CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
hasta bahadur  lama
Hasta Bahadur Lama
कलाकारितामा हामीले सांस्कृतिक आन्दोलन गरेका थियौं

-जनवादी कलाकार, हस्त बहादुर घिसिङ

एक ताकाका चर्चित साँस्कृतिक समूह इन्द्रेणी साँस्कृतिक समाजसँग आवद्धता रही सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको जनवादी कलाकार हस्त बहादुर घिसिङको जन्म वि.सं.२०२६ सालमा आपा कामी सिंह तामाङ तथा आमा सुन माया तामाङको कोखवाट भएको हो । एउटा राजनीतिज्ञ एवं कलाकार साँस्कृतिक आन्दोलनवाट देश, समाज वा राष्ट्र परिवर्तन भएको देख्न चाहनु हुन्थ्यो । सानै देखि प्रगतिशील विचारको भएकोले उहाँ सदैव आफु र आफ्नो समाजको वढी नै ख्याल राख्नुहुन्थ्यो । भेदभाव र थिचोमिचो सहन नसक्ने उहाँको विचारले गर्दा आफु शोषक र सामन्तीहरु विरुद्ध लाग्नु परेको थियो । जसको लागि साँस्कृतिक आन्दोलन एकमात्र विकल्प थियो । त्यसमा पनि आफु तामाङ समाजभित्र जन्मेकोले तामाङहरु सदियौकालदेखि अरुको दास बन्नु पर्ने बाध्यता रहेको र त्यस्तो बाध्यताभित्र रुमल्लिरहन आफुलाई नचाहेको थियो । प्रगतिशिल गीत संगीतहरुमा रम्दै र गाउदै साँस्कृतिक आन्दोलन गर्दै आउनुभएको उहाँले २०४७ सालमा जनमोर्चामा प्रवेश गर्नु भएको थियो । त्यतिवेला शोषक एवं सामन्ती वर्ग जनताको आवाजवाट थर्किसकेको थियो । म आफैले गीत लेख्थे, संगीत भर्थे र आफै गाउथे पनि । पूर्ण गणतन्त्रवादी विचारको उहाँ मुलुकको विकास एवं नयाँ नेपालको निर्माणमा पूर्ण गणतन्त्र हुनुपर्दछ र यसैमा तामाङ जातिले उठाउँदै आएको ताम्सालिङको कुरो सुनिश्चित छ भन्नु हुन्छ । संयुक्त गणतान्त्रिक मोर्चा नेपालको अध्यक्ष समेत रहनुभएको उहाँ अहिले नजिकिदै आएको संविधान सभाको निर्वाचनलाई नजिकबाट नियालिरहनुभएको छ । र उहाँ तोकिएको समयमा नै निर्वाचन भई मुलुक संघीय गणतन्त्रमा जानुपर्छ भन्ने चाहना राख्नुहुन्छ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com