CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
Dhandhoj Dong
 

 
Dhandhoj Dong
Dhandhoj Dong
मोडलिङमा स्थापित हुन चाहन्छु

धनध्वज दोङ

ह्याङला, सगुन, होइनाना, सुन सुन मैच्याङ, जस्ता तामाङ म्यूजिक भिडियोहरुमा सफल मोडलिङ गरिसक्नुभएका कलाकार धनध्वज दोङ आफूलाई एउटा स्थापित मोडलको रुपमा चिनिन चाहनुहुन्छ । ५ फिट ७ ईन्च उचाइको उहाँको उमेर अहिले २७ वसन्तको छ । बुबा औलत दोङ तथा आमा ठूलीमाया वाईबाको कोखबाट मेच्छे गाविस वडा नं. ९ तिमालमा जन्मनुभएका उहाँ धर्म र कर्म दुवैमा उत्तिकै विश्वास गर्नुहुन्छ । ठूलो उमेर र सानो उमेर जोकोहीसँग सम्मान गरेर बोल्न जान्ने उहाँको स्वाभाव छ । अहिले थाङ्का व्यवसायबाट हाउजिङ व्यवसायलाई आफ्नो प्रमूख पेशा सम्हालेका उहाँ कलाकारिता कुनै पनि देश, समाज या राष्ट्रको पहिचान हो । यसलाई चिनाउनु यूवाहरुको प्रमूख दायित्व हो भन्ने ठान्नुहुन्छ । कलाकारिताबाट जीविकोपार्जन गर्न सकिदैन र ? भन्ने सिनेम्हेन्दोको प्रश्नमा उहाँको उत्तर यस्तो छ - पक्कै सकिन्छ कलाकारिता क्षेत्रमा लागेर पनि राम्रो जीविकोपार्जन गर्न सकिन्छ । तर त्यो निरन्तर हुनुपर्दछ । मैले कलाकारितालाई एउटा पहिचानको माध्यम र मनोरञ्जनको साधनको रुपमा प्रयोग गरेको हुँ, मेरो कलाकारिता मोडलिङ हो । म मोडलिङ क्षेत्रबाटै तामाङ समाजको पहिचान दिन चाहन्छु । मोडलिङ क्षेत्रमा पनि थुप्रै तामाङ युवाहरुको सक्रिय भएको हेर्न चाहन्छु ।

विवाहका बारेमा भने केही नबोल्ने उहाँ केटीहरु प्रति समेत औधी क्रेजी हुनुहुन्छ तर केटीको लागि कहिल्यै समय खर्च गरेर हिड्नु हुन्न । संसारलाई हेर्ने र सोँच्ने दृष्टिकोण विचारमा भर पर्छ - उहाँ भन्नुहुन्छ । विशेष गरी तामाङ संस्कार र संस्कृतिलाई माया गर्ने उहाँ यसलाई जोगाउन आजका यूवाहरु लाग्नुपर्छ । आधुनिकताको नाममा हाम्रो तामाङ समाजमा छाडा संस्कार र संस्कृति भित्र्याउनु हुन्न हाम्रो मौलिक परम्परालाई राष्ट्रिय तथा अर्न्तराष्ट्रिय  पहिचानको प्रमुख माध्यम बनाउनु पर्दछ भन्ने यस्तो अवधारणा संगाल्नु हुन्छ । साथीभाईहरुसँग मिलेर घुलमिल गर्न बढी रुचाउने उहाँ शुद्ध शाहाकारी भोजन मात्र मन पराउनुहुन्छ । अफिस टाइममा कालो कोट, कालो चस्मा, पाइन्ट र मोटर बाइकमा सजिएर हिँड्ने उहाँ अरु बेला आफूलाई सुहाउँदो जस्तो सुकै पहिरन मन पराउनुहुन्छ । उहाँ अहिले के.वि. घिसिङद्धारा निर्माण गर्न लागिएको तामाङ भाषाको चलचित्रमा अभिनयको लागि पुरा तयारी गरिरहनुभएको छ ।    
 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com