Message Board
Posted By : Parang Goley.
- Many Many Happy Loshar to each n every one....
Posted By : Ashok lama.
- Lhochhar-2848 pawan awasar sampurna sodesh tatha bideshma rahenubhayeka sampurna tamang didibahini tatha daju bhaiharuko sukha, santi, dirgau yebam y...
Posted By : Er. Prem Lama.
- Hamro sanskriti jogaounu hamro kartabya ho, Locchar 2848 ko sabbai lai SUBHAKAMANA...
Posted By : rajendra lama tamang ngesur.
- hami tamang haruko mahan chad lhochharko aam tamang samudayama hardik shubhakamana byakta gardachhu /.........
Posted By : LAXMAN LAMA TAMANG.
- ༄༅ །། བསོད་ནམས་ ལོཚར་ (འབྲུག་ལོ་) ༢༨༤༨ ལ་ ཛྱབ་ཌན་བ་ །། &qu...
Posted By : Anita Lama.
- मिस तामाङ २०११ को ताज बचाउन अपिल सम्पुर्ण न्याय प्रेमी ...
Posted By : amir tamang.
- lhaso jamadan lasso fyafulla, & lhochhar 2848, डुक ल्होछार ल हादिर्क शुभकामना,,,।...
Ads
Entertainment
tamang samaj
पछिल्लो वर्षहरुमा ल्होछारका लागि कलाकारहरु विदेशिने क्रम बढेको छ । प्रवासमा स्थापित दर्जनौं तामाङ संघ संस्थाहरुले अतिथि कलाकारको रुपमा नेपालबाट कलाकार लैजाने परम्परा सुरु गरेपछि तामाङ कलाकारहरुका लागि वर्षमा एक पटक भए पनि विदेश यात्राको ढोका खुलेको देखिन्छ ।
Ads
Jana Aawaj
नयाँ संविधानमा ताम्सालिङ प्रदेश सुनिश्चित गर्न तामाङ नेतृत्वकर्ताहरुको भूमिका कस्तो हुनुपर्ला ?
Notice Board
Replace your add here...
Bal Bahadur Tamang प्रक्रियागत ढङ्गबाट गएकालाई मात्र वैदेशिक रोजगार मान्नुपर्छ - Bal Bahadur Tamang
Posted On: 2012-01-07 03:43:32
तामाङ समुदाय आर्थिक, राजनीतिक, शैक्षिक हरेक क्षेत्रबाट अगाडि आउनुपर्छ । व्यवसायिक क्षेत्रमा लाग्दा तत्काल कमाई हाल्ने भन्दा पनि दिगोपन बुझेर लगानी गर्न अनुरोध गर्दछु । कुनै पनि क्षेत्रमा लगानी गर्दा ५ वर्षवा दश वर्षछिको अवस्थाको मुल्याङ्कन गर्न जरूरी हुन्छ । त्यस्तै राजनीतिक पार्टीको कार्यकर्ता मात्र नभएर बौद्धिक राजनीति गर्न आवश्यक छ ।...
पृथ्वीसुब्बा गुरुङ ६ प्रदेश बनाउन खोजिँदै छ - पृथ्वीसुब्बा गुरुङ
Posted On: 2011-11-20 12:24:10
हाम्रो विज्ञ समूह बनाउने कुरामा आपत्ति थिएन । तर विज्ञ समूह बनाउने सवालमा नेपाल सरकारबाट जुन ढंगको संविधान संशोधन प्रस्ताव आयो, त्यो चाहिं संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको हैसियतभन्दा माथि हुने भयो । किनभने त्यो संविधानको एउटा धारामै उल्लेख भएर संवैधानिक मान्यता प्राप्त भएर आउने भएकाले त्यसको प्रतिवेदनले संविधानसभाको राज्य पुनसर्ंरचना समितको प्रतिवेदन, सिद्दान्त र मान्यतालाई ओझेलमा पार्न सक्थ्यो । त्यसैले विरोध गरेको हो ।...
Surya P. Lama तामाङलाई ह्योल्मो बनाउने अभियान चुनौतीको रुपमा आएको छ - Surya P. Lama
Posted On: 2011-10-03 21:36:50
हृयोल्मो क्षेत्रका तामाङहरू अहिले आफूलाई हृयोल्मो भनेर आईरहेका छन् । उनीहरूले हामी तामाङ होईनौँ भनिरहेका छन् । पहिलेदेखिनै आफूलाई शेर्पा भन्नेहरू पनि थिए । त्यहाँ दुईतर्फी विहेबारी चल्दै आएको छ । उनीहरूको घरमा ५० प्रतिशत तामाङ चेलीहरू नै पुगेका छन् । उनीहरूको चेलीबेटी पनि तामाङको घरमा आएका छन् । अहिले चाहिँ उनीहरू तामाङ भन्ने जात नै छैन, तामाङ भनेकै हृयोल्मो हो भनेर सोझा तामाङहरूलाई हृयोल्मो बनाउने सशक्त अभियान चलाईरहेका छन् । हिजोसम्म तामाङ लेख्ने मान्छेहरू पनि आज हृयोल्मो लेख्ने भईसके । यो निकै चुनौतीको रूपमा आएको छ ।...
Amber Tamang विना शर्तको सहयोग मात्र लिन्छौँ - Amber Tamang
Posted On: 2011-09-25 16:03:28
यो संस्था स्थापना हुनु भन्दा अगाडि हामी दुर्गम क्षेत्रबाट आएका तामाङहरूलाई धेरै समस्या हुन्थ्यो । हाम्रो बौद्ध परम्परा अनुसार मृत्युपछि फो र घेवा गर्नु पर्ने हुन्छ । तर हामीले लामा राखेर संस्कार गर्ने ठाउँ सम्म नपाउने दुःखद अवस्था थियो । हाम्रो धार्मिक संस्कार अनुसार मरेपछि सम्पूर्ण कार्य गर्न लामा नपाउने, लास राख्ने ठाउँ नपाउने भएकोले सिधै आर्र्युघाटमा लगेर जलाउनु पर्ने बाध्यता थियो । यसलाई व्यवस्थित गर्नका लागि नै यो संस्था स्थापना भएको हो ।...
Ram Babu Yonjan नेपाली गीत सङ्गीतमा स्थापित हुने प्रयासमा रामबाबु - Ram Babu Yonjan
Posted On: 2011-08-14 14:43:10
तामाङ गीत सङ्गीत मेरो साङ्गीतिक जग हो । भोली गएर रामबाबु योञ्जन नेपालकै स्थापित गायक हुन सक्ला वा नसक्ला । अहिले त्यो आफ्नो ठाउँमा छ । तर मैले तामाङ गीत सङ्गीतलाई कहिल्यै बिर्सनु हुँदैन । तामाङबाट स्ट्रगल गरेर पो मलाई यो नेपालीमा पाइला टेक्न जोस र जाँगर आएको हो । त्यसैले मैले नेपाली गीत सङ्गीतमा हात हालेता पनि वर्षा एउटा मात्र किन नहोस् ।...
Chandra Kumar Dong तामाङ जातिको सहि तथ्याङ्कका लागि जनजारण अभियान - Chandra Kumar Dong
Posted On: 2011-05-24 17:56:38
हामी एकात्मक राज्यको उत्पीडनमा परेको जाति तामाङ । जसको वास्तविक जनसङ्ख्या विगतका राष्ट्रिय जनगणनाले सत्य तथ्य निकाल्न सकेन । सरोकारवाला संघसंस्थाहरुले यस विषयलाई ग्रामिण तहसम्म गएर बुझाउन नसके पछि नेपाल तामाङ कलाकार संघले यो विषयमा सोँच्न बाध्य भयो । जिल्ला जिल्लामा साँस्कृतिक वृहत कार्यक्रम गरि तामाङ जातिलाइ तामाङ लेखाउन उत्साहित र प्रोत्साहन गर्ने कुरामा कलाकार संघमा आवद्ध सबै कलाकारहरू एकमत भयौं । असारको ३ गते देखि १३ गते सम्म हुने राष्ट्रिय जनगणनामा सबै तामाङ जातिले आफ्नो थर र जातिमा 'तामाङ' लेखाइ सत्य तथ्य तामाङको जनसङ्ख्या निकाल्न जागरूक गराउने अभियानको उदेश्य हो ।...
Kman Sing Lama ताम्सालिङ र नेवा प्रदेश भनेको यो देशको मुटु हो - Kman Sing Lama
Posted On: 2011-04-15 06:48:42
बन्दको कार्यक्रम स्थगित भएको छैन, मिति पर सारिएको मात्र हो । ताम्सालिङको मात्र बन्द थियो, अब नेवाः र ताम्सालिङ मिलेर बन्द गर्ने भयौं । तामाङ र ताम्सालिङले मात्र गर्ने बन्द भन्दा दुर्इवटा प्रदेशका सरोकारवालाहरू, अधिकारकर्मीहरू र त्यहाँका जनताहरूको बन्द बढी सशक्त र बढी फलदायी हुने भएकोले हामीले नेवाः संयुक्त संघर्ष समितिको आग्राहलाई स्वीकार गर्दै चैत ३० गतेको बन्दलाई परिवर्तन गर्यौँी । चैत ३० गते ताम्सालिङका सबै जिल्लामा संयुक्त आमसभा गर्ने, वैशाख १३ गते ताम्सालिङ नेवाः दुबैमा मशालजुलुस र वैशाख १४ गते संयुक्त बन्दको कार्यक्रम छ ।...
Suryaman Dong ताम्सालिङका लागि राजनीतिक बहस र छलफल जारी - Suryaman Dong
Posted On: 2011-01-05 08:29:54
तामाङहरूले आफ्नो अधिकारको सही किसिमले प्रयोग गर्दा भोलिका दिनमा ब्राहृमणवादी, सामन्त, दलाल, तस्कर, भ्रष्ट र वेइमानीहरू सत्ताविहीन हुनु पर्नेछ भन्ने डर तिनीहरूमा रहेको छ । त्यसैले तामाङहरू सक्षम छैनन् । सत्ता सञ्चालन गर्न सक्ने क्षमता, हैसियत र शैक्षिक योग्यता छैन भन्दै अल्मलाएर तामाङहरूलाई फेरी पनि सत्ताविहीन गर्राई राजनीतिक अधिकारबाट अलग राख्ने गुरूयोजना मुताविक ब्राहृमणवादीहरूले चलाएको हल्ला मात्र हो ।...
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM