CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Tuesday 18th Nov 2008  
 
amir dong
Amir Dong
युवा एक्शन नायक अमिर दोङ

तामाङ फिल्म दुनियाँमा एक्शन नायकको अभाव रहेको वेला अहिले आएर एकाएक नयाँ कलाकार अमिर दोङको अभिनय प्रस्तुतीलाई सवैले मन पराउन थालेका छन् । आफ्नै मौलिक एवं नेचुरल अभिनय गर्न सिपालु युवा नायक तथा कलाकार अमिर दोङ 'लेङस्याला सेमजो' नामक फिल्मवाट दर्शकहरुमाझ हुत्तिएर आएका हुन् ।

फिल्म क्षेत्रमा आउनु भन्दा अगाडि नृत्य विधामा राम्रो दक्षता हासिल गरेको उनी एउटा साधारण थाङ्का कलाकार थिए । काठमाण्डौको कमलादीमा अवस्थित साधना कलाकेन्द्रमा नृत्य सिकेको बताउने उनको अधिकांश समय नृत्य सिक्न र सिकाउनमै व्यस्त रहयो । बचेको बाँकी समयमा भने उनी आफूले जानेको थाङ्का लेख्ने गर्थ्यो ।

५ फिट ७ इन्च अग्लो उनी तिमालवाट औपचारिक स्कूले शिक्षा पूरा गरेर काठमाण्डौ आउदा यसरी फिल्मको नायक बन्छु भन्ने सपनामै सोँचेको थिएन । काठमाण्डौमा अधिकांश तामाङ युवाहरुको मुख्य पेशा भनेकै थाङ्का लेख्नु थियो कि त होटेल रेष्टुरामा वेटर, मोटरगाडी सिक्ने, चलाउने तथा सिजनमा भारी बोकेर ट्रेकिङ गर्न बाध्य हुनुपर्थ्यो । हुन त अहिले पनि स्थिति त्यस्तै रहेपनि कतिपय धेरै तामाङ युवाहरुले तामाङ समाजको इज्जत वढाउने कलाकारिता एवं विभिन्न क्षेत्रवाट नाम र दाम दुवै कमाइरहेका छन् । त्यसो त अमिर दोङले 'लेङस्याला सेमजो' पछि तुरुन्तै आमाला माया मा कडा एक्सनमा अभिनय गर्नु उनको अभिनयको प्रगति र कलाकारितामा निरन्तरताको संकेत देखिन्छ । हेर्दा भलादमी र हयाण्डसम उनी वढता हाँसिलो स्वभावको देखिन्छ । किनभने फिल्मको पर्दामा आउनुपर्ने स्क्रीन फेश उनीमा छ । सिनेम्हेन्दो सँगको पहिलो भेटमा विवाह नभएको वताउने उनी अहिले साँच्चिकै खासक खुसुक लासकलुसुक प्रेम विवाहमा बाँधिएको समेत थाहा लाग्यो । हुन त घरजम गर्ने मौकालाई पनि छोड्नु हुन्न अधिकांश तामाङ फिल्मका कलाकारहरुले १-२ वटा फिल्महरुमा खेल्न थाल्दै विवाह गरेको उदाहरण हामीमाझ नभएको पनि होइन ।

विवाहको कुरो छोडौ अमिरको घरगाउँको अलिकति परिचय दिनुपर्दा उनको जन्म वि.सं. २०४१ साल असोज २६ गते वुत्रवार हालको मंगलटार गा.वि.स. पिन्थिली -९ तिमाल काभ्रेमा आपा उत्तर दोङ तथा आमा असली थोकरको कोखवाट भएको हो । 'ङातेन प्रे' लगाएत अन्य म्यूजिक भिडियोमा समेत अभिनय गर्न भ्याईसकेको उनको सिर्जनात्मक अभिनय यात्रा र उनको एक्शन भूमिकालाई सबैले मन पराउन थालेको छ । धेरै तामाङ फिल्म तथा नेपाली फिल्महरुमा द्वन्द निर्देशन गरिसकेको फाइट मास्टर जनक गुरुङले समेत युवा कलाकार अमिर दोङको कलाकारिताको प्रशंशा गरेको पाइएको छ ।

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com