CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
astaman lama
Astaman Lama
नृत्य प्रतिभाका धनी अष्टमान लामा

आफुमा प्रशस्त नृत्य कला भएपनि यसलाई सहि ढंगले सदुपयोग गर्न नसक्दा त्यो कला ओझेलमा पर्दोरहेछ र नृत्य कलामा आफु पोख्त भएपनि यस क्षेत्रमा कसैले लगानी नगर्दिनाले आफुमा भएको कलाले ठाउँ नपाएको गुनासो नृत्य निर्देशक अष्टमान लामालाई छ । कलालाई चिनेर कलकारितामा अनुभव भएकालाई लिएर कलाकारिता क्षेत्रमा लगानी गरिदिने संघसंस्थाहरु निस्कनुपर्दछ । कलाकारितामा नृत्य विधालाई व्यावसायिक ढंगले व्यवस्थित प्रशिक्षण दिन सकेमा यसको छुट्टै महत्व हुन्छ भन्ने विचार सँगाल्ने अष्टमान लामा एउटा कुशल नृत्यकार हुन् । वि.सं.२०५६ साल देखि नृत्य सिक्दै आएको उनी काभ्रे तिमाल वोल्देफेदिचे -१, ग्योइगाङटोलमा आपा ङेमा तामाङ लोप्चन र आमा लायुल बलको गर्भवाट वि.सं.२०३३ साल माघ १ गते भएको हो । र्मिमीरे साँस्कृतिक प्रतिष्ठान (२०५६), न्यू मंगोलियन डान्स सेन्टर (२०५९) र शुभरंग कला केन्द्र जस्ता संस्थाहरुमा आबद्ध भई मुख्य नृत्य प्रशिक्षक भएर कार्य गरिसकेको उनले थुप्रै स्कूलहरुमा समेत नृत्य प्रशिक्षकको भूमिका निभाइसकेको छ । वि.सं. २०५१ सालमा गुरु आनन्द थापासंग औपचारिक नृत्य प्रशिक्षण र २०५६ सालमा पाल्देन योञ्जनसँग नृत्य सिकेको उनले २०५९ सालमा साँस्कृतिक संस्थान राष्ट्रिय नाँचघरमा समेत ८ महिना नृत्यप्रशिक्षण लिएको थियो । थुप्रै संघसंस्थाहरुलाई उत्कृष्ट नृत्य निर्देशनको भूमिका निभाए वापत थुप्रै प्रशंशा-पत्र एवं पुरस्कारहरु समेत प्राप्त गरेको छ । तामाङ भाषाको चलचित्र 'नाङला खी' मा नृत्य निर्देशन गरिसकेको अष्टमान लामा हाल थाङ्का कलाकारितामा व्यस्त रहेको छ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com