CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
chanda ghising tamang
Chanda Ghising
गायनमा बढि रुचि - नायिका, मोडल तथा गायिका चन्दा घिसिङ
नायिका, मोडल तथा गायिका चन्दा घिसिङलाई घरमा सबैले चन्द्रमाया भनेर बोलाउने गर्छन् । चन्द्रमायाबाट स्वाङ पारेर चन्दा बनेकी उनी आफ्नै कलाकार दाजु कर्मा लामा घिसिङले कलाकारितामा मिल्काइदिएको हो । ५ फिट ३ इन्च उचाइकी ५२ केजीको उनी काभ्रेपलाञ्चोक कानपुर गाविस वडा नं. ६ गाङनाम्सा आपा शेर बहादुर घिसिङ, आमा पाल्मु बलबाट वि.स.२०४० सालमा जन्मेकी हुन् । घर परिवारको कान्छी छोरी भएकोले सबैको बढ्ता मायामा चन्दा हुर्केकी थिइन् ।

माया बढी भएपछि पोखिन्छ भन्छन सबैले तर यहाँ चन्दालाई माया बढी दिंदा आफ्नै घर-परिवार एवं दाजुभाईहरुको अगाडि उनले गतिलै इज्जत धान्ने काम गर्न लागेकी छिन् । त्यो गतिलो इज्जत भनेको उसले गरेको कलाकारिता हो । आफ्नो पारिवारिक भूमिका गतिलै भएकोले चन्दा अरु सामु कहिल्यै झुक्न जान्दिनन् । उनी आफ्नो स्टयार्ण्डड आफैसंग राख्छिन् । दश वर्षअगाडि गाउँमा कुखुरा धपाएर बसेकी उनी अहिले काठमाडौंको रहनसहनमा छिन् । तामाङ भाषा राम्रो बोल्ने उनी शहरी बातावरणमा रहेकीले आफ्नो मातृभाषा दाजुभाई बाहेक अरुसंग गर्दिनन् । उनको एउटा जिद्धि र घमण्डी स्वभाव छ त्यो के हो भने आफ्नो कलाकारिता क्षेत्रमा आफू कहिल्यै जर्बजस्ती प्रस्तुत हुन चाहाँदिनन् ।

आफूमा भएको जति सिप र क्षमता छ सोही अनुसार आफू प्रस्तुत हुन चाहनु हो । गीत गाउँदा होस् या चलचित्र, म्यूजिक भिडियोहरुमा खेल्नुपर्दा होस् निर्माता निर्देशकहरुसंग मेरो एउटै मात्र प्रश्न हुन्छ- "मेरो स्वर तथा अभिनय मनपर्छ भने राख्नुहोस् यदि मन पर्दैन भने मलाई गीतगाउँनै पर्ने तथा चलचित्र, म्यूजिक भिडियोमा अभिनय गर्नै पर्छ भन्ने छैन ।" चन्दा घिसिङ आफ्नो स्टयार्ण्डडमा रहेर उनीहरुलाई यसो भन्छिन् । तामाङ भाषाको चलचित्र मयुङ बुरिङ (माइती चेली), मिख्ली (आँसु ) र च्याङबा आदिमा अभिनय गरिसकेकी चन्दा घिसिङले हाल सम्म थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गर्नुको साथै गीतहरु समेत गाइसकेकी छिन् । उनले स्वर दिएको तथा अभिनय गरेका म्यूजिक भिडियोहरुमा शैलुङ्गे जुहारी, शैलुङ्गे मेला, दिलकी रानी, ओइपाराङ, अफर, सुनसुन मैच्याङ र पुरानो दोस्ती आदि रहेका छन् ।

त्यसो त उनले आफ्नो जीवनमै पहिलो पटक आधुनिक गीति एल्बम आफ्नै व्यक्तिगत प्रयास र लगानीमा ल्याउने तरखरमा रहेकी छिन् । आफ्नो पहिलो एल्बम भएकोले यस एल्बमका लागि बढी मिहिनेत गरेकी हुँदा उनी यसलाई अलि बढी नै हाइलाइट गर्न चाहन्छिन् । ल्होछार पछि तत्कालै बजारमा आउन लागेको यस एल्बममा आधुनिक, पप र सेलो गीतहरु रहेको बताउछिन् । एल्बमको सबै गीत रेकर्डिङ सकिसकेकोले यस एल्बमको नाम बिमोचन गरेपछि मात्र सार्वजनिक गर्ने चन्दा बताउछिन् ।

म अब गायनतिरै लाग्छु गायन मेरो बढी नै रुचीको विषय भएकोले गायनको लागि बढी मिहिनेत गर्दैछु । म मोडलिङ र अभिनयतिर जति लागे पनि गायिका नै बनेर चिनाउन चाहन्छु । कलाकार चन्दा घिसिङ अहिले व्याचलर पढ्दैछिन् । स्कुले जीवन छँदा तीन वर्षसम्म पोखरामा बसेर पढेकीले उनलाई नेपालको पोखरा अति नै मनपर्छ । विदेशमा भारतको दार्जिलिङ सम्म भ्रमण गरेको बताउने उनी फुर्सदमा पत्रपत्रिका पढ्ने एवं टेलिभिजन हेर्ने गर्छिन् । आफूलाई जस्तोसुकै खानाको परिकार मन पर्ने भएपनि लगाउने लुगामा भने जिन्स् पाईन्टलाई नै रुचाउछिन् । ब्वाई फ्रेण्ड रोज्ने कुरामा भने उनी धेरै नै सतर्क रहन्छिन् । चाङको चाङ प्रेम पत्रहरु आएपनि आफूले उक्त प्रेम पत्रहरुको खासै महत्व नदिएको र कोहि केटाहरुसंग गहिरो प्रेममा नफसेको उनी स्वीकार्छिन् । ग्ल्यामर भूमिकामा रहेर अभिनय गर्न चाहने उनी ग्ल्यामरलाई आधुनिक मानव सभ्यताको परिचय दिन्छिन् । ग्ल्यामरलाई सबैले प्रशंसाको रुपमा हेर्नु पर्छ भन्ने मान्यता राख्छिन् ।

वर्तमान तामाङ जातिले उठाउदै आएको ताम्सालिङ र राजनितिबारे अनविज्ञ उनी संसारमा रहेका सबै तामाङहरु एउटै गोलबन्दमा आउनु पर्ने र सबै तामाङ जातिको उत्थानका लागि खोलिएका संघ संस्थाहरुको कार्यगत एकता एउटै हुनुपर्ने जिकिर गर्दछिन् । मुस्कान बिना कुरै गर्न नजान्ने उनी धर्म कर्म प्रति उतिकै आस्था राख्छिन् । जीवनमा अविष्मरणीय कुरा केही छ भन्ने प्रश्नमा उनी सम्झदै यसो भन्छिन् - "मयुङ बुरिङको सुटिङमा जाँदा धेरैले अटो भर्न दिएको दिन धेरै खुसी भएकी थिए । म त्यो दिन कहिल्यै विर्सन सक्दिन ।"

कुराकानीको अन्तमा सिनेम्हेन्दोबाट तामाङ दाजुभाई तथा दिदीबहिनीहरुको लागि केही भन्नु छ - भन्ने प्रश्नमा उनी हाँस्दै यसो भन्छिन् - "र्सवप्रथम यो सिनेम्हेन्दो पत्रिकाको उत्तरोतर प्रगतिको कामना र मेरो मनका कुराहरु राख्ने अवसर दिनुभएकोमा औधि खुशी लाग्यो सबै तामाङ दाजुभाई दिदीबहिनीहरुमा मेरो तर्फबाट यहि जीवा ल्होछारको हार्दिक शुभकामना भन्नु चाहन्छु ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com