CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
www.tamangsamaj.com
 
तामाङ समाज डट कमबारे थोरै चर्चा

वर्तमान युग कम्प्युटरको युग भएकाले कम्प्युटरको पहुँच भएको संसारको कुनै पनि ठाउँमा बसोबास गर्नेहरुले तामाङ भाषामा सुचना एवं समाचारहरु पढन, सुन्न र हेर्न सक्ने भएको छ । प्रवासमा रहेका नेपाली तामाङहरुको स्थितिको बारेमा र नेपालका तामाङ समुदायले गर्ने कार्यहरुको महत्वपूर्ण सुचना र समाचारहरुको वारेमा अहिले कम्प्युटरमा जडित अनलाइन सेवाले थप मद्दत पुर्‌याएको छ । अनलाइन इन्टरनेट प्रबृति हो र यसले विश्वभरि सुचना, सन्देश एवं समाचारहरु पुर्याउने कार्य गर्द आएको छ ।

तपाई तामाङ समाजप्रति एकदमै जिज्ञासलु हुनुहुन्छ र इन्टरनेट अनलाइन कम्प्युटर सेवासँग नजिक हुनुहुन्छ भने तपाई विश्वका सवै तामाङहरुको स्थिति एवं खबर बुझ्नको लागि सर्वप्रथम वेभ साइट लग अन गर्नु पर्ने हुन्छ । त्यस पछि कम्प्युटरको प्रोग्राममा गएर इन्टरनेट एक्सप्लोरमा गएर सर्च गर्नुपर्छ । सर्चपछि इन्टरनेट वेभ ठेगनामा www.tamangsamaj.com टाइप गर्नुहोस् र सर्च र्सच गर्नुहोस् अव पक्कै तपाइले प्राप्त गर्न सक्नु हुनेछ विश्वासिलो तामाङ वेभ साइट तामाङ समाज डट कम । यो इन्टरनेट प्रवृत्ति अहिले विश्वका तामाङहरुले नेपालका तामाङहरुको बारेमा र नेपालका तामाङहरुले विदेशका बारेमा थाहा पाउने अवसर पाइरहेका छन् । तामाङ भाषामा निर्माण हुने जुनसुकै कार्यक्रमहरुलाई दिनहुँ अपडेट गरी राख्नमा www.tamangsamaj.com क्रियशिल देखिएको छ । यसमा अनलाइन पत्रकार विष्णु मोक्तानको विशेष भूमिका रहेको छ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com