|
Views: 152 - Posted On: 2012-01-30 17:56:29 |
कुवेत । कुवेतमा २८४८ औं सोनाम ल्होछार भब्यताका साथ मनाइयो । नेपाल तामाङ घेदुङ कुवेतद्धारा मालियास्थित होटल एशिया-एशियामा २७ जनवरी २०१२ का दिन आयोजित ल्होछार कार्यक्रमको प्रमुख आकर्षण गायक राजु लामा रहेका थिए ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाइने ल्होछारमा ह्योइ (बिरालो) वर्गको बिदाई र डुक (गडुल) वर्गको स्वागत गरियो । मञ्जुश्री पात्रो अनुसार यसवर्ष २८४८ औं डुक ल्होछार मनाइएको हो । ...
|
| |
|
Views: 129 - Posted On: 2012-01-30 16:27:35 |
कतारमा गठन भएको नेपाल प्रवासी तामाङ समाजले एक करोडको लगानीमा सुपर मार्केट सञ्चालन गर्ने भएको छ । नेपाल प्रवासी तामाङ समाजको विशेष अभियानमा कतारमा रहेका ५० जना तामाङहरुबाट १ करोडको लगानीमा काठमाडौं महानगरपालिका, रामहिटी वडा नं.-६, बौद्धमा छिमेकी मार्ट यहि फेब्रुअरीको १ तारिखबाट सञ्चालनमा आउने कुरा नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष तथा छिमेकी मार्टका सञ्चालक समितिका अध्यक्ष शंखलाल तामाङले बताए । ...
|
| |
|
Views: 38 - Posted On: 2012-01-30 04:38:39 |
१५ माघ, भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय स्थल नगरकोटमा २८४८ औँ डुक ल्होछारको अवसरमा दोस्रो ‘नगरकोट नाल्दुम उत्सव आयोजना हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले आइतवार नगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आउदो मंगलवार उत्सवको आयोजना गरिएको जानकारी दिएको छ । ...
|
| |
|
Views: 75 - Posted On: 2012-01-30 04:03:08 |
सुनसरी जिल्ला सिङ्गिया गाविस वडा नं ७ की २६ वषिर्या मनमाया तामाङको दुवै मृगौला खराव भएकोले निकै कष्टकर पर्ूण्ा जिवन विताउँदै आएकी छन् । मृगौला प्रत्यारोपन गर्न आर्थिक समस्या परेकोले प्रवासमा रहेका सम्पर्ूण्ा नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेकी छन् ।
आर्थिक अभावका कारण मृगौला प्रत्यारोपन गर्न नसकेर हप्ताको दर्ुइपटक डायलिस गर्दै आइरहेकी पिडीत मनमाया तामाङले फोन सम्वादमा भनिन् 'हप्तामा दर्ुइपटक डायलिस गराउँदै आएकी छु । एउटा मात्र मृगौला प्रत्यारोपन गर्न ५ देखि ६ लाख सम्म पर्छ त्यतिका धेरै आर्थिक जुटाउन गाह्रो भएकोले प्रवासमा कार्यरत दयालु नेपाली दाजुभाई तथा दिदीवहिनी सामु आर्थिक सहयोगको लागि अनुरोध गरेकी हुँ । ...
|
| |
|
Views: 93 - Posted On: 2012-01-30 02:22:12 |
२८४८औँ सोनाम ल्होछार (डुग) ओमानमा पनि भव्यताको साथ सम्पन्न भएको छ । मस्कटको रुवी स्थित ग्रीन हाउस रेष्टुरेन्टमा पहिलो पटक सोनाम ल्होछार मनाईएको हो । तामाङ सभ्यता, संस्कृति र जातिय पहिचानलाई लाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्येश्यको साथ सोनाम ल्होछार मनाईएको कार्यक्रमका संयोजक ओम्कार स्यांगतान्ले बताए । उक्त कार्यक्रममा ओमानमा भएका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो । ...
|
| |
|
Views: 126 - Posted On: 2012-01-28 12:37:24 |
२८४८औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ष) हङकङमा रहेका तामाङहरूले नयाँ वर्षको शुभ कामना आदान प्रदान गरि उल्लासमय तरिकाले मनाएका छन् ।
हङकङ तामाङ घेदुङ संघको आयोजनामा मंकि हिलमा सम्पन्न उक्त ल्होछार कार्यक्रमको शुभारम्भ डम्फुरेहरूको समुहले साङ्ला ह्वाई (डम्फु नाच) गरि कार्यक्रमको उद्दघाटन गरिनुको साथै खम्पो गुरू कर्मा मोक्तानको नेतृत्वमा ४ सदसिय लामा गुरूहरूको समुहले बिधिवत पाठपूजा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, बिशेष अतिथिहरु एनआरएन हङकङका उपाध्यक्ष शत्रुधन ...
|
| |
|
Views: 93 - Posted On: 2012-01-27 20:46:53 |
प्रवासी तामाङ एकता समाज मलेशियाद्धारा आयोजित २८४८ औँ डुक ल्होछार तथा शुभकामाना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मलेशियाको क्वलालम्पुरस्थित ग्रीन होप रहेको भवन चौथो तल्लाको सभाहलमा जनवरी २३ का दिन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन ताम्सालिङ नेपाल राष्ट्रिय दलका केन्द्रिय माहसचिब टेकबहादुर तामाङले गरेका थिए । मन्तव्यका क्रममा महासचिव तामाङले नेपालको समसामयिक राजनीतिक परिवेश र ताम्सालिङ आन्दोलनको विषयमा प्रष्ट पारेका थिए । ...
|
| |
|
Views: 93 - Posted On: 2012-01-27 10:42:10 |
मानेभञ्ज्याङ ८ का ८८ वर्षीय ठोकबहादुर तामाङ परिवारले दस पाथी कोदोको समयमा सावाँव्याज बुझाउन नसक्दा जग्गाजमिन लिलाम भएको छ ।
मानेभञ्ज्याङ-७ का रामबहादुर खत्रीले २२ वर्षअघि तामाङ परिवारलाई दिएको दस पाथी कोदोको सावाँव्याज तिर्न नसकेपछि खेत र घरबारी लिलाम गरेका हुन् । उनीहरु आफ्नो घरबारी र खेत लिलाम भएको थाहा पाएपछि अत्तालिएका छन् । ऋण बुझाएर खेत उकास्न खोज्दा साहुले बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । साहुले चलअचल सम्पतिबाट ऋण असुली गर्न जिल्ला अदालतमा मुद्दा दिएर फैसला भएको निरक्षर र दृष्टिबिहीन तामाङ परिवारले पत्तै पाएन । ...
|
| |
|
Views: 98 - Posted On: 2012-01-24 17:18:28 |
बारा, माघ १० - तामाङहरुको महान् चाड २८४८ औं सोनाम (डुक) ल्होछार मंगलबार सिमरामा विविध कार्यक्रम गरी मनाइएको छ ।
मूल समारोह समिति सिमराको आयोजनामा सिमरामा विविध सांस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइएको हो ।
समारोह समितिका संयोजक सन्चबहादुर दोङ्गको संयोजकत्वमा नयाँ वर्षको रुपमा यो पर्व मनाइएको हो । ...
|
| |
|
Views: 242 - Posted On: 2012-01-21 13:17:42 |
राष्ट्रव्यापी मनाऔँ ल्होछार पर्व , नेपाल भनी गरौँ गर्व भन्ने नाराको साथ आयोजित २८४८ औँ सोनाम डुक ल्होछार कार्यक्रम गत जनवरी २० मा दोहाको गल्फ प्याराडाईज होटलमा सम्पन्न भएको छ ।
नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथीको आतिथ्य कतारका लागि नेपाली राजदुत महामहिम राजदुत डा. सुर्यनाथ मिश्रले गरेका थिए । ...
|
| |
|
Views: 106 - Posted On: 2012-01-20 10:10:09 |
काठमाडौ, माघ ६ - प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई डुक ल्होछार २८४८ वृहत् मूल संयोजन समितिले आफ्ना चारवटा माग पूरा गर्न आग्रह गर्दै आज प्रधानमन्त्री समक्ष उहाँकै कार्यकक्ष सिंहदरबारमा ज्ञापनपत्र बुझाएको छ ।
ती मागहरुमा रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट प्रसारण भइराखेको तामाङ भाषाको कार्यक्रमलाई केन्द्रीय प्रसारणबाट प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने, तामाङ संवत्लाई राष्ट्रिय मान्यता दिइनुपर्ने, राष्ट्रिय सांस्कृतिक नीति बनाइनुपर्ने र विसं २०६६ चैत ताम्सालिङ सङ्घर्ष समिति र सरकारबीच भएको १९ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने रहेका छन् । ...
|
| |
|
Views: 133 - Posted On: 2012-01-20 01:28:08 |
सिरहा, माघ ५ गते । धनगढी मुसहर्नियाका तामाङ्हरुले विगतका वर्षरु झै यस वर्षपनि '२८४८ औं सोनाम डुक ल्होछार' यहि माघ १० गते विविध कार्यक्रमहरु गरी भब्यरुपमा मनाउने भएको छ । ल्होछार मूल आयोजक समितिका अध्यक्ष पूर्ण योञ्जनका अनुसार तीन दिन ल्होछार मनाउने निर्णय गरेको छ । योञ्जनले ९, १० र ११ गते घर आँगन, वाटोघाटो, धारा पधेरो सरसफाई, अग्रजबाट आशिर्वाद लिने, बालिनाली राम्रोहोस भनी टुसाँएका विउहरु राखी पूजा गर्ने, शुभकामना आदान प्रदान गर्ने, साँझमा दिपाली गर्ने, इस्टमित्र भेटघाट गर्ने, गुम्वामा पूजा गर्ने, घर तथा गुम्वाहरुमा दर्ज्र्यू फेर्ने लगाएत कार्यक्रम रहेको जानकारी दिनुभयो । ...
|
| |
|
Views: 361 - Posted On: 2012-01-16 18:18:02 |
जनवरी १७, न्युयोर्क । विगत वर्षमा जस्तै तामाङ सोसाईटी अफ अमेरिकाले भब्य रुपमा तामाङहरुको "महान सास्कृतिक पर्ब" ल्होछार (ढुक ल्हो ) मनाउने भएको छ । यही जनवरी २८ का दिन Centro Epanol Hall मा हुने कार्यक्रम दिनको ११ बजेबाट राती १२ बजेसम्म हुने जानकारी दिइएको छ ।
विभिन्न कार्यक्रमका साथ अमेरिका भरी छरिएर बसेका तामाङहरुलाई एकै ठाउँमा जम्मा गरेर मनाउन लागेको ल्होछार पर्व विगतको भन्दा अझ परिमार्जित र व्यवस्थित हुने तामाङ सोसाईटी अफ अमेरिकाका ल्होछार (ढुक ल्हो ) तयारी समितिका संयोजकद्धय सुर्यबहादुर तामाङ र रामबहादुर तामाङले जानकारी गराएका छन् । ...
|
| |
|
Views: 390 - Posted On: 2012-01-15 16:49:06 |
"ल्होछार पर्व" अन्तर्राष्ट्रिय रुपमा "माघ शुक्लपक्ष प्रतिपदा" (चन्द्रमाघ महिना) को पहिलो दिन पर्दछ । तर मनाउने तरिका देशै पिच्छे र समुदायको सांस्कृतिक परम्परा अनुसार केहि भिन्न पाइन्छन् । आधारभूत रुपमा मनाउने विधिमा भने एक रुपता नै पाइन्छ । यस्तो भिन्नता भूगोल, वस्तु-उत्पादन र उपलब्धता, त्यो देशको बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले पनि भएका छन् । तापनि "ल्होछार" मान्ने पद्धतिलाई समग्रमा तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ । ...
|
| |
|
Views: 214 - Posted On: 2012-01-15 16:02:25 |
यतिखेर ल्होछारको लहर देश विदेशमा रहेका तामाङहरुमा छाएको छ । विभिन्न कार्यक्रम गरेर डुक ल्होछारलाई स्वागत गर्ने तयारी प्रवासमा रहेका करीब एक दर्जन सङ्घसंस्थाहरुले गरिरहेका छन् । सामाजिक सञ्जालदेखि विभिन्न अनलाईन मिडियाहरु ल्होछारमय बन्दै गएको देखिन्छन् । यसले ल्होछारको व्यापकता बढाउँदै जानुका साथै ल्होछार प्रति अन्य समुदायको ध्यान केन्द्रीत गराउन समेत सहयोग पुगेको छ । ...
|
| |