tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 28th Aug 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr


photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
 
Chandra Kumar Dong
hr

वरिष्ठ तामाङ्ग गायक तथा संगीतकार चन्द्र कुमार दोङसंग 'तमाङसमाज डट कम' को 'मन्थ अफ दी गेस्ट' सेक्सनको लागि बिष्णु मोक्तान संग गरिएको कुराकानी

प्रश्नः- तपार्ँइको जन्म कहिले र कहाँ भएको थियो ?
गायक दोङ :- मेरो जन्म काभ्रे जिल्लाको मेच्छे गा.वि.स. वार्ड नं. ७ मुक्पामा वि.स. २०२१ सालमा भएको हो । मेरो बुवाको नाम गजवीर दोङ र आमाको नाम सार्ँइली तामाङनी हो ।

 

Chandra Kumar Dong, Tamang Singer, Tamang Musician, Famous Tamang, Nepali Singer, Nepali Musician

प्रश्न :- तपार्ँइको बाल्यकालको बारेमा केही बताईदिनुहुन्छ कि ?
गायक दोङ :- मेरो सानै देखि गित संगितमा रुची थियो । म बाल्यकालमा गाँउ, पहाडमा हुदा, गाई वस्तु गर्दा देखि नै गीत गाउन बढि रुचाँउथे । मलाई त्यही बेला देखि नै पछि गएर संगित क्षेत्रमै लाग्छु भन्ने लागेको थियो र त्यतिवेला देखि नै गीत संगितमा रमाउन चाहन्थे ।

प्रश्नः- तपार्ँइ गायन क्षेत्रमा कहिलेदेखि लाग्नु भयो ?
गायक दोङ :- म ४८ साल देखि यस क्षेत्रमा लागेको हुँ । ४८ सालमा मेरो पहिलो एल्वम् "तामाङ्ग हृवाई" बाट म यस क्षेत्रमा प्रवेश गरेको थिएँ । यो एल्वम्मा १४ वटा गीत रहेको थियो र ५ वटा गीतमा मैले आफैले संगित दिएको थिएँ । पासाङ योञ्जनको साथमा मैले यो एल्वम निकालेको थिएँ । तर म चर्चामा आएको चहिँ ५२ सालदेखि मात्रै हो । मेरो ५२ सालमा निस्केको एल्वम् "को म्हेन्दो" बाट म चर्चामा आएको हुँ ।

प्रश्नः- तपार्ँइ ४८ सालदेखि यस क्षेत्रमा प्रवेश गर्नु भयो र ५२ सालदेखि मात्रै चर्चामा आउनु भएको थियो, ४८ देखि ५२ सालको बिचमा कति वटा एल्वम् निकाल्नु भएको थियो त ?
गायक दोङ :- मैले ४८ सालदेखि गायन क्षेत्रमा लागेको थिएँ र ५२ सालदेखि चर्चामा आएको थिएँ । यस वीचमा मैले "तामाङ्ग हृवाई", "तामाङ्ग रिमठीम्", "साङाला छ्याम्वा" र "तामाङ्ग दोहोरी" गरि चार वटा एल्वम् निकालेको थिएँ ।

प्रश्नः- तपार्ँइ विशेष गरि यस क्षेत्रमा लाग्न कोबाट प्रेरित हुनुभएको थियो ?
गायक दोङ :- म विशेष त आफै भित्रैदखि नै यस क्षेत्रमा लाग्छु भनेर लागेको हो । म सानै देखि नै अरुको गीत सुन्ने गर्थेँ, अरुले गरेको देखेर म आफूले पनि सक्छु जस्तो लाग्थ्यो । विशेष गरेर म गोपाल योञ्जन, जयनन्द लामा, कुमार वस्नेतले गाएको गीत सुन्ने गर्थेँ र विशेष उहाँहरुको गीतबाट म प्रभावित भएको थिएँ । म गोपाल योञ्जनलाई देवताको रुपमा मान्छु, उहाँबाट नै मैले मेरो म्यूजिक क्यारियर शुरु गरेको हो । त्यतिबेला मैले उहाँको सहयोग नपाएको भए आज मेरो म्यूजिक क्यारियर यो स्थानमा आईपुग्ने थिएन होला ।

प्रश्नः- अहिलेसम्म तपार्ँइले कति वटा एल्वम् निकालि सक्नुभयो ?
गायक दोङ :- मेरो अहिले सम्म लगभग ३९-४० को सङ्ख्यामा एल्वम् निस्की सकेको छ ।

प्रश्नः- तपार्ँइले अहिलेसम्म कति वटा तामाङ गीत गाई सक्नुभयो र कति गीतमा सं्गित दिईसक्नुभयो ?
गायक दोङ :- मैले कति गीतमा संगित दिई सके र कति गीत गाई सके भन्ने त मैले पनि गणना गरेको छैन र गणना गरेर साध्य पनि छैन । मैले प्राय सबै गीत समुहमा गाएको छु । म एकल रुपमा भन्दा समुहमा गीत गाउन रुचाँउछु त्यसैले मेरो एकल एल्वम् चहिँ हृयाङला डम्फू लगायत ३ वटा जति मात्रै छ र अरु सबै समुहमा गाएको छु ।

प्रश्नः- तपार्ँइले नेपाली गीतहरु पनि गाउनु भएको छ कि ?
गायक दोङ :- मैले नाच्यौ मैच्याङ्, गोरी-गोरी मैच्याङ्, सेलो संगम लगायत अरु केही नेपाली गीतहरु पनि गाएको छु । त्रिलोक राणाको चर्चित गीत भूपु मायालु लगायत अन्य थुप्रै चर्चित नेपाली गीतहरुमा मैले सङ्िगत दिएको छु । तुलनात्मक रुपमा मेरो नेपाली गीत तामाङ गीत भन्दा धेरै कम सङ्ख्यामा छ ।

प्रश्नः- प्राय सबै तामाङ गीतहरुमा तपार्ँइ आफै संगित दिनु हुन्छ नि, किन ?
गायक दोङ :- तामाङ गीत संगितको फिल्डमा म भन्दा सिनियर कोही छैन । तामाङ गीत र तामाङ सेलोलाई जुन किसिमको संगित चाहिने हो त्यसको अभाव छ । तामाङ गीत र सेलोलाई आवश्यक संगित दिन सक्ने संगितकार पनि कोही छैन । आफू भन्दा सिनियर कोही नभएको र तामाङ गीत, सेलोलाई आवश्यक संगित दिन सक्ने संगितकारको अभाव भएकोले पनि म आफै संगित दिन बाध्य भएको छु ।

प्रश्नः- तपार्ँइ अहिले कुन एल्वम्को तयारीमा हुनुहुन्छ ?
गायक दोङ :- म अहिले मेरो आफ्नै नेपाली एल्वम् "सेलो जुहारी" को तयारीमा जुटेको छु । राम ब. वम्जनको "डेन्मुला", योगिता मोक्तानको, सत्य कला र्राईको र अरु पनि तामाङ एल्वमहरुको पनि तयारी भई रहेको छ ।

प्रश्नः- अव आउने तपार्ँइको एल्वम्मा कस्तो खालको गीतहरु पस्कदै हुनुहुन्छ त ?
गायक दोङ :- मैले अहिलेको यो सेलो जुहारीमा पहिलेको गीतहरु भन्दा अलि पृथक प्रकारको गीतहरु पस्कन लागेको छु । पृथक भन्नाले अलि गजल टाइपको, माया प्रिती, विछोडको गीतहरु रहेको छ । विशेष गरी मैले आफ्नो देश छोडेर विदेशतिर बस्ने र २-४ पैसा कमाउने उदेश्यले विदेशिनु भएका दाजुभाईहरुको सम्झना स्वरुप मार्मिक गीतहरु र केही ठट्यौली पाराको गीतहरु पनि यस एल्वम्मा समावेश गरेको छु ।

प्रश्नः- तपार्ँइ एउटा तामाङ जातिको वरिष्ठ गायक तथा संगितकार भएको नाताले नव आगन्तुक गायक गायिकाहरुलाई केही सुझाव सल्लाह दिन चाहनु हुन्छ कि ?
गायक दोङ ः- म सबैले आफ्नो धर्ती, आफ्नो माटोलाई माया गरुन् , आफ्नो गीत संगितलाई उत्तिकै माया गरेर भावी पुस्ताले पनि यसको संरक्षण गरुन् भन्ने चाहन्छु । नव आगन्तुक गायक गायिकाहरुलाई म गीत संगितमा राम्रो ज्ञान लिएर मात्रै यस क्षेत्रमा लाग्न सुझाव दिन चाहन्छु ।

प्रश्नः- अहिले केही तामाङ गायक गायिकाहरुले आफ्नो भाषा, गीत, संगितको वास्ता नगरी र्याप, हिप-प् गीतहरु निकालेको छ, यसमा तपार्ँइको धारणा के छ ?
गायक दोङ ः- यो सबै पश्चिमी संस्कृतिको प्रभावले गर्दा हो र यो समयको माग पनि हो । त्यसैले यसलाई म स्वभाविक रुपमा लिन्छु । केही मान्छेहरुले यसलाई मन पराएको छ तर वास्तवमै नेपालीहरुले यसलाई मन पराएको छैन । सुगम नेपाली गीत संगितको सामु टिक्न यसलाई गाह्रो भई रहेको छ । त्यस किसिमको गीत संगित केही क्षणको लागि मात्रै माथि आएको हो । यसमा कसैले केही भन्नु पर्दैन नराम्रो चिज आफै विलेर जान्छ । हाम्रो सुगम संगित नै सदाको लागि अमर रहन्छ ।

प्रश्नः- गीत संगित बाहेक तपार्ँइ अरु के गर्नु हुन्छ ?
गायक दोङ ः- मैले आफ्नो सम्पर्ूण्ा जीवनलाई नै गीत संगितमा र्समर्पण गरि सकेको छु । त्यसैले म अरु कुनै कार्यमा लागेको छैन । संगित क्षेत्रमा आफै नै केही गर्छु भनेर लागेको छु र अहिले आफैले एउटा म्यूजिक कम्पनी खोलेको छु । मेरो यो श्री म्यूजिक प्र.लि. पनि गीत संगितमै समर्पित छ ।

प्रश्नः- २०४६ साल पछि तामाङहरुले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा संघ संस्थाहरु, तामाङ सांगितिक समुहहरु, पत्र पत्रिकाहरु, संचारका माध्यमहरु - तामाङ भाषामै रेडियो, एफ.एम.) र अन्य विभिन्न क्षेत्रबाट तामाङ जातिको उत्थानमा लागि परेका छन् । कति पयले अहिले सम्म निरन्तरता दिई रहेको छ भने कति पय बीचैमा विलीन भएको देखिन्छ, यसलाई तपार्ँइले कसरी हर्ेर्नु भएको छ ?
गायक दोङ ः- तामाङहरुको उत्थान गर्ने उदेश्यले धेरैले विभिन्न किसिमले प्रयास गरिरहेता पनि धेरै चा“हि बीचैमा विलीन भएर गएको छ । यसरी बीचैमा विलीन भएर जानुको मुख्य कारण नै संर्घष्ा गर्न नसक्नु हो । कुनै पनि कामको थालनी गर्नसाथ प्रत्येक खुडि्कलाहरुमा केही न केही तत्वले बाधा, अड्चन पुर्याउने गर्दछ । सबैले ती बाधाहरुसँग संर्घष्ा गरेको भए आज तामाङ समुदायको छुट्टै आफ्नै राज्य बनि सक्थ्यो । विना संर्घष्ा लक्ष्य प्राप्ती को चाहना र अपरिपक्वताले गर्दा यस्तो भएको हो । मैले आज यो स्थानसम्म आउनका लागि हजारौँ बाधा, अबरोह, दुःख कष्टसँग कडा संर्घष्ा गर्नु परेको थियो । सायद मैले ती बाधाहरुलाई पन्छाउन संर्घष्ा नगरेको भए आज यो स्थानमा हुने थिएन । उहाँहरुले संर्घष्ा गर्न सक्नु भएन र बीचैमा विलीन भएर गए ।

प्रश्नः- तपार्ँइ यो स्थानमा आई पुग्दासम्म तामाङ समुदायबाट कतिको सहयोग पाउनुभयो ?
गायक दोङ ः- सम्पर्ूण्ा तामाङ समुदायको माया र सहयोगले नै आज म यो स्थानमा आईपुगेको छु । उहाँहरुको सहयोग नपाएको भए आज म चन्द्र कुमार दोङको नामले यहाँसम्म चिन्ने थिएन । मैले आजसम्म जुन सफल्ता पाएको छु त्यसको श्रय सम्पर्ूण्ा तामाङ समुदायलाई नै दिन चाहन्छु र मलाई माया र सहयोग गरी आजको स्थानसम्म ल्याईदिनु भएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु ।

प्रश्नः- तपार्ँइको परिवारमा कति जना हुनुहुन्छ - तपार्ँइ आफ्नो भावी सन्तान पनि यँही क्षेत्रमा लागोस् भन्न चाहनुहुन्छ कि ?
गायक दोङ :- मेरो अहिले दर्ुइ छोरा, दर्ुइ छोरी र हामी गरि छ जनाको परिवार छौँ । अहिले जेठा छोरा-मीन) मात्रै यस क्षेत्रमा लागेको छ । मैले सबैलाई यही क्षेत्रमा लाग्नर्ुपर्छ भनेको छैन । आ-आफ्नोर् इच्छाले जुन क्षेत्रमा लागे पनि म उनीहरुकै पक्षमा छु ।

प्रश्नः- अन्तमा तामाङ जातिको भाषा संस्कृतिलाई जोगाउन सम्पर्ूण्ा तामाङ समुदायको लागि केही सुझाव सल्लाह दिन चाहनु हुन्छ कि ?
गायक दोङ :- म सम्पर्ूण्ा तामाङ समुदाय र नेपालमा मात्र नभएर विदेशमा रहनुभएका मेरा प्यरा तामाङ दाजु भाईहरुमा तामाङ जातिको पहिचान, भाषा संरक्षणको लागि अ-आफ्नो ठाँउ“बाट सहयोग गरिदिन आग्राह गर्न चाहन्छु । हामीले अहिले तामाङ कलाकार संघको तर्फाट तामाङ जातिको पहिचानलाई जोगाउने र तामाङहरुको जातित्वको परिचय विश्वलाई चिनाउने उदेश्यले ललितपूरको धापाखेलमा तामाङ संग्रहालय खोल्ने काम अगाडि बर्ढाई सकेका छौँ । यसको लागि आवश्यक जग्गा पनि निःशुल्क उपलब्ध भई सकेको छ । यसमा विशेष गरी पुराना बुद्ध माला, पुराना बाजाहरु, भेष भूषा, गहना, तामाङ संस्कृति झल्कने वस्तुहरु, तामाङ लेख, रचना कृतिहरु, गीत सङ्िगत, तामाङ जातिको उत्थानमा विशेष योग्ादान दिने व्यक्तिहरुको परिचय, तामाङ कलाकारहरुको परिचय लगायत अन्य सम्पर्ूण्ा चिजहरु संकलन गरिनेछ । यसको स्थापना पछि हाम्रो भाषा, संस्कृति, कला तथा महत्वपर्ूण्ा पुरातात्विक वस्तुहरुले उचित संरक्षण पाउने र देश विदेशका पर्यटकहरुले समेत यसको अवलोकन गर्न पाउने भएकोले हाम्रो जातिय पहिचान सधै उच्च रहन सक्छ । यो काम हामी एक्लैको प्रयासले सम्भव नहुने भएकोले देश विदेशमा रहनुभएका सम्पर्ूण्ा तामाङ समुदायको अमुल्य सहयोगको खाँचो रहेको छ । त्यसैले सबैले यस कार्यमा हातेमालो गरी अ-आफ्नो ठाँउबाट सक्दो सहयोग गरि दिनु हुन पुनः आग्राह गर्न चाहन्छु । तपार्ँइहरुको सहयोग समयमै पाएमा एक वर्षभत्रमा हामी यो काम सम्पन्न गर्न तत्पर छौँ । पुनः एक पटक जहाँ रहे पनि आफ्नो कला, संस्कृतिको संरक्षण गरौँ भन्न चाहन्छु ।

 
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np