अब यो नसोच्नुहोस् कि नियन्त्रण पूर्वीय संस्कृतिको बौद्ध उपज हो । हामी सबैलाई – विशेष गरेर भौतिक जीवनमा कैद भएकाहरुलाई, नियन्त्रण आवश्यक हुन्छ । मनोवैज्ञनिक तथा भावनात्मक रुपले हामी अनुरागको वस्तुसँग लिप्सिएका हुन्छौं । बौद्ध दृष्टिकोण अनुसार त्यो एउटा अस्वस्थ्य मन हो । तपाँई मानसिक रुपले रोगी हुनुहुन्छ ।
वास्तवमा तपाँईको अनुरागप्रतिको लालसा वा अन्य भावनात्मक समस्यालाई वाह्य वैज्ञानिक तकनिकिको विकास एक्लैले सन्तुष्ट पार्न सक्तैन भन्ने कुरा तपाँईलाई थाहा नै छ । तर भगवान बुद्धको उपदेशले तपाँईलाई मानव संभाव्यताको प्रबृतिको विशेषता, मानव मस्तिष्कको क्षमतालाई देखाँउछ । जब तपाँई बुद्ध धर्म बारे अध्ययन गर्नुहुन्छ, तपाँई स्वयं के हो र अग्रगामी विकास कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्नुहुन्छ । कुनै प्रकारको अलौकिक विश्वासमा जोड नदिएर बौद्ध विधिहरुद्धारा तपाँईले आफू स्वयं र अन्य घटनाहरुप्रति गहिरो सुझबुझ विकास गर्न सक्नुहुन्छ ।
जे होस, तपाँई धार्मिक वा भौतिक, विश्वास गर्ने वा नगर्ने जे भए पनि तपाँईले आफ्नो मस्तिष्कले कसरी कार्य गर्दछ भन्ने कुरा थाहा पाउनु अति महत्वपूर्ण छ । यदि तपाँईले त्यस्तो गर्नुभएन भने तपाँई आफूलाई स्वस्थ्य ठानेर यता उत्ता घुम्नुहुन्छ तर वास्तविकता यस्तो हुन्छ कि पिडादायी भावनाहरुको मुल जरा मनोविज्ञानको खलबलको वास्तविक कारण तपाँईभित्र नै बृद्धि भईरहेको हुन्छ । त्यसकारण नै कुनै वस्तुमा सुक्ष्म परिवर्तन, कुनै सुक्ष्म कुरामा पनि सानो गडबढी भयो भने केहि सेकेण्डभित्र नै तपाँई पूर्णतया क्रोधित हुनुहुनेछ । त्यसले मलाई ऊ मानसिक रोगी हो भन्ने देखाउँदछ । किन ? किनकि तपाँई अनुरक्त भएर अन्धो बनाइएको इन्द्रिय संसारमा एकोहोरो हुनुभएको छ । सम्पूर्ण समस्याहरुको आधारभूत कारण तपाँईको आफ्नै मनको वास्तविक प्रकृतिको अज्ञानताको नियन्त्रणमा परेर तपाँईले 'यस्तो कुरामा म विश्वास गर्दिनँ' भनेर मैले भनेको कुराको खण्डन गर्ने कोसिस गरे पनि त्यसबाट केहि हुँदैन । यो विश्वास गर्ने वा नगर्ने प्रश्न होइन "मेरो नाक छ भनेर म विश्वास गर्दिनँ " भनेर तपाँईले जतिसुकै भने पनि दुइवटा आँखाहरुबीच तपाँईको नाक छ । तपाँईले विश्वास गरे पनि नगरे पनि तपाँईको नाक जहिले पनि हुन्छ ।
"म विश्वास गर्ने मानिस होईनँ" भन्ने मैले अनेकौं मानिसहरु भेटेको छु । ऊनीहरु आफ्नो कुनै कुरामा विश्वास नभएको बारे अति घमण्डी हुन्छन् । तपाँई जाँच गरेर हेर्नुस्, त्यो कुरा थाहा पाउन अति महत्वपूर्ण छ । आजको विश्वमा अनेकौं विरोधाभासहरु व्याप्त छन् । भौतिकवादी वैज्ञानिकहरु "म विश्वास गर्दिनँ " भनेर घमण्डी गर्दछन् । धार्मिक मानिसहरु भन्दछन् "म विश्वास गर्छु ।" जे सोचे पनि तपाँईले आफ्नो मनको प्रकृतिको विशेषता के हो भनेर थाहा पाउनु पर्दछ । यदि तपाँईले त्यसबारे थाहा पाउनुभएको छैन भने अनुरागको कमिकमजोरीहरुबारे तपाँईले जति कुरा गरे पनि अनुराग भनेको वास्तवमा के हो भन्नेबारे तपाँईलाई थाहा छैन थाहा छैन वा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे तपाँईलाई थाहा छैन । शब्दहरु सजिलो हुन्छन् । वास्तवमा गाह्रो कुरा के छ भने अनुरागको वास्तविक प्रकृतिलाई बुझ्न गाह्रो छ ।
उदाहरणका लागि, जब मानिसहरुले कार र हवाईजहाँज बनाए उनीहरुको भित्री उदेश्य आरामका लागि बढि समय उपलब्ध होस् भन्ने उदेश्यले कामहरु अझ बढी गर्न सक्षम होस् भन्ने थियो । तर त्यसको साटो के भएको छ भने मानिसहरु पहिलेभन्दा झन आरामविहीन भएका छन् । तपाँईको दैनिक जीवनलाई नै हेर्नुस् । अनुरागको कारण आफ्नो मनको वास्तविकतालाई हेर्ने समय र स्थानलाई अस्वीकार गरेर तपाँई स्वयंद्धारा निर्मित ठोस इन्द्रिय संसारमा भावनात्मक रुपले संलग्न हुनहुन्छ । मेरा लागि कठिन जीवनको परिभाषा त्यही नै हो । तपाँईले सन्तुष्टि र आनन्द प्राप्त गर्नुहुन्न । सत्य कुरा के हो भने खुसी र आनन्द बाहिरी घट्नाहरुद्धारा होईन मनभित्रबाट नै उत्पन्न हुन्छ ।
तथापि केहि बौद्धिक, संशयात्मक मानिसहरुले केहि हदसम्म भौतिक वस्तुहरुले सार्थक र आरामदायी जिन्दगी दिन सक्तैन भन्ने बुझेका छन् र वास्तविक सन्तुष्टि दिने अन्य कुनै त्यस्तो चीज वास्तवमै छ कि भनेर खोज्ने प्रयास गर्दैछन् ।
भगवान बुद्धले जब दु:खबारे चर्चा गर्नुभयो, उहाँले रोग र कष्टजस्ता सही दु:खलाई मात्र जनाउनुभएको थिएन तर मनको असन्तुष्ट हुने प्रकृति नै दु:खको कारण हो भन्ने पनि जनाउनुभएको थिएन तर मनको असन्तुष्ट हुने प्रकृति नै दु:खको कारण हो भन्ने जनाउनुभएको थियो । तपाँईले कुनै वस्तु जति पाए पनि त्यसबाट तपाँईको त्यो वस्तु अझ असल र अझ राम्रो गरेर पाउने लालसा कहिल्यै सन्तुष्ट हुँदैन । त्यो निरन्तरको लालसा नै दु:ख हो यसको प्रकृति भावनात्मक रुपले हतास हुनु हो ।
बौद्ध मनोविज्ञानले मानव मनलाई हतास बनाउने र यसको शान्तिलाई खल्बल्याएर त्यसलाई चंचल बनाउने ६ वटा आधारभूत भावनाहरुबारे वर्णन गरेको छ । ती अज्ञानता, अनुराग, क्रोध, घमण्ड, छलयुक्त, भ्रम र मिथ्यादृष्टिहरु हुन् । यी सबै बाहिरी घटनाहरु हुन्, मनोवृति होइनन् । बुद्ध धर्मले सम्पूर्ण दु:खहरुको मूल यी भ्रमहरुलाई पराजित गर्न जोड दिन्छ । तपाँईले तिनीहरुको प्रकृतिलाई बुझ्नु पर्दछ । विश्वास र आस्थाबाट त्यत्ति ठूलो सहायता पाँईदैन ।
यदि तपाँईले आफ्नो मनलाई अन्तरावलोकनको बोध र ज्ञानद्धारा त्यहाँ के छ भनेर जाँचबुझ गर्नुहुन्न भने तपाँईले त्यसलाई कहिल्यै पनि देख्नुहुने छैन । जाँच नगरीकन तपाँईले आफ्नो मन र भावनाहरुबारे जतिसुकै चर्चा गरे पनि तपाँईले तपाँईको आधारभूत भावना अहम्ता हो र तपाँईलाई वेचैन बनाउने त्यही हो भन्ने कुरा वास्तविक रुपले बुझ्नुहुन्न ।
अब, तपाँईले अहमतालाई पराजित गर्नका लागि आफ्नो सारा धन सम्पत्तिलाई त्याग गर्नु पर्दैन । तपाँईको सम्पत्ति तपाँईसँगै राख्नुहोस्, तपाँईको जीवन कष्टमय बनाउने त्यो होइन । तपाँई अनुरागद्धारा आफ्नो भौतिक धन सम्पत्तिमा टाँसिनुभएको छ; त्यसैले तपाँई वेचैन हुनुहुन्छ । अहम् र अनुरागले तपाँईको मनलाई दुषित, अस्पष्ट, अज्ञानी र विचलित तुल्याँउदछ । फलस्वरुप ज्ञानको प्रकाशलाई उत्पन्न हुनबाट बंचित गर्दछ । यस समस्याको समाधान ध्यान हो ।
ध्यानले एउटा कुनामा केहि पनि नगरीकन बसेर एक बिन्दुको एकाग्रतामात्र विकास गर्दैन, ध्यान आलष्य विपरीतको मनको एउटा जागृत अवस्था हो । ध्यान ज्ञान हो । दैनिक जीवनको प्रत्येक पलमा तपाँई आफूले के गरिरहेको छु, किन गरिराखेको छु र कसरी गरिराखेको छु भन्नेबारे जागृत हुनु पर्दछ ।
हामीले प्राय सबै कुरा मनको अचेतन अवस्थामा गर्दर्छौं । हामी अचेतनशील भएर खान्छौं । हामी अचेतनशील भएर पिँउछौँ । हामी अचेतनशील भएर कुरा गर्दछौं । हामीले आफू चेतनशील भएको दावी गरे पनि हामीले हाम्रो मनमा उत्पन्न भईरहेको हण्डरहरुद्धारा हामीले गर्ने सम्पूर्ण कुराहरुलाई प्रभावित पारिरहेको कुराबारे पूर्णतया अचेत हुन्छौं ।
तपाँईहरुले आफैलाई जाँच्नुहोस् । प्रयोगहरु गर्नुहोस् । म निर्णायक भैरहेको छैनँ र तपाँईहरुलाई निचो पारिरहेको छैनँ । बौद्ध धर्मले कार्य गर्ने तरिका यही हो । यसले तपाँईलाई तिनीहरु वास्तविक हुन् कि होइनन् भनेर आफनै अनुभवद्धारा जाँच गर्ने विचार दिन्छ । यो अति व्वहारिक छ । मैले माथि आकाशमा भएको कुनै वस्तुका बारेमा कुरा गरिराखेको छुइनँ । यो वास्तवमा नै अति साधारण कुरा हो ।
यदि तपाँईलाई अनुरागको प्रकृतिको विशेषता र यसको लक्ष्यबारे ज्ञान नै छैन भने तपाँइले आफ्नो मित्रहरु, अविभावक र देशप्रति कसरी करुणा जगाउनुहुन्छ ? बौद्ध दृष्टिकोण अनुसार त्यो असंभव छ । जब तपाँईले आफ्नो अविभावक वा साथीहरुप्रति दु:ख पुर्याउनुहुन्छ, तपाँईको अचेतनशील मनले कार्य गरिरहेको हुन्छ । आफ्नो क्रोधलाई मनभित्रबाट निष्कासन गर्दा क्रोधि व्यक्ति उसको मनभित्र के भैरहेको छ भन्नेबारे पूर्णतया स्मरणविहीन हुन्छ । अचेतनशील हुँदा हामीले अन्य प्राणीहरुलाई हानी पुर्याउँदछौं र उनीहरुलाई सम्मान गर्दैनौं । हामीले हाम्रो व्यवहार र मनोवृतिबारे अचेतनशील भएर मानवता गुमाउँछौं । कुरा त्यत्ति नै हो । कस्तो साधारण छ होईन त ?
आजभोलि मानिसहरु मनोचिकित्सक हुनलाई कलेजमा अध्ययन गरेर तालिम समेत प्राप्त गर्दछन् । भगवान बुद्धको विचारमा सम्पूर्ण मानिसहरु मनोचिकित्सक हुनु पर्दछ । यो निश्चय नै संभव छ । सबै चेतनशील मानव प्राणीहरुको आफ्नो मनलाई बुझ्ने क्षमता छ । जब तपाँईले आफू स्वयंको मनलाई बुझ्नुहुन्छ, प्राकृतिक रुपले त्यसमाथि नियन्त्रण उत्पन्न हुन्छ । मैले भने अनुसार, नियन्त्रण कुनै हिमाली यात्रा वा धन सम्पत्ति नहुने व्यक्तिहरुका लागि त्यो प्राप्त गर्न सजिलो हुनैपर्दछ भनेर नसोँच्नुस् । यो आवश्यक रुपले साँचो नै हुन्छ भन्ने छैन । अर्को पटक जब तपाँई भावनात्मक रुपले खिन्न हुनुहुन्छ आफै जाँच गरेर हेर्नुहोस् । कुनै काममा व्यस्त भएर आफ्नो ध्यान अन्यत्र नलगाएर आराम गर्नुहोस् र आफूले के गर्दैछु भन्नेबारे चेतनशील हुनुहोस् । "म यो किन गर्दैछु ?, म यो कसरी गर्दै छु ?, त्यसको कारण के हो ?" भनेर आफैलाई प्रश्न गर्नुहोस् । तपाँईले यसलाई एउटा आस्चर्यको अनुभव पाउनु हुनेछ । तपाँईको मुख्य समस्या सघनबोध ज्ञान, चेतना वा सावधानीको कमि हो । त्यसकारण बुझाइद्धारा तपाँईको समस्या सजिलै समाधान गर्न सक्नुहुन्छ ।
अरुका लागि करूणा अनुभव गर्नका लागि तपाँईले त्यस वस्तुको प्रकृतिबारे थाहा पाउनुपर्दछ । यदि तपाँइले त्यसबारे थाहा पाउनुभएको छैन भने "म उनीहरुलाई माया गर्दछु" वा "म उहाँलाई माया गर्दछु" भने पनि त्यो अहंकारयुक्त मन हो, जसले तपाँईलाई अहम्ताको अर्को यात्रातर्फ लैजान्छ । 'कसरी र किन' भन्नेबारे आफूलाई राम्ररी थाहा छ भन्नेबारे तपाँई निश्चित हुनुहोस् । तपाँई आफू स्वयंको मनोचिकित्सक बन्नु धेरै हमत्वपूर्ण छ अनि मात्र तपाँई आफ्नो मनको बोधलाई बुझेर त्यसको उपचार गर्न सक्नुहुन्छ । तपाँईले हताष र सन्काहा भएर जीवन त्यसै खेर फाल्नुको बदला त्यससँग आराम गर्न सक्नुहुन्छ र आफ्नो मित्र र धनसम्पत्तिसँग रमाउन सक्नुहुन्छ ।
तपाँईले आफ्नो मनोचिकित्सक आफै बन्नका लागि कुनै त्यस्तो ठूलो दर्शनबारे ज्ञान हाँसिल गर्न आवश्यक छैन । त्यसका लागि तपाँइले गर्नुपर्ने कुरामा प्रत्येक दिन आफ्नो मनलाई जाँचे पुग्छ । तपाँईले प्रत्येक दिन भौतिक वस्तुहरु जाँच्नुहुन्छ । प्रत्येक बिहान तपाँईले आफ्नो भान्छा घरमा खानेकुरा जाँच्नुहुन्छ तर तपाँईले आफ्नो मनलाई कहिल्यै जाँच्नुहुन्न । मनलाई जाँच्न अति नै महत्वपूर्ण छ ।
तथापि धेरै मानिसहरु त्यसको ठीक विपरीतको विश्वास राख्दछन् । तिनीहरुले सामना गर्न परिरहेको सम्पूर्ण समस्याहरुको समाधानलाई खरिद गर्न सकिन्छ भन्ने सोँच्दछन्झैं लाग्दछ । खुसी हुनका लागि शान्त मन लगायत जुनसुकै वस्तुलाई पैसाले किन्न सकिन्छ भन्ने भौतिक मनोवृति प्रत्यक्ष रुपमा गलत छ तर तपाँईले ती शब्दहरु नभने पनि तपाँईले सोचेको कुरा यही हो । यो एउटा पूर्णतया गलत धारणा हो ।
आफूलाई धार्मिक भन्ने मानिसहरुले समेत आफ्नो मनलाई बुझ्नु जरुरी छ । आस्थाले मात्र समस्याहरुको समाधान हुन सक्दैन । बोध ज्ञानलाई बुझ्दा जहिले पनि समस्याहरुको समाधान हुन्छ । बुद्ध स्वयंले भन्नुभए अनुसार बुद्ध स्वयंप्रतिको विश्वास खतरनाक हुन्छ । कुनै कुरामा त्यतिकै विश्वास गर्नुको सट्टा मानिसहरुले आफ्नो मनको वास्तविक प्रकृति पत्ता लगाउन आफ्नो मनलाई प्रयोग गर्नुपर्दछ । ज्ञानमा आधारित आस्था असल हुन्छ । जब तपाँईले महसुस गर्नुहुन्छ वा बौद्धिक रुपले कुनै कुराबारे स्पष्ट हुनुहुन्छ भने आस्था स्वयं उत्पन्न हुन्छ तर तपाँईको आस्था गलत धारणामा आधारित छ भने त्यसलाई अरुले भनेको कुराहरुद्धारा सजिलै नष्ट हुन सक्दछ ।
दुर्भाग्यबस, उनीहरुले आफू स्वयंलाई धार्मिक सम्झे पनि आध्यात्मिक रुपले लागेका मानिसहरु पनि कमजोर छन् । किन ? किनभने तिनीहरु आफ्नो मनको वास्तविक प्रकृति बुझ्दैनन् । यदि तपाँईले आफ्नो मन के हो र यसले कसरी कार्य गर्दछ भन्नेबारे वास्तविक रुपले थाहा पाउनुहुन्छ भने तपाँईले तपाँई आफू स्वस्थ्य हुनलाई जेले रोकेको छ, त्यो मनको उर्जा हो भन्ने कुरालाई बुझ्नुहुन्छ । जब तपाँईले संसारबारे आफ्नो मनको दृष्टिकोण वा सोचाँईबारे बुझ्नुहुन्छ, तपाँईले यो कुरा महसुस गर्नुहुनेछ कि इन्द्रिय संसारमा तपाँई निरन्तर रुपले जाकिदै गरेको मात्र होइन कि तपाँई जे कुराको चंगुलमा तपाँईले देख्नुहुनेछ कि तपाँई अस्तित्वविहीन भविष्यमा के हुन गइरहेको छ भनी तपाँई अधिक चासो लिने गर्नुहुन्छ र तपाँई केवल प्रक्षेपणका लागि मात्र जिउँनुहुँदैछ भन्ने अहिलेको क्षणबारे पूर्णरुपले अचेतनशील हुनुहुन्छ । वर्तमानमा अचेतन र भविष्यको चंगुलमा निरन्तर जकडिएको मन अस्वस्थ्य मन हो भन्ने कुरामा सहमत हुनुहुन्छ ?
दैनिक जीवनमा तपाँई चेतनशील हुनु अति महत्वपूर्ण छ । चेतनशील ज्ञान र बोधको प्रकृति शान्ति र आनन्द हो । तपाँईले भविष्यमा देखापर्ने आनन्दको चंगुलमा जडकिन आवश्यक छैन । जति सक्नुहुन्छ तपाँईले उचित बोध र उचित कार्यको पथ आफ्नो क्षमताले भ्याएसम्म अनुशरण गर्नुभयो भने त्यसको परिणाम तुरुन्तै त्यसका कार्यहरुसँग एकसाथ देखा पर्दछ । तपाँईले "यदि मैले मेरो जीवन असल कार्य गरेर बिताएँ भने सायद अर्को जीवनमा असल परिणाम प्राप्त गर्नेछु" भन्ने सोँच्न पर्ने छैन । तपाँईले भावी उपलब्धी र भावी साक्षात्काहरुबारे मनमा पिर लिनु पर्दैन । तपाँई आफूले सक्दो रुपले वर्तमानमा बोध ज्ञानद्धारा कार्य गर्नु भयो भने दीगो शान्ति तुरुन्तै प्राप्त गर्नुहुनेछ । |