CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
hira lal blon
Hira Lal Blon
नायक हिरालाललाई फिल्म अफरको ओइरो

'दुःङाल', च्याङबा र आक्ताङराव जस्ता तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेर चर्चामा रहन सफल युवा नायक हिरालाल ब्लोनको क्रेज हिजोआज झनै बढेको छ ।

कलाकारितामा झुक्किएर साथीहरुको संगतले पसेको उनी अहिले म्यानपावर कम्पनीसंग सम्बन्धित छन् । यसअघि टाइम्स एफ.एम.९०.६ मेगाहर्जमा प्रसारित तामाङ भाषाको कार्यक्रम 'सेमला ताम' मा समेत कार्यक्रम प्रस्तोता बनिसकेको नायक हिरालाल ब्लोनले निक्कै फ्यानहरु बटुल्न सफल भएको देखिन्छ । सबैभन्दा बढी तामाङ फिल्म बनाउने निर्देशक सन्तलाल घिसिङको आत्मीय शुभचिन्तक र बढ्ता सहयोगी भएकोले सन्तलाल घिसिङद्वारा अहिले निर्माण हुन लागेको फिल्म 'थारङ थारङ' मा समेत मुख्य हिरो हिरालाल नै निश्चित भइसकेको छ । काठमाडौं उपत्यका लगायत तिमाल, हिमाल र जताततै हिरालाल ब्लोनको प्रशंसकहरु बढ्नुको पछाडि उनको राम्रो अभिनय र सुहाउँदो जीउडाल नै हो भन्न सकिन्छ । अहिले नयाँ बन्ने थुप्रै तामाङ फिल्महरुबाट हिरालाल ब्लोनलाई अफर आउन थालेको छ भने उनले अफर आएका ती फिल्महरुमा कतिको समय दिन सक्ला ? भन्ने चासो पनि धेरैलाई भएको छ भने कतिमय उनको शुभचिन्तकहरुमा प्रशस्त गलफ्रेन्डहरु रहेकोले घरको श्रीमतीलाई कतै धोका त दिने होइन ? भन्ने अड्कल समेत गर्न थालेको पाइन्छ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com