CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
prem thokar
prem thokar
पुरपुरो मै चम्चेको भूमिका

तामाङ चलचित्रमा कहिले गाउँको प्रधानको चम्चे, कहिले नायकको साथी त कहिले हाँस्य पात्रको रुपमा देखा परिरहने युवा कलाकार प्रेम थोकर 'साहिला' । पातलो शरिर, मीठो बोली, न ठूलो न सानो कद का प्रेम थोकर मकवानपुर फावरबारी भोर्लेनीका हुन् । वि.सं. २०३४ मा जन्मिएका कलाकार थोकरले मकवानपुरकै लोकहित माध्यामिक विद्यालयमा एस.एल.सी. सम्मको अध्यन गरे । विद्यालयमा रहँदा उनले विद्यालयमा हुने साँस्कृतिक कार्यक्रममा नृत्य गरिरहन्थे । नाटकहरुमा अभिनय गर्दथे । "सिर्जनाका फूलहरु" नामक नाटकमा 'चम्चे' कै भूमिका निभाएको कुरा उनी विर्सदैनन् । आइ.ए. को अध्ययन गर्न सर्लाहीको हरीवन झरे । त्यहीको चर्तूभुजीय जनता क्याम्पसमा पढे । त्यहाँ पनि उनले 'शिक्षा आजको आवश्यकता' नामक नाटकमा चम्चे कै भूमिकामा अभिनय गरेर यसपछि उच्च शिक्षाको अध्यनार्थ थाकेर राजधानी पसे । यहाँ उनले एकातिर उच्चशिक्षा वि.ए. सम्मको अध्ययन गर्न थाले र सँग सँगै अभिनयलाई पनि अघि बढाए । उनका अनुसार भक्तपुरमा बस्दा त्यहा बस्ने केही युवाहरुले नेपाल मंगोल मञ्जुश्री तामाङ सेवा समिति गठन भयो । जसमा उनी पनि कार्यलय सचिव भए । समितिले तामाङ चलचित्र डाङ (कोशेली) २०५८ बनाउने निधो गर्यो । जसमा पनि उनले प्रधानका चम्चे भएर नै अभिनय गर्नु पर्यो । चलचित्रको प्रदर्शन पछि "प्रधान बाजे, अब म राजधानी गएर मन्गीलाई गएर भेट्छु । अनि गाउँम सिंचाइ गर्नका लागि पैसा ल्याउछु । त्यसपछि त बाजे गाउँमा मान्छेका कालो गुँ नै देख्नु पर्दैन हगि ?" भनेका सम्वाद लोकप्रीय रहेका थियो । त्यसपछि उनी छोर्बा (चेतना) नामक चलचित्रमा काम गरे । त्यहाँ पनि उनले नायकको साथीको रुपमा चम्चेकै भूमिकामा अभिनय गर्नु पर्यो । यसमा नायकको वहिनीलाई जङ्गलमा खलनायकले बलत्कार गर्न खोज्दा नायकसँग हिड्दा एकाएक सन्किएर - "बुझनु भो ! मैले अहिले त्यो चक्रेलाई भेटे भने उफ्रिएर लातका लात हानेर टाउको फूटाई रगताम्य पारिदिन्थे ।" भन्ने सम्वाद पनि चर्चित नै भयो । तर तामाङ चलचित्रमा पैसा उठाउदै, कलाकार बनाउदै, निर्माण गर्ने प्रवृतिले गर्दा स्तरियता नभई संख्यात्मक भएको कुरामा भने उनी दुःखी छन् । तर केही चलचित्रमा चम्चेकै भूमिकामा भएपनि दर्शकको सामु स्मरणीय रहन पाएकोमा खुशी छन् । छोर्बा (चेतना) २०६१ को सुटिङको क्रममा नायकको वहिनीको भूमिकामा रहेकी चेलीलाई भोटेकोशीले साँच्चिकै बगाउँदा आफूमा पौडने सीपका कारण बचाउन पाउँदाको क्षण भने तामाङ चलचित्रमा काम गर्दाको अविष्मरणीय क्षण तामाङ चलचित्रमा काम गर्दाको क्षण मान्दछन् । यसै वीच थुप्रै गीतका भिजुअलमा पनि सामूहिक नृत्य गर्न पछि नपर्ने युवा कलाकार प्रेम थोकर साहिला निकट भविश्यमा नै 'खसु' (आँशु) २०६४ नामक तामाङ चलचित्रमा चम्चेको भूमिकामा र तामाङ र नेपाली भाषामा कविता सङ्ग्रह लिएर तपाई हामी माँझ आउदैछन् ।

प्रस्तुती: सिनेम्हन्दो

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com