|
Views: 74 - Posted On: 2012-01-27 20:27:44 |
नेपाली आधुनिक गीत तथा गजलहरु समेटिएको गिति एल्बम "सम्बन्ध" को बिमोचन यही शुक्रबार (जनवरी २०) दोहाको गल्फ प्याराडाइस होटलमा भएको छ । नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित २८४८ औ सोनाम ल्होछार कार्यक्रममा प्रमुख अतिथी कतारका लागि नेपाली राजदुत महामहिम डा. सुर्यनाथ मिश्रबाट यस एल्बमको बिमोचन गरिएको हो । ...
|
| |
|
Views: 286 - Posted On: 2012-01-20 01:38:12 |
पछिल्लो वर्षहरुमा ल्होछारका लागि कलाकारहरु विदेशिने क्रम बढेको छ । प्रवासमा स्थापित दर्जनौं तामाङ संघ संस्थाहरुले अतिथि कलाकारको रुपमा नेपालबाट कलाकार लैजाने परम्परा सुरु गरेपछि तामाङ कलाकारहरुका लागि वर्षमा एक पटक भए पनि विदेश यात्राको ढोका खुलेको देखिन्छ । ...
|
| |
|
Views: 747 - Posted On: 2012-01-08 13:18:21 |
पुस २४, काठमाडौं । नेपाल टेलिभिजनले सन्चालन गरिरहेको डान्स रियालिटी सो 'छमछमी-२' को उपाधि झापाका साजन तामाङले जितेका छन् ।
आज भएको ग्राण्ड फाइनलेमा छानिएका अन्तिम पाँच जना प्रतिष्पर्धी मध्ये साजन विजेता घोषित भएका हुन् । विजेता तामाङले नगद पचास हजार पुरस्कार र मोटरसाईकल हात पारेका छन् । प्रतियोगितामा पोखराकी रितु गुरुङ दोस्रो भएकी छन् । ...
|
| |
|
Views: 195 - Posted On: 2012-01-04 19:36:57 |
सेलो सङ्गीतमा स्थापित जोडी तुलसा वाइबा र इन्दिरा योञ्जनले म्यूजिक कम्पनी स्थापना गरेका हुन् । 'याङ्रीमा म्यूजिक प्रा.लि.' नामक कम्पनीबाट पहिलो एल्वम 'चलनचल्ती' भिसिडी समेत बजारमा ल्याएका छन् । गायिकाद्धयको यो सातौँ एल्वम हो । नयाँ एल्वमको प्रमोशनसँगसँगै आफ्नो कम्पनीको समेत प्रमोशनमा लाग्ने तर्खरमा यी जोडी लागेका छन् । ...
|
| |
|
Views: 227 - Posted On: 2011-12-10 22:22:06 |
भविन्द्र तामाङद्धारा निर्देशित नेपाली कथानक चलचित्र "नयाँ पिढि" अर्थात "न्यू जेनेरेशन" कतारमा प्रदर्शन गरिने भएको छ । आगामी २३ डिसेम्बर, शुक्रबारका दिन दोहास्थित दोहा सिनेमा हलमा प्रदर्शन गरिने निर्देशक तामाङले बताएका छन् । ...
|
| |
|
Views: 440 - Posted On: 2011-12-07 03:13:03 |
मङ्सिर २०, काठमाडौं - मिस तामाङ २०१२ को लागि आवेदन खुल्ला गरिएको छ । नेपाल तामाङ कला संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा १६ देखि २६ वर्षसम्मका तामाङ युवतीहरुले आगामी पुष ५ गतेभित्र आवेदन दिईसक्नुपर्ने जानकारी दिइयो । कम्तीमा एसएलसी पास भएका संसारभरका तामाङ युवतीले भाग लिन पाउने नेपाल तामाङ कला संस्कृति केन्द्रका अध्यक्ष एवं कार्यक्रम निर्देशक मिलन मोक्तानले बताए । ...
|
| |
|
Views: 223 - Posted On: 2011-11-28 12:26:45 |
अधिकारका लागि एकता एकताका लागिचलचित्र भन्ने नारका सथ हेडौडामा तामाङ चलचित्रको बृहत महोत्सब हुने भउको छ । शनिबारआयोजित पत्रकार सम्मेलनमा तामाङ चलचित्र सँले यस्तो जानकारी दियको हो । ...
|
| |
|
Views: 127 - Posted On: 2011-11-11 11:37:43 |
आगामी पुस ३ र ४ गते धरानमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने भएको छ । आदिवासी मातृभाषाका चलचित्रमार्फत आदिवासी माग, मुद्दा र अधिकारका विषयहरू उठान गराउने, आदिवासी चलचित्रलाई गाउँगाउँसम्म विस्तार गर्ने र मूलधार भनिने चलचित्रमा आदिवासी धारलाई पनि समावेश गर्दै राष्ट्रिय एकताको आधारलाई अझ मजबुत बनाउने उद्देश्यअनुसार अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुन ला ...
|
| |
|
Views: 390 - Posted On: 2011-10-20 13:19:19 |
काठमाडौं । नेपाली नेपालको माया छ कि छैन -....यी कर्णप्रिय गीतका पङ्क्ति वरिष्ठ गायक तथा सङ्गीतकार प्रदीप बम्जनले गाउँदै गर्दा उपस्थित दर्शकहरू मन्त्रमुग्ध बने । सङ्गीत सम्राट गोपाल योञ्जनको स्वरमा सजिएको यो गीत उनैलाई गायनको प्रेरणाको स्रोत ठान्ने गायक बम्जनले आफ्नो एकल प्रस्तुतिमा समेटेका थिए । ...
|
| |
|
Views: 377 - Posted On: 2011-10-03 22:16:48 |
काठमाडौं - 'सिंगिङ स्टार' को उपाधि रितु लामाले जितेकी छिन् । वैशाखदेखि हरेक मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको 'द सिंगिङ स्टार'को बुधबार भएको फाइनल प्रतिस्पर्धामा रितुले आफ्ना प्रतिस्पर्धी प्रणेश लिम्बू तथा कुमार अभीलाई पछि पारेर यो उपाधि जितेकी हुन् । ...
|
| |
|
Views: 270 - Posted On: 2011-09-22 12:31:27 |
असोज ५, काठमाडौं । गायक अविनाश घिसिङको छैटौँ एल्वम 'सन अफ हिमालय' सार्वजनिक गरिएको छ । आज आयोजित विमोचन समारोहमा गायक निमा रुम्बाले एल्वमको विमोचन गरेका हुन् ।
अटो क्याफे सिनामङ्गलमा आयोजना गरिएको कार्यक्रममा एल्वमको दुर्इवटा गीत 'होनि हो' र 'पूर्वेली भाका' को म्यूजिक भिडियो प्रदर्शन गरिएको थियो । ...
|
| |
|
Views: 321 - Posted On: 2011-09-21 00:37:55 |
पोखराकी रितु लामा सिङ्गिङ् स्टार गायन प्रतियोगिताको टप थ्रीमा प्रतिष्पर्धा गरिरहेकी छन् । एसमसएस भोटिङकै आधारमा विजयी घोषण गरिने हुँदा रितुलाई यतिखेर सबैको सहयोगको आवश्यकता रहेको छ । रितुलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा STAR लेखेर एक स्पेस छाडी J टाईप गरी 5001 मा एसमसएस पठाउनु पर्नेपर्छ । ...
|
| |
|
Views: 415 - Posted On: 2011-09-05 20:39:32 |
सेलो सङ्गीतमा आफ्नो पहिचान बनाएका व्यक्ति हुन् गायक प्रेम लोप्चन -प्रेमबहादुर तामाङ) । सेलो गायनमा उनको नाम अग्रपङ्क्तिमा आउने गर्छ । सेलोको मौलिकता बचाउन र यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन जीवन नै सुम्पेका छन् उनले । बुढापाकाहरूले प्रयोग गर्ने ठेट शब्द, भाषा र परम्परागत नेपाली जीवनशैलीलाई सेलो सङ्गीतमा उतार्न माहिर उनलाई धेरैले 'सेलोको बादशाह'का रूपमा चिन्ने गर्छन् । ...
|
| |
|
Views: 308 - Posted On: 2011-08-25 14:53:17 |
हेटौंडा - राष्ट्रिय रुपमा चर्चित मकवानपुरे स्रष्टा सोमबहादुर घलान छ महिनादेखि थला पर्नु भएको छ । आलु र तामा हजुर छेपारालाई जामा बोल्को चर्चित लोक गीत गाएका सोमबहादुर लामा घलान ६ महिना देखि थलिनु भएको हो ।
तर आर्थिक अभावका कारण उनको उपचार हुन सकेको छैन । गत चैत महिनादेखि उच्च रक्तचापका कारण थालिनु भएका लामा हाल बोल्न नसक्ने हुनु भएको छ । ...
|
| |
|
Views: 177 - Posted On: 2011-08-12 15:08:26 |
नेपाल आदिवासी चलचित्र महोत्सव २०११ कतारमा प्रदर्शन भएका छ वटा चलचित्रका निर्माता/निर्देशकलाई धन्यवाद सहितको पत्र प्रदान गरिएको छ । जुलाई २९ का दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा सम्पन्न महोत्सवमा प्रदर्शनका लागि चलचित्र उपलब्ध गराएकोमा आयोजकको तर्फाट धन्यवाद दिइएको हो । ...
|
| |