CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
b. b. lama
B.B. Lama
स्तरिय कथावस्तु पाएमा तामाङ फिल्म बनाउने छु - कलाकार बि.बि. लामा

नेपाली फिल्म जगतमा कलाकार तथा चलचित्र निर्माता बि.बि. लामालाई सबैभन्दा कान्छो उमेरको प्रतिभाको रुपमा चिनिन्छ । उमेर सानो तर काम भने ठूलो उहाँको छ । २० वर्षको उमेरमा नै यस अघि प्रदर्शन भइसकेको नेपाली चलचित्र "मायाको जाल" उहाँद्वारा नै निर्मित फिल्म हो । त्यस चलचित्रले जे जस्तो बजार लिए पनि नेपालीहरुको मनमस्तिष्कमा उहाँको स्पष्ट चिनारी बनेको छ । फिल्म निर्माण गर्ने कलाकारको रुपमा उहाँलाई सबैले चिनिसकेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा जन्मनुभएको उहाँले हालसम्म थुप्रै फिल्महरुमा काम गरिसक्नु भएको छ । जीवनको अन्तिम घडीसम्म समाजसेवा र कलाकारितामै लागिरहने दृढसंकल्प समेत गर्नुहुन्छ । उहाँले यस अघि आफूले डिष्टिव्युर्ट गरिएका नेपाली फिल्महरुमा "खेलाडी" र यस अघि लाखौं नेपाली दर्शकले भरपुर मनोरञ्जन लिइसकेको नेपाली कथानक चलचित्र "माया नमार" जस्ता फिल्महरुमा उहाँको ठूलो योगदान रहेको छ । यत्तिका नेपाली फिल्महरुमा काम गरिसकेपछि आफ्नो जातिय फिल्ममा किन हात नहाल्नु भएको नि ? भन्ने प्रश्नको प्रत्युत्तरमा उहाँको जिज्ञासा यस्तो छ - "म तामाङ समाजमै जन्मे र हुर्के मलाई तामाङ भाषा र संस्कृतिको औधि माया छ । जातिय पहिचान नै सबैभन्दा ठूलो हो भन्ने मैले पनि लिएको छु । त्यसैले राम्रो कथावस्तु पाएमा निकट भविष्यमै एउटा तामाङ चलचित्र निर्माण गर्ने मेरो योजना छ ।" हाल आफ्नै व्यावसायिक कम्पनी नेशनल वुद्ध फिल्मस प्रोडक्शन एण्ड डिष्ट्रिव्युर्टस प्रा.लि.को प्रमुख व्यवस्थापक समेत हुनुहन्छ । यो कम्पनी अहिले ललितपुरको कुपण्डोलमा रहेको छ ।

 

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com