CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  

bishnu dong tamang

Bishnu Dong Tamang
Editor


जीवा ल्होछार ले सहमति बनाओस्


यति बेला माहोल ल्होछारको छ । लाखौ लाख तामाङ दाजु भाई तथा दिदी बहिनीहरु भने ल्होछार मनाउनुपर्छ भन्नेहरुमा चेतनागत भावना बढेको छ । तामाङ संघ सस्थाहरुभने कोही माघ शुक्ल प्रतिपदाको सोनाम ल्होछार भब्यताका साथ मान्ने तयारी गरिरहेका छन् । कोही तामाङ संघ-संस्थाहरु सोनाम ल्होछार हाम्रो ल्होछार होइन -माघ शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होछार पो हो भनि प्रचारप्रसारमा ब्यस्त छन् । तर, दुबै कुराहरुको सन्देश गाउँ घरका ताम्बा, गान्बा, बोन्बो, म्हेमे, माम, आस्याङ, आङीलाई भने पत्तो छैन । उनीहरु मध्य कोहीले त पौष शुक्ल पूर्णिमा त कोहीले माघ १ गते नै ल्होछार मनाइसकेको छ । तर शहरबजारमा तामाङ विद्वान, समाजसेवी, संघसंस्थाहरुको अगुवाइ र नेतृत्वमा जतिसुकै धुमधामका साथ मनाएपनि ल्होछार पर्व शुभारम्भ संगसंगै बादविवादहरु आउने गरेको छ । तर समाधान भने हुन सकेको छैन ।

"हामी तामाङ हौं हाम्रो चाड ल्होछार हो ।" भन्ने भावना बोकेका लाखौं लाख तामाङहरुको ऐक्यवद्वताका साथ ल्होछार मनाउने भावनामा चोट पुर्याइरहेको छ । यसले काठमाडौं जस्तो शहरमा हुने ल्होछार कार्यक्रम र यस वरिपरि रहेका तामाङ जातिहरुको लाखौं लाख जम्मा हुने जमातलाई हजारौंमा सिमित गरिदिएको छ । जसले तामाङ जातिको एकतामा बाधा पुर्याइरहेको छ । अतः जीवा वर्ष ल्होछारले सम्पूर्ण तामाङ संघ-संस्था, समाजसेवी, विद्वानहरुलाई एउटै ल्होछार मनाउने निर्णय गर्ने सहमतिमा पुर्याउन सकोस यहि नै सिनेम्हेन्दो पत्रिकाको शुभकामना !!!

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com