बाहेक विश्वास कसैमाथि गर्दैनन् । जन्मैदेखि आसबादी र जुवाडे हुन्छन् । यसैकारण यिनीहरु दिग्गज राजनीतिज्ञ तथा व्यापारी बन्दछन् । धेरै जसो श्रृजनशील पनि हुन्छन् । तर यिनीहरु आलोचनाको क्षेत्रमा अंग्रज हुन्छन् । संभवत अधिकांश व्यक्तिहरु यथार्थवादी हुन्छन् । सत्यलाई नमिठो अन्तसम्म पनि नछोड्ने खालका हुन्छन् ।