CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
First Issue
tamang magazine
प्रवेशाङ्क
अविष्मरणिय विमोचन कार्यक्रम
तामाङ सिनेमा जगतलाई लक्षित गरी प्रकाशन थालिएको पहिलो तामाङ भाषाको सिनेपत्रिका प्रवेशाङ्क 'सिनेम्हेन्दो' को गत जेष्ठ १९ गते काठमाण्डौंमा विमोचन भयो । वरिष्ठ कलाकार एवं तामाङ फिल्मका पहिलो जन्मदाता जयनन्द लामाको हातवाट विमोचन गरिएको उक्त कार्यक्रममा तामाङ समाजका ख्यातिप्राप्त सिनेकलाकार, पत्रकार, समाजसेवी एवं बुद्धिजिवीहरुको विशेष उपस्थिति थियो ।

"तामाङ जातिको चलचित्र क्षेत्रसँग सम्बन्धित रहेर प्रकाशन थालिएको यस पहिलो सिने पत्रिका तामाङ जाति र समाजका लागि एकदमै महत्वपूर्ण छ । यो पहिलो ऐतिहासिक कार्य हो र यसपत्रिकाले तामाङ फिल्मको पहिलो जन्मदाता एवं प्रेरक व्यक्तिको रुपमा उभ्याइदिएकोले म एकदमै हषिर्त छु र यस्तो पत्रिकालाई निरन्तर अघि बढ्न दिन सवैले साथ र समर्थन दिनुपदर्छ ।" वरिष्ठ कलाकार जयनन्द लामाले उपस्थितहरु समक्ष राख्नुभयो । लेखक एवं पत्रकार रविन्द्र तामाङले सिनेम्हेन्दो पत्रिका वास्तवमै तामाङ समाजका लागि नौलो थप आयाम हो । यसमा सिनेमाको साथै रङ्गमञ्च आधुनिक फेशन, संगीत र विभिन्न प्रेरक व्यक्तित्वहरुलाई समेटिएकोले यस्तो खालको पत्रिकालाई सवैले प्रशंशा गर्नुपर्छ भन्नुभयो । तामाङ सञ्चार समूहका तत्कालिन अध्यक्ष प्रतिक ङेसुरले सिनेम्हेन्दो प्रकाशन प्रशंशायोग्य साथै हेर्दै आकर्षक र कमर्सियल छ यसमा समाविष्ट भाषिक एकरुपतालाई भने विषेश जोड दिनुपर्ने बताउनुभयो । लेखक तथा पत्रकार रुद्रसिहं तामाङले सिनेम्हेन्दोको प्रशंशा गर्दै विष्णु दोङ तामाङको प्रारम्भिक पत्रकारिता जीवन तिमाल टाइम्स मासिक प्रकाशनताक आफूले पर्दा पछाडी रहेर सहयोग गरेको र दुई वर्षे छोटो अन्तरालमै विष्णु दोङ भाईले विभिन्न तामाङ पत्रपत्रिका र रेडियोमा समेत रहेर तामाङ समाजको लागि महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै मैले सगाएको मान्छे यसरी धेरै अगाडि आउनुमा मलाई अत्यन्तै गौरवान्दित भएको छ बताउनु भयो । यस्तै गरेर रेडियो नेपालका सञ्चारकर्मी रमिता लामाले पनि आफ्नो तर्फबाट सिनेम्हेन्दोको प्रशंशा गर्नु भएको थियो भने रेडियो नेपालकै वरिष्ठ सञ्चारकर्मी भरत बम्जन, अमरध्वज लामा, तामाङ सञ्चारकर्मी दिपेन्द्र दोङ लगायतले बोल्नुभएको थियो । आदिवासी जनजाति विद्यार्थी समाज विश्व भाषा क्याम्पसका तत्कालिन अध्यक्ष तेज कुमार तुम्वाहाम्बेले पत्रिकाको प्रशंशा गर्दै यो सिनेम्हेन्दो प्रकाशन तामाङ सिनेमामा मात्र नभएर सिंगो आदिवासी जनजातिकै पहिलो मातृ भाषाको सिने पत्रिका हो र यसले नौलो रेकर्ड नै कायम गरेको छ उहाँले बताउनु भयो । यस्तै गणतान्त्रिक रेडियोकर्मी मञ्च नेपालका अध्यक्ष एवं मेट्रो एफ.एम.का कार्यक्रम संचालक राजु लामाले सबैले मातृभाषाको आवाज उठाइरहेको यस बेला आफ्नै तामाङ भाषामा यसरी पत्रिका प्रकाशन हुनु सारै खुशीको कुरा हो भन्नुभयो । तामाङ चलचित्र नायक सन्दिप स्याङदान, हिरा लाल ब्लोन र नायिका सुकु माया मोक्तानले यस्तो खालको पत्रिका प्रकाशनले हामी सिनेकलाकारहरुलाई एकदमै हौसला मिलेको छ भन्नुभयो । विष्णु दोङ तामाङको सभापतित्वमा सम्पन्न उक्त ऐतिहासिक विमोचन कार्यक्रम तामाङ सञ्चारकर्मी प्रकाश ब्लोनले सञ्चालन गर्नुभएको थियो ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com