|
Views: 102 - Posted On: 2012-01-30 02:28:38 |
सिरहा । नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखी थारुले आगामी जेठ १४ गते संविधान जारी नभए मुलुक व्रि्रोहमा जाने र त्यसको नेतृत्व आदिवासी जनजाति महासङ्घले गर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ सिरहाद्वारा माघ १६ गते बिहान लहानमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लेखीले जेठ १४ गतेभित्रै आदिवासी जनजातिहरुको अधिकार सुनिश्चिततासहितको संविधान जारी नभए व्रि्रोहमा जाने चेतावनी दिएका हुन् । ...
|
| |
|
Views: 94 - Posted On: 2012-01-27 20:20:36 |
हामी आदिवासी जनजातिहरुमा अन्तरनिहित, अहरणीय, जन्मसिद्ध, अभिभाज्य र सार्वभौम मानव अधिकारको प्रयोग गर्दै;
संयुक्त राष्ट्र संघको बडापत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध, सवै प्रकारका जातीय विभेद उन्मूलन गर्ने महासन्धी, उपनिवेशमा परेका जनता तथा राज्यहरुको स्वतन्त्रता सम्बन्धी घोषणापत्र, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं १६९ लगायतका अन्तराष्ट्रिय कानून ...
|
| |
|
Views: 73 - Posted On: 2012-01-21 12:23:29 |
इटहरी, ७ माघ । नयाँ संविधानमा ‘आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास’ सम्बन्धमा धरानमा आयोजना गरिएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन १० बुँदे घोषणापत्र जारी गरी आज सम्पन्न भएको छ ।
सम्मेलनले संयुक्तराष्ट्र सङ्घको बडापत्र, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई संविधानमा सुनिश्चित गर्दा मात्रै आदिवासी जनजातिको अधिकार रक्षा हुने निक्र्यौल निकालेको छ । ...
|
| |
|
Views: 89 - Posted On: 2012-01-20 01:26:53 |
सिरहा, माघ ५ गते । नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषदका केन्द्रिय महासचिव आङकाजी शेर्पाले आदिवासी जनजातीहरुलाई अधिकारविहिन वनाउने संविधान जारी गरे त्यसलाई जलाउने चेतावनी दिए ।
नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद सिरहाद्वारा लहानको पडरियामा माघ ५ गते आयोजित अर्न्तकृयात्मक कार्यक्रममा बोल्दै महासचिव शेर्पाले तीन प्रमुखदलहरु जनजातीको अधिकार सुनिश्चित नगर्ने सवालमा एकजुट भएको समेत दावी गरे । ...
|
| |
|
Views: 100 - Posted On: 2012-01-09 12:58:13 |
काठमाडौं, पुस २५ - नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक 'मातृभाषा कविता महोत्सव' को तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस फागुन ९ (फेब्रअरी २१) को अवसरमा महोत्सव मनाउने निर्णय भएको मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ सुलोचना मानन्धरले जनाएकी छन् । 'प्रतिष्ठानले मातृभाषा कविता महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ', भव्य रुपमा तयारी भइरहेको जनाउँदै उनले भनिन्, 'दुईदिवसीय कविता महोत्सव राष्ट्रव्यापी हुनेछ । ...
|
| |
|
Views: 117 - Posted On: 2012-01-09 12:56:04 |
खाँदबारी, पुस २५ - बुद्ध धर्मालम्बी भिक्षुणीलाई सामूहिक बलात्कार गर्ने ५ जनालाई जिल्ला अदालत चैनपुर संखुवासभाले १२ वर्ष कैद सुनाएको छ । जिल्ला न्यायाधीश शालिग्राम कोइरालाको बन्द इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सोमबार सजाए सुनाएको हो । सामूहिक बलात्कार गर्ने मध्ये राजकुमार लिम्बू, भुवन कोरङगी, सोभित मगर र अभिषेख मगरलाई १२/१२ वर्षको सजाए भएको छ भने जबरजस्ती उद्योग गरेको आरोपमा उनीहरूका साथी द्रोणबहादुर राईलाई ६ वर्षको कैदको फैसला सुनाइएको छ । ...
|
| |
|
Views: 96 - Posted On: 2012-01-02 06:27:40 |
जनवरी २, दोहा / कतारका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका पदाधिकारीहरुले एनेकपा माओवादीका नेता स्थायी कमीटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन संग डिसेम्बर ३१ का दिन दोहा स्थित हिमालय रेष्टुरेण्टको सभाहलमा भेटघाट गरे । नेता शेरचन नेपाल जनप्रगतिशिल मञ्च कतारको दोश्रो महाधिबेशनको लागि कतार आउनु भएको थियो । उहाँको साथमा एनेकपा माओवादीका विदेश विभाग सचिव मनोज जंग थापाको पनि उपस्थिती रहेको थियो । ...
|
| |
|
Views: 104 - Posted On: 2011-12-29 21:59:16 |
धुलिखेल/नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको संयुक्त आयोजनामा मध्यमाञ्चल स्तरीय मातृभाषा सङ्गोष्ठी सम्पन्न भएको छ ।
नेपालमा रहेका विभिन्न मातृभाषाहरूलाई विद्यालयको पठन-पाठन कार्यमा कार्यान्वयन गराउनेे विषयमा गोष्ठीमा छलफल भएको थियो । ...
|
| |
|
Views: 108 - Posted On: 2011-12-27 20:01:56 |
प्रकाश योञ्जन तामाङ /
सिरहा । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिरहाले पुस ७ गते जिल्लाका बीस गा.वि.स.का सचिवहरुलाई बजेट विनियोजनको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रको बोधार्थ जिल्ला विकास समिति सिरहा, जिल्ला प्रशासन कार्यालय सिरहा र गा.वि.स. स्तरीय राजनीतिक दलहरुलाई बुझाएको परिषदका जिल्ला अध्यक्ष डेनोक मोक्तानले जानकारी दिनुभयो । ...
|
| |
|
Views: 121 - Posted On: 2011-12-26 06:30:36 |
काठमाडौं – राजधानीमा पौष ११ गते एक कार्यक्रमका बीच द एथ्निक अनलाईन रेडियोको उद्घाटन संगै द एथ्निक भ्वाइस पत्रिका विमोचन गरिएको छ । डा . कृष्ण भट्टचनले अनलाईन रेडियोको उद्घाटन र पत्रिकाको विमोचन गरेका हुन् । ...
|
| |
|
Views: 134 - Posted On: 2011-12-21 18:51:19 |
पाल्पा, पुस ६- नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले नेपाली सेनामा तीन हजार मधेसी भर्ना गर्ने सरकारको निर्णय मान्य नहुने बताएका छन्। उनले तराईको नाममा मधेसवादी दलले सधैं अन्याय गरेको बताउँदै सेनामा भर्ना प्रक्रिया नथाल्न सरकारलाई चेतावनी दिएका छन्।
पाल्पामा बुधबार बिहान आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज) पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जहानिया राणा शासनकालदेखि मधेसीहरुको राज्यका अङ्गमा प्रर्याप्त प्रतिनिधित्व रहेको तर तराईका बहुसङ्ख्यक अन्य आदिवासी उपेक्षित रहेको तर्क गर्दै मधेसी मात्रलाई सेनामा भर्ना गर्ने निर्णय राष्ट्रघाती र समग्र तराई विरोधी निर्णय भएको बताए। ...
|
| |
|
Views: 167 - Posted On: 2011-12-21 01:58:16 |
पौष-५, गोरु काटेको आरोपमा खोटाङका चार व्यक्तिलाई पक्राउ गरीप्रहरी हिरासतमा राखिएको प्रति आदिवासी जनजातीहरुले सवत्र बिरोध गरिरहेका छन् । उनीहरुलेगत पौष १ गते गोरु काट्दै गरेका अवस्थामा पक्राउ परेका आदिवासी जनजाती समुदायहरुलाईलामो समयसम्म प्रहरी हिरासतमा राखिएको प्रति आपत्ती जनाउँदै बिरोध गरिरहेको हो । ...
|
| |
|
Views: 242 - Posted On: 2011-12-13 08:34:06 |
काठमाडौ, मंसिर २७ - राज्य पुनर्संरचना आयोगमा प्रतिनिधित्वको माग गर्दै तीन दिनदेखि पूर्वका नौ जिल्ला बन्द गरिरहेको संघीय लिम्बुवान राज्य परिषद्को आन्दोलनमा अन्य जातीय संगठनले पनि एक्यबद्धता जनाएका छन् ।
मंगलबार पत्रकार सम्मेलनको गरी एक्यबद्धता जनाउनेमा ईन्द्रहाङ खम्बु नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, डिके बुद्धिष्ट तामाङ नेतृत्वको तामाङसालिङ स्वायत्त राज्य परिषद, विष्णु तुम्बाहाम्फे राई नेतृत्वको संघीय महिला मन्च, ...
|
| |
|
Views: 165 - Posted On: 2011-12-10 09:06:34 |
२४ मंसिर, काठमाडौं । समाजशास्त्री एवं जातीय राज्यको वकालत गर्दै आएका डा. ओम गुरुङले अब बन्ने अधिकांश राज्य पहिचानकै आधारमा हुनु पर्ने बताउनु भएको छ ।
संविधानसभाको राज्य पुनः संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले तय गरेको राज्य पुनःसंरचनाको आधार ‘पहिचान र ‘सामथ्र्य’ सही भएको भन्दै उहाँले १४ प्रदेश निर्माणको प्रस्तावमा भने केही प्राविधिक त्रुटी रहेको बताउनु भयो । ‘त्यसमा धेरै प्राविधक त्रुटीहरु छन् । ...
|
| |
|
Views: 143 - Posted On: 2011-12-04 22:27:11 |
नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषद सचिवालयका महासचिव आङकाजी शेर्पाले आदिबासी जनजातिलाई स्रोत र साधनमाथिको पहुँचको लागि प्रमुख तीन दलको सर्बदलीय संयन्त्र नै घातक भएको बताउनु भएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ सिन्धुलीद्वारा आज सिन्धुलीमाढीमा आयोजित 'आदिबासी जनजातिको नैसर्गिक अधिकार र स्रोत साधनमाथिको पहुँच' बिषयक प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै महासचिव शेर्पाले यस्तो बताउनु भएको हो । ...
|
| |