tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Wednesday 7th Jan 2009  
user login
User ID
Password
hr
photo gallery online forum
hr
photo gallery photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
इन्डियन आइडलको प्रतिस्पर्धमा प्रशान्त तामाङको
hr
Prashant Tamang, Idian Ideal, Tamang Icone, Prashant
दार्जीलिङको नाम नसुनेका नेपालीहरु सायद कमै मात्रमा होला ।यसै ठाँउको समान्य तामाङ परिवारमा जन्मिएका प्रशान्त तामाङले आहिले भारतिय टिभि सोनीबाट प्रसारित इन्डियन आइडलको प्रतिसपर्धामा आफ्नो प्रतिभालाई विश्वा माझ देखाउदै प्रमुख दाबेदारीको रुपमा आगडी बढन सफल भैरहेका छ भन्दा हामी तामाङहरुलाई र नेपालीहरुलाई औधि गर्व लागेको छ ।

त्यसो त नेपालमा नेपाल टेलिभिजनमा हाम्रो आफ्नै ‘नेपाली तारा’ पनि प्रसारण भइरहेको छ, तर चर्चा भने इन्डियन आइडलमा दार्जीलिङका प्रतिस्पर्धी प्रशान्त तामाङको बढी भइरहेको छ।काठमाडौँमा उनको चर्चा छ, इन्टरनेटदेखि लिएर पत्रपत्रिकासम्म पनि उनको चर्चाबाट अछुतो छैन।
आज इन्डियन आइडलको फाइनलमा पुग्नेहरुको रिजल्ट सुनाउने कार्यक्रम पनि काठमाडौँमा विशेष चासोका साथ हेरिएको थियो। हिजो बटम फोरमा पुगेका कारण आज उनी आउट हुनसक्ने चिन्तालाई गलत ठहर्‍याउँदै होस्टले फाइनलमा पुग्ने पुरुषहरुको सूचिमा दोस्रो नम्बरमा नै उनको नाम लिएपछि भने सबै आश्वस्त भएका थिए।
घरमा नेपाली बोल्ने प्रशान्तसित नेपालका गायक जज उदितनारायण झाले कार्यक्रमका क्रममा नेपालीमा केही कुरा गर्ने गरेका छन्।
प्रशान्तको चर्चा अमेरिकन आइडलका भारतीय प्रतिस्पर्धी सञ्जय मालाकारको शैलिमा भइरहेको छ। दार्जीलिङतिर प्रशान्तको लागि भोट माग्न विशेष क्याम्पेन भइरहेका छन्। पत्रपत्रिकाले विशेष विज्ञापन छापेका छन्। ब्यानरहरु टाँगिएका छन्। नेपालमा त्यस्तो खासै केही नभए पनि चर्चा भने भइरहेको छ। त्यसो त नेपालबाट भोट दिन पनि मिल्ने अवस्था छैन। बरु खाडी मुलुक र बेलायततिरका दर्शकले भोट दिन पाउने व्यवस्था छ।

Prashant Tamang

 

सानैदेखि गीत गाउन रुचाउने उनी हाल भारतीय प्रहरीको अर्केस्ट्रामा कार्यरत छन्। सन् २००२ देखि उनी कोलकाताको प्रहरीसित आवद्ध छन्। त्यही भएर भारतीय प्रहरीको ठूलो हिस्सा पनि उनको पक्षमा रहेको छ। उनले गायनको अ‍ौपचारिक प्रशिक्षण भने अहिलेसम्म लिएका छैनन्। त्यसैले गायनमा पोख्त अरु प्रतिस्पर्धीहरुका अगाडि उनको फाइनल यात्रा अब झनै कठिन हुनेछ। त्यसमाथि कोलकाता कै अर्का एक प्रतिस्पर्धी पनि फाइनलमा थपिएबाट त्यहाँबाट पाउने भोट बाँडिने निश्चित छ।

हेरौँ इन्डियन आइडलको यो नेपाली चासोको यात्रा कहाँसम्म हुने हो। नेपालीको नाताले हामी पनि शुभकामना पक्कै व्यक्त गर्छौँ। प्रशान्त शुभकामना छ !

त्यसैले हामी देश विदेशमा रहेका सम्पूर्ण तामाङहरुले पनि भगवान बुद्ध सँग प्रशान्तको सफलताको लागि कामना गरौ । सथै प्रशान्तलाई आइडिएल बनाउनालाई संम्भव भएका क्षेत्रहरुबाट आफुले सके सम्मको एसएमएस गर्न र गराउना लगाउनको लागि विशेष सहयोग गरिदिनुहुना सम्पूर्ण संघ, संस्थ र महानुभावहरुमा हार्दीक अनुरोध गर्न चाहन्छु ।

BOG on Prasant



   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np