CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
baburam lama
Baburam Lama
तामाङ खेलाडीहरुको पनि कदर होस भन्ने चाहन्छु -क्योकुशिन खेलाडी बाबुराम लामा
अहिले नेपालको खेल जगतमा राम्रोसँग हेर्ने हो भने तामाङ खेलाडीहरुको उल्लेख्य उपस्थिति देखिन्छ । राष्ट्रिय देखि अर्न्तराष्ट्रिय स्तर सम्म विजयी प्राप्त गरेर तामाङ जातिको गौरव बढाउने कार्य तामाङ खेलाडीहरुले गर्दै आए पनि तामाङ संघ संस्था एवं तामाङ सञ्चार जगतले खेल जगतमा रहेका प्रतिभाहरुलाई खोज्ने कार्य भएको देखिदैन । खेलाडी पनि वास्तवमा एउटा कलाकार नै भएकोले खेल जगतमा लागेकाहरुलाई किन त्यति चासो गरिदैन ? कलाकार खेलाडी र साङ्गीतिक कलाकार दुबैको उतिकै रुपमा सम्मान गर्ने बातावरणको सिर्जना गरिदैन तब सम्म तामाङ खेलकुद दुनियाँमा रहेका तामाङ प्रतिभाहरु छायाँमा परिरहन्छ ।

तामाङ खेलाडीहरुको उचित कदर हुनुपर्छ भन्ने मान्यता राख्ने खेलाडी बाबुराम तामाङको क्षेत्र खेलकुद हो । वि.सं.२०४४ साल देखि नै क्योकुशिन कराँतेमा सहभागी बन्दै आएको उहाँमा नेपालको खेलकुद बारेमा राम्रो अनुभव छ । काठमाडौंको चपली भद्रकाली -४, तौलुङ्ग बुढानिलकण्ठमा बुबा खडग बहादुर लामा तथा आमा ठूली लामाको कोखवाट वि.सं.२०३४ सालमा जन्मनु भएका उहाँले हालसम्म क्योकुशिन कराँते क्षेत्रमा रहेर धेरैपटक राष्ट्रियस्तरका खेलहरुमा सहभागी भइसक्नुभएको छ । नेपाल क्योकुशिन कराँते शाखा डोजो, बुढानिलकण्ठ तथा २०६० सालमा स्थापना भएको नेपाल वादेरियो रेन्मेइ सुण्डुप्यूको कराँते संघ संस्था सँग आवद्ध रहेर खेल जीवन व्यवस्थित गर्दै आउनुभएको उहाँले खेलजीवनकै कुरो गर्दा २०५६ सालमा भएको अधिराज्य व्यापी कुल कन्टयाक्ट नेपाल शिन्जिन काई कराँते प्रतियोगितामा मुख्य निर्णायकको भूमिका निभाउनु भएको थियो भने हाल उहाँ नेपाल बादोरियो कराँतेको अलवा नेपाल शिन्जिन काई कराँते र क्योकुशिन कराँते सँग सम्वन्धित हुनुहुन्छ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com