CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
rajani
Rajani with her husband
यो वर्ष तामाङ कलाकार र पत्रकारहरुको विवाह । अब क-कस्को हुँदैछ ?

विवाह एकचोटी सबैको हुन्छ भन्ने कुरा बुझ्दा बुझ्दै पनि लाजले हो या खै केले हो ? हामी युवाहरुले विवाह जस्तो खुशीको कुरालाई स्वाट्टै लुकाउँछन र कसैलाई पनि भनेर हिड्दैनन् । यस मानेमा सबै भन्दा वढी कलाकार र पत्रकारहरु दोषी देखिन्छन् । हैन लुकाउन पनि कतिञ्जेल सक्लान र ? यदि त्यो सत्य हो भने दायाँ बायाँवाट जसरी पनि एक कान दुइ कान, मैदान यसैमा छ मजा भने झै त्यो थाहा पाइहाल्छन् । महत्वपूर्ण क्षेत्रमा रहेका व्यक्तिहरुको विवाह प्रसंगलाई सबैले बडो मजासँग चाख लिने भएकाले पनि जसले कानमा खुसुक्क बताउँछ सुन्नेले तुरुन्त सोधि हाल्छन ए को सँग ? लभ म्यारिज कि माग प्यारिज ? कहिले ? यस्तै यस्तै रमाइला कुराहरु । अहिले नयाँ जमाना भएकोले विवाह जस्तो खुशीको कुरालाई सकभर अगडि नै वाहिर ल्याउन सक्नुपर्दछ । गोप्य र गोपनियतालाई त्याग्न सक्नुपर्दछ ।

गोप्य कुराले व्यक्ति तथा समाजलाई नराम्रो प्रभाव पार्छ भने चाँहि मानव सभ्यताको हिसावले एकचोटी राम्रैसँग सोच्नु पर्ने हुन्छ । ल्होछारको वेला भएर होला सिनेम्हेन्दोले केहि चर्चित तामाङ कलाकार तथा पत्रकारहरुको वास्तविक खुशीको गोपनियता भङ्ग गरिँदैछ । त्यो भङ्ग भनेको विवाहको कुरो प्रचारप्रचारमा ल्याउनु हो । सिनेम्हेन्दोले कसैको घर भत्काउदैन बरु घरजाम गर्न खोज्नेहरुलाई खुशीको खबर सुनाएर बधाईका आँधीबेहेरी सृजना गराउँछ ।

यतिवेला नाम भनिहालौ, सर्वप्रथम बधाईको पात्र तामाङ सिने क्षेत्रका नायिका रजनी घिसिङको हो । उनले हालै मात्र आफ्नो कला क्षेत्र भन्दा वाहिरको एक युवासँग प्रेम विवाह गरिकी छिन् । चिनजान भएको पाँच महिना नपुग्दै गहिरो प्रेममा फसेपछि यिनीहरुको विवाह भएको हो । यस्तै गरेर तामाङ भाषाका रेडियो सञ्चारकर्मी सुर्य मोक्तानको पनि आफ्नै क्षेत्रका परिचित व्यक्तिसँग भित्रभित्रै अनौठो लभ परेपछि आपसी सरसल्लाहले भर्खरै मात्र विवाह सम्पन्न भएको छ । अब यी रमाइलो प्रसंग पछि अब आउने दिनमा छिट्टै नै यी प्रतिभाहरुको पनि विवाह हुँदैछ भन्दा आश्चर्य लाग्ला - तर कुरा सत्य हो । यो सत्य गायिका योगिता मोक्तानको हो । अहिले सांगितिक कार्यक्रममा भाग लिन कतार जान लागेको उनी कतारबाट फर्केको केहि समयमै विवाह हुने भित्र-भित्रै पक्का भइसकेको खुशीको समाचार सिनेम्हेन्दोले सुटुक्क प्राप्त गरेको छ । यसै क्रममा 'मोलम' फिल्मका कथाकार एवं तामाङ सञ्चारकर्मी प्रकाश ब्लोन सम्भव भए यहि वर्ष यदि यो बर्षनभ्याए २०६५ सालको पूर्वाद्धमै विवाह गर्ने पक्का संकेत सिनेम्हेन्दोले पाएको छ । कुरो अचम्म अर्को पनि छ । यो अचम्म भनेको नारी गजलकार एवं पत्रकार श्रृजना गोलेको हो । उनको पनि यसै वर्षया २०६५ सालको पूर्वाद्धमै विवाह साइत जुर्ने भित्र-भित्रै खासकखुसुक मनका कुराहरु सिनेम्हेन्दोले चोरी गरेको छ । विवाह भएकाहरुको घरजम हाँसी खुशी बितोस, विवाह हुन लागेकाहरुको छिटोछिटो लगनगाँठो जुरोस्, यही ल्होछारको पावन अवसरमा हाम्रो शुभकामना छ है त ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com