tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 28th Aug 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr


photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
 
Tamangs Organizations
hr

डा. गणेश योञ्जन-वरिष्ठ समाजसेवी

तामाङ समुदायको शीर उच्च पार्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा एउटा परिचित नाम हो डा. गणेश योञ्जन । सामन्य किसान परिवारमा जन्मनु भएका गणेश योञ्जनले आˆनो नामको अगाडि डाक्टर शब्द जोड्नेमा सायद कमैले मात्र विश्वास गरेका थिए ।

 

Ganesh Yonjan, Der. Ganesh Yonjan, Ganesh Tamang, Famous Tamang, Reputed Tamang

त्यसो त सानै उमेरदेखि समाज सेवामा समर्पित योञ्जन आफैलाई पनि विश्वास थिएन कि आफू यस स्थान सम्म आइपुग्छु भन्ने । तर कुनै पनि कुरालाई Negatively नलिने भएकाले पनि उहाँले यो सफलता हाँसिल गरेर छाड्नु भयो । जीवनमा कहिल्यै निराश नहुने उहाँको अर्को बानी पनि सबैको लागि उपयोगी बन्न सक्छ । यूनिभर्सिटी, कलेजको पढाईले भन्दा स्वअध्ययनले नै मान्छेलाई सफल बनाउन सक्छ भन्ने पाठ उहाँकै सफलताबाट सिक्न सकिन्छ । आˆनो परिवारलाई थोरै समय दिएर पूरै समय सामजिक सेवामा खर्चने योञ्जन लाग्छ समाज सेवाकै लागि जन्मनुभएको हो ।

प्रस्तुत छ tamangsamaj.com को Guest of Month सेक्सनको लागि उहाँसंग गरिएको कुराकानीको अंशः-

तपाँईको बाल्यकालको केही सम्झना गराइदिनुस् न ।

मेरो जन्म वि.स.२०१५ साल माग २६ गते बौद्ध, वार्ड नं.- ६,काठमाडौमा भएको हो । मेरो बाल्यकाल अलि संघर्षमय रुपमा वितेको थियो । संघर्षमय यस अर्थमा कि त्यतिखेर पढ्ने स्कुल थिएन, स्कुल भवन नभएकाले मन्दिरको माथि बसेर पढ्नुपथ्र्यो । सामान्य किसान परिवार भएकाले खेतिपाती गर्ने, गोठालो -गाईवस्तु) गर्ने, पशुपालन गर्ने गर्दथ्यो । बुवा पेशाले थाङ्का व्यवसायी भएपनि त्यतिखेर थाङ्का व्यवसायिक रुपमा अगाडि बढेको थिएन । त्यस बेलाको अवस्थामा हेर्दा निम्न मध्यम वर्गिय परिवारमा मेरो बाल्यकाल बितेको थियो ।

त्यस्तो परिस्थितिको बावजुद पनि तपाँईले आफ्नो पढाईलाई कसरी अगाडि बढाउनुभयो त ?

अति संघर्ष गर्दै प्राथमिक तहसम्मको पढाई यहि बौद्धमा पूरा गरे त्यसपछि मा.वि. तहको अध्ययन चावहिलबाट पूरा गरेको थिए । चावहिलबाट २०३७ सालमा मैले SLC सम्मको पढाई पूरा गरे । त्यसपछि चाँहि म Job तिर लागे । Job भन्नाले त्यतिखेर Community Progress Nepal (CPN) भन्ने एउटा British संस्था थियो । त्यो संस्थामा volunteer को रुपमा काम गर्न थाले र चावहिलमा क्याम्पस जोइन गरे । त्यतिखेर म बौद्धमा एकदम सक्रिय थिए । त्यसैले त्यो संस्थामा मैले काठमाडौको लप्सीफेदी, नाङ्लेेबारी, वज्रजोगिनी र भक्तपुर साईटतिर एउटा flexibility Study को लागि काम गर्नुपथ्र्यो । त्यसपछि त्यो CPN भन्ने संस्था पछि एक्सन एड भन्ने संस्थासँग त्यसको Activation भयो । CPN भन्ने संस्था हटाएपछि म एक्सन एडमा join भए । त्यसपछि मैले Community Organizer को रुपमा काम शुरु गरे । त्यो संस्थामा काम गर्दै गयो र पढाईतिर मेरो regularity भएन । बीचमा त्यत्तिकै भयो र मैले आई. ए. पनि पूरा गर्न सकिन । मैले विभिन्न कामहरुको जिम्मेवारी लिदै गए । उनीहरुले मेरो काम देखेर मेरो विभिन्न टेष्टहरु लिईयो । पछि आएर मेरो कामको performance हेरेर सन् १९८९ मा वेलायतको रेडिङ यूनिभर्सिटीले मलाई Rural Social Development विषयमा स्कलरसिप दियो र म अध्ययनको लागि वेलायत गए । सन् १९९० मा म १५ महिनाको पढाई सकेर नेपाल फर्के र फेरि एक्सन एडमै जोइन भएर काम गर्न थाले । सन् १९९३ मा म त्यहि संस्थाबाट Program Adviser को रुपमा सोमालिया जाने सबै agreement पूरा भईसकेको थियो । बीचमा पछि एउटै संस्थामा ११ वर्ष काम गरि सकेकोले एउटै संस्थामा काम गर्नु भन्दा अरुमा पनि किन नगर्ने भनेर UN मा apply गरे । त्यहाँ एकदम ठुलो प्रतिष्पर्धा भएको थियो । त्यसमा मलाई UN को Food & Agriculture Organization (FAO) को National Consultant रुपमा छनोट गर्‍यो । त्यसपछि मैले सोमालियाको लागि गरेका सबै agreement cancel गरे । FAO को Head Office रोममा थियो । मैले त्यहाँ र नेपालमा पनि काम गरे । UN मा करिब ३ बर्ष काम गरेर छोडेपछि म विभिन्न अन्र्तराष्ट्रिय संस्थाहरुमा Consultant को रुपमा काम गर्न थाले । मेरो चाहना सामजिक सेवा गर्ने भएकोले full time काम नगरेर free लाइर्नस्को रुपमा कुनैमा महिनाको १० दिन त कुनैमा ५ दिन काम गर्ने गर्थे । बेलायतमा मेरो पढाई सक्नु भन्दा अगाडि नै मलाई त्यही पि.एच.डि. गर्न थुप्रै अफरहरु आएको थियो । हाम्रो आˆनै मान्छे त्यहाँ बस्ने तामाङहरुले पनि मलाई हामीले पढ्न नसके पनि तामाङहरुबाट तिमीले पि.एच.डि. गर्नु पर्छ भन्ने अफर गरेको थियो । त्यहि बेला मेरो बुबा यहाँ अक्सिजनमा राखेको थियो । मैले आˆनो बुबालाई भेट्न नपाउने डर र अरु विभिन्न परिस्थितिहरुले गर्दा मैले ती अफरहरु लिन सकिन । मान्छेलाई डिग्री जागिर खानाको लागि चाहिन्छ तर सामजिक कार्य गर्नको लागि डिग्री आवश्यक कुरा होइन । म त आफूलाई यस क्षेत्रमा लाग्छु भनेर समर्पित गरिसकेको कारण मलाई डिग्री किन चाहियो र, नलेजको लागि त मेरो स्वअध्ययन छादै छ । मान्छेलाई विश्लेषणात्मक बनाउन, आफूलाई सक्षम बनाउन स्वअध्ययन अत्यन्त महत्वपूर्ण हुन्छ । स्वअध्ययन नगर्ने र यूनिभर्सिटी, कलेजको पढाईमा मात्र सिमित मान्छेहरु कुनै संघ संस्थामा वा सरकारमा कारिन्दा हुन सक्छ । ऊ आखिर प्रोफेसर भएर पनि सुब्बा भएर पनि कारिन्दा हुन सक्छ तर समाजलाई नै हेलमेल गर्ने हो भने स्वअध्ययन एकदमै महत्वपूर्ण पक्ष हो । यसरी रिडिङ यूनिभर्सिटीमा पढाई सकेर फर्के पछि म विभिन्न रिसर्चको कामहरुमा लाग्दै जाँदा अमेरिकाको लिङ्कन यूनिभर्सिटीले म संग धेरै कुराहरु गरेपछि उनीहरुले मलाई सन् २००० मा क्यअष्ब Social Development मा पि.एच.डि. दिईयो । यो मेरो जीवनको एकदमै महत्वपूर्ण र अविष्मरणीय क्षण हो । यो उपाधि अरु थुप्रैलाई दिएको छ तर दक्षिण एसियामा मलाई नै पहिलो पटक दिएको हो । पछि कोरियाको एक जनालाई दिएको छ यहाँ चाहि अहिले सम्म कसैलाई दिएको छैन ।

तपाँई समाजसेवाको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? अहिलेसम्मको केही अनुभवहरु बताईदिनुस् न ।
पहिले यो बौद्ध पुरै कृषि क्षेत्र थियो । यहाँ ठुला बडाहरुले गर्ने शोषण दमनको बिरुद्धमा हामी विस्तारै सङ्गठित हुदै गयौ । मेरै सकृयतामा बौद्ध यूवा क्लब गठन भयो । जसमा मैले अध्ययक्षको रुपमा काम गरेको थिए । मेरो बढि चाँहि एजुकेसन सेक्टरमा सहभागिता रहेको छ । हामीले ट्रष्टमा अहिले पनि एउटा स्कुल चलाईराखेका छौ । यो अहिले हरुणिमा उच्च मा. वि. भएको छ । त्यसैगरि १९९१ मा सगुन भन्ने एउटा संस्था स्थापना गर्‍र्यौ । त्यो भन्दा अगाडि एउटा सोकोटेव भन्ने संस्था थियो । पञ्चायत कालको समयमा विकासमा काम गर्ने मान्छेहरुको अ-आफ्नो अनुभवहरु साटासाट गर्ने र नयाँ नयाँ विकास सम्बन्धिका धारणाह्ररु, नयाँ नयाँ मोडेलहरुको बारेमा छलफल, वहस हुने गर्दथ्यो । सन् १९९० मा चाँहि वेलायतमा नै थिए । वहुदल आएको ४-५ महिनामा म यहाँ आएको थिए । त्यसपछि त्यो सगुन भन्ने संस्था स्थापना गर्‍यौ । सगुनको मूल उद्धेश्य विशेष गरि विकासमा एकदमै सरकारदेखि लिएर, INGO हरु, जतिपनि नेपालको विकासको लागि आएको अन्तराटि्रय संस्थाहरु इभन नेपालकै विकास एप्रोज चाहि समुदायमा आधारित भएन । उदाहरणका लागि वनको संरक्षणमा उनीहरुको कम्युनिटीले आफै कसरी गर्छ त उनीहरुको परम्परागत पद्धति के थियो, जस्तो कृषिमा नै भनौ कृषिमा दिगो विकासको कुरामा नेपाली कृषकहरुसँग जुन अनुभवहरु, परम्परागत प्रविधिहरु छन् त्यस्तो कुराहरुलाई totally हटाएर बाहिरी ज्ञान सीपहरु लाद्ने काम भयो । जनता भनेको केही नजान्ने केही नबुझ्ने भन्ने विकासमा लागेका विभिन्न संघ संस्थाहरु देखि policy maker हरुको दृष्टिकोण त्यो रहृयो । यदि विकासलाई जनताको अपनत्व र विकासलाई दिगो बनाउने हो भने त्यो Community सँग जुन ज्ञान छ जुन परमपरागत सीपहरु छ त्यसलाई चाँह आधूनिक धारणाहरुसँग समायोजन गर्नुपर्छ । त्यहाँको ज्ञान सीपलाई बेवास्त बाहिरी ज्ञान लाद्ने काम गर्दा नेपालमात्र हैन कि तेश्रो मुलुकमा पनि यसको असर राम्रो देखिएन । रिसर्च भइन्जेलसम्म काम भयो तर त्यो काम सकिएपछि त्यो काम मात्र होइन पूरै विकृति नै थोपर्ने कामहरु देखियो । त्यहाँको स्थानीय ज्ञान, सीपलाई प्रवर्द्धन गर्ने, त्यहाँ तिनीहरुको आर्थिक विकास, सामजिक चेतनाको लागि, साँस्कृतिक चेतनाको लागि भन्दा पनि यो कुराहरुलाई यो केही पनि होइन यो गलत हो भन्ने हिसाबले आफ्नो आइडियाहरु थुपार्ने काम भयो । त्यसले गर्दा यो विषयमा हामीहरुले कार्यमूलक अनुसन्धानहरु गरेर यसलाई प्रमाणित गर्नुपर्छ । समुदाय र उनीहरुको सीपहरु Idigenous knowledge को विकास गर्ने । स्थानीय ज्ञान तथा सीपलाई अहिलेको आधूनिक ज्ञान साग समायोजन गरेर अगाडि गयो भने यो विकास दिगो हुन सक्छ भन्ने विभिन्न अनुसन्धानको कामहरु गर्‍यौ । जब १९९१ मा नेपालमा Indigenous Knowledge System को बारेमा जुन कुराहरु उठायो, विभिन्न University हरुसाग विभिन्न संघ संस्थाहरुसाग मिलेर अनुसन्धान गर्‍यौ त्यसले गर्दा अहिले नेपालमा मात्रै होइन कि नेमालका policy maker हरुले पनि यो के हो त ? यसले गर्दा सहभागिताको कुराहरु, संलग्नताको कुराहरु, उनीहरु विकास थापेर खाने मात्र होइन कि निर्णय गर्ने प्रक्रियाहरुमा हामीले आˆनो निर्णय लाद्ने होइन उनीहरुले गर्दै आईरहेको प्रक्रियामा हाम्रो सहभागिता गरेर अगाडि जानुपर्छ भन्ने सोच अगाडि आयो । सोही अनुसार हामीले काभ्रे, तनहु, बारा लगायतका विभिन्न स्थानहरुमा प्रयोग गरेर हेर्‍यौ । यो कुराहरुले राष्ट्रव्यापि नै त Impact दिन सकेको छैन तर एउटा सगुनको कामको चाँहि policy maker हरुसम्म Impact परेको अनुभव हामीले गरेका छौ ।

समाज सेवामा लाग्ने सोच तपाँईमा कसरी आयो ?

समाजसेवामा लाग्नु विभिन्न कारणहरु हुन सक्छन् । म चाँहि सानोमा आफै पनि विरामी थिए । मेरो दाहिने आँखा कमजोर थियो, अहिले पनि यो आँखाले राम्रोसाग काम गर्दैन । डाक्टरले मलाई किताब पढ्न दिदैनथ्यो तर म बेडमुनि किताब लुकाएर पढ्ने गर्थे । यो पनि एउटा कारण हुनसक्छ जस्तो लाग्छ अहिले । मेरो जीवनको अर्को महत्वपूर्ण प्रेरणाको श्रोत म्याक्सेम गोर्केको रचनाहरु हुन् । उहाँको मेरे वच्पन, मेरे विश्व विद्मालय, मेरे जीवनके राहोपल, आमा -उपन्यास) जस्ता किताबहरु म त हाम्रो मान्छेहरु सबैले पढ्नु पर्छ भन्छु । मेरे विश्व विद्मालयले चहि मलाई थप प्रेरणा दिएको छ । म बौद्धमा लाइब्रेरी सञ्चालन गर्थे । १६-१७ हजार किताब मैले जम्मा गरेको थिए । मैले खगेन्द्र नवजीवन केन्द्रमा त्यहाँको अपाङ्गहरुलाई साइकलमा किताब पुर्‍याउने गर्थे । हरेक शुक्रबार उनीहरुसँग छलफल कार्यक्रमहरु हुन्थ्यो र उनीहरुको किताब मैले लिएर आउथे । म आफै स्वअध्ययन बढी गर्थे । यहाँ पनि अपाङ्गहरुसँगको मेरो जीवनको एकदमै छुट्टै महत्वपूर्ण क्षण रहेको छ । २८/२९ सालतिर बुर्जुवा शिक्षा बहिस्कारको कुराहरु पनि उठेको थियो । त्यस बेलाको मेरो आर्थिक कमजोरी, सामजिक परिवेशको कारणले गाँउशक्तिको स्थान भित्र हामी एकदम पिसिएका वर्गमा पथ्र्यो । त्यति बेला पनि हाम्रो त्यो लाइब्रेरीको Cancept हरु आयो । लाइब्रेरी स्थापना गर्न हामीलाई कतैबाट सहयोग थिएन । हामी आफैले बोरा बोकेर गाँउ गाँउबाट पुस्तक जम्मा गरेर त्यो लाईब्रेरीको स्थापना गरेका थियौ ।

तपाँई सानै उमेरदेखि समाज सेवामा लाग्नुभयो, तपाँईको परिवारबाट तपाइले यस क्षेत्रमा लाग्न कस्तो सहयोग पाउनुभएको थियो ?

मेरो परिवार साधारण किसान परिवार हो । बुवाको व्यवसायले थाङका व्यवसायी भएपनि व्यापारिक हिसाबले त्यति पैसा आउदैनथ्यो । त्यति बेला बुवालाई नचिन्ने सायद कमै थियो र अहिले पनि बुवाको विद्मार्थीहरु धेरै छन् । मैले घरमा बुवा आमासँग मागेर समाज सेवामा कहिल्यै खर्च गरेको छैन । म आफैले कमाएको पैसाको केही भाग रकम समाजको लागि दिने गरेको छु । परिवारबाट सके सम्म आर्थिक सहयोगहरु पनि राम्रै पाएको छु । समग्रमा भन्नुपर्दा परिवारको सहयोग सधै पाएको थिए ।

हाल तपाँईको कति जनाको परिवार हुनुहुन्छ ?

अहिले मेरो २ छोरा, श्रीमति, मेरो भाई र म गरेर ५ जना छौ । दुवैजना छोराहरु अमेरिकामा पढिरहेका छन् । मेरो बाबा आमा बितिसक्नुभएको छ ।

तपाँईलाई तामाङको छोरा भएर समाजमा विभिन्न संघ संस्थाहरुमा काम गर्दा जात्तिय हिसाबले अन्य जात्तिबाट कस्तो व्यवहार पाउनु हुन्थ्यो ?

तामाङ भएर काम गर्दा पाएको नराम्रो अनुभवहरु त धेरै छन् । तामाङ भएर भोगेका पीडाहरु कैयौ छन् । एउटा सानो घट्ना भन्छु म, पहिलो पटक सिन्धुपाल्चोकको तालामारङ, मेलम्ची, ग्याल्टुम गा.वि.स. मा कार्यक्रमको टिम लिडर भएर जाँदा त्यहाँका तामाङहरुले होईन तामाङ भोटेहरु पनि कसरी हाकिम हुन्छ भन्थ्यो । त्यो बेलामा तामाङहरुका लागि पहिलो पटक कार्यक्रम लिडर भएर गएको त्यहाँको अरु जातिहरुले तामाङहरु पनि कहिल्यै हाकिम हुन सक्छ भन्ने गरेकोले गर्दा पनि तामाङहरु माथि हेर्ने दृष्टिकोण एकदमै नराम्रो थियो । त्यतिखेर त सि.डि.ओ. कार्यलयतिर जाँदा पनि त्यस्तै व्यवहारहरु गर्दथ्यो । तर अहिले धेरै परिवर्तन भईसकेको छ अहिले त्यस्तो छैन । तामाङ भएकोले धेरै-धेरै अपमानित हुनु परेको अनुभव गरेको छु मैले ।

तामाङहरु के कारणले पछाडि पर्न गयो, तपाँईको विचारमा ?

त्यो त २३७ वर्षे राज्यसत्ताको उपज हो । यो राज्यसत्ता पूरै हिन्दु अहंकारवाद, जात्तिय प्रभूत्ववादमा सञ्चालन भएको कारण पछाडि पर्नु स्वभाविकै थियो । यो राज्यले खालि भौतिक रुपमा मात्रै हामीलाई राखेको छ । हाम्रो संस्कृति, भाषा, लिपी, धर्मलाई नियोजित योजना भित्र नै यसलाई सखाप पार्दै आएको छ । त्यसैले अहिले हामी यसको विरुद्धमा सङ्गठित भएर अगाडि बढेका छौ ।

बहुदल आए यत्ता अहिलेसम्ममा तामाङ जात्तिको हीतको कुरालाई उठाएर सयौको सङ्ख्यामा संघ संस्थाहरु स्थापित भएका छन् । तपाँईको विचारमा यी संघ संस्थाहरुले तामाङहरुको हीतको पक्षमा काम गर्न सकेको छ कि छैन ?

हिजो असङ्गठित रुपमा छरिएर रहेका हामी तामाङहरुलाई सङ्गठित रुपमा अगाडि बढाउने प्रयास सबैतिरबाट भईरहेको छ । तामाङ संघ संस्थाहरु सयौ सङ्ख्यामा रहेको छ । यसलाई हामीले नराम्रो हिसाबले कहिल्यै पनि लिनु ठीक हुदैन जस्तो मलाई लाग्छ । किनकी संघ संस्थाहरुले अ-आˆनो ठाउँमा कम्तीमा तामाङहरुलाई एउटै स्थानमा ल्याउने प्रयास त गरेको छ । यसलाई हामीले नेगेटिभ मुल्याङ्कन गर्नु हुदैन । तामाङहरुले भोगेका पीडा उत्पिडनहरुको विरुद्धमा राज्यलाई घच्-घच्याउन ठूलो सङ्ख्यामा मास जम्मा गर्न नसके पनि कुनै न कुनै हिसाबले राज्यलाई दबाब दिन त सफल भएको छ नि । हामी यसमा सधै आशावादी हुनुपर्छ । भाषाको विषयमा, शिक्षाको विषयमा अरु अधिकारहरुको लागि सडक आन्दोलन गरेर, ज्ञापन पत्र बुझाएर, धर्ना दिएर विभिन्न किसिमले राज्यलाई दवाब दिईरहेको छ । एउटा संस्था जति गतिशील हुदै जान्छ त्यहाँ समस्या अवश्य उत्पन्न हुन्छ । गतिशील संस्थामा समस्या उत्पन्न हुनु स्वभाविक हो । नराम्रो नियतले जति पनि संघ संस्था खुल्छन् त्यो आफै विलीन भएर जान्छ । त्यसको हामीले चर्चा गर्नै पर्दैन ।

तामाङहरु बीच नै संस्था खोल्नमा होडबाजी जस्तो देखिएको छ तर सबै संस्थाहरुलाई नेतृत्व गर्ने एउटा तामाङहरुको संस्था देखिदैन नि ?

अवश्य पनि संघ-संस्था खोल्नमा होडबाजी नै चलेको जस्तो देखिन्छ । हामीले अब ती असक्षम संस्थाहरुको चर्चा गर्नु कुनै आवश्यकता छैन । जो चाँहि सक्षम छ अलिकति गतिशील छ । जो अलिकति सङ्गठित छ त्यस्तो संस्थाको चर्चा गर्नुपर्छ अब । तामाङ संघ सस्थाहरुको बीचमा एकरुपता नआउनुमा केही सैद्धान्तिक कुराहरु पनि छन् । केही चाँहि तामाङ संस्थाहरुमा Leadership नभएको महशुस गर्न सकिन्छ । तामाङ संघ संस्थाहरुको नेतृत्व गर्ने एउटा संस्था हुनुपथ्र्यो भन्ने सम्बन्धमा म के भन्न चाहन्छु भने, हो अहिलेसम्म त्यो हुन सकिरहेको छैन तर हामी निराश हुनुपर्ने पनि म केहि देख्दिन । भविष्यमा त्यस्तो संस्थाको पनि जन्म नहोला भन्न सकिन्न । त्यसैले हामीले अहिले निराश नभईकन गतिशील संस्थाहरुलाई सुझाव दिने, सल्लाह दिने, टिप्पणी गर्ने जस्ता कार्यहरु गर्नु पर्दछ । त्यो संस्था ठीक छैन भनेर टाढिन खोज्नुभन्दा त्यसभित्रको गल्तीहरु पत्ता लगाएर त्यसलाई सच्याउन तिर लाग्नुपर्छ । मैले माथि नै भनिसकेको छु कि गतिशील संस्थाहरुमा यस्तो समस्या देखिनु स्वभाविक हो र त्यो समस्यालाई व्यस्थापन गरेर लैजाने काम त्यसको नेतृत्व पक्षको हो । तामाङ डाजाङलाई म एउटा नमूना भन्छु । मैले यो कुरा किन उठाईरहेको छु भने त्यसमा कुनै किसिमको राजनिति हुदैन । त्यसमा नेतृत्वको विवाद पनि आउँदैन । यसले यूवा पिडीहरुलाई तामाङ साहित्यको बारेमा सचेत गराउने, उनीहरुको प्रतिभाको संरक्षण गर्ने एक विशुद्ध साहित्यिक संस्था हो । विभिन्न राजनितिक व्यक्तिहरु संलग्न भएका संस्थामा नेतृत्वको विवाद आउनु स्वभाविक हो । जस्तो घेदुङमा जुनसुकै क्षेत्रका तामाङहरु अटाउन सक्छन् । माओवादीको पनि अटाउन सक्छ, एमालेको, कांग्रेसको, राजावादी सबै पार्टीको मान्छेहरु अटाउन सक्छ नि । विभिन्न फरक चरित्र भएका फरक स्कुलिङबाट आउने भएकोले त्यहा केही विवाद हुनु स्वभाविकै हो । जस्तो डाजाङ जस्तो साहित्यिक श्रष्टाहरुलाई प्रोत्साहन दिने, मञ्च दिने संस्था तामाङहरुका लागि एउटा नमूना हो । संस्थाहरुलाई हाम्रो हेर्ने दृष्टिकोण चाँहि छुट्याउनुपर्‍यो । त्यसैले म चाँहि अहिले निराश छैन ।

तपाँई समाज सेवा बाहेक लेख रचनाहरुमा पनि कलम चलाउनु भएको छ, हालसम्म तपाँईको प्रकाशित भएका रचनाहरु के-के छन् ?

माकुरा र झिंगा भन्ने मैले तामाङमा अनुवाद गरेको थिएन । अनुवादमा म पहिलो भएको छु तामाङ भाषामा । अरु त ५०-६० वटा कविताहरु प्रकाशित भएका छन् । केही साहित्यिक पत्रिकाहरुमा तामाङ भाषामा कविता लेखेको छन । केही अनुवाद कविताहरु पनि प्रकाशित भएका छन् । मैले कार्यपत्रहरु पनि लेखेको छु । त्यस्तै मेरा केही नाटकहरु पनि छन् । मैले के सोच बनाई राखेको छु भने तामाङ भाषामा कसैले नाटक लेखेको छैन । त्यसैले म यो प्रयोगमा ल्याउने विचारमा छु, यो चाहि मेरो भविष्यको योजना हो ।

अहिले राज्य परिवर्तित अवस्थामा छ तामाङहरुले ताम्सालिङको माग उठाईरहेको छ नि ?
ताम्सालिङको कुरा त हाम्रो अधिकारको कुरा नै हो । राज्य संरचनात्मक रुपमा जाने भनेर अन्तरिम रुपमै स्पष्ट पारिसकेको छ । संघात्मक प्रणाली भन्नाले त्यहाँ सबै क्षेत्रमा सबै जातिले समान सहभागिता पाउँदछ । जहाँ आˆनो जातिको बाहुल्य छ त्यहाँ आफैले राज्य सञ्चालन गर्न पाउनु पर्दछ । एउटा राज्य भित्रको अर्को सानो राज्य नै हामी तामाङहरुको ताम्सालिङ हो ।

तामाङहरुले माग गरेको ताम्सालिङ प्राप्त गर्ने सम्भावना देख्नुहुन्छ त ?
जीवनमा म निराश त कहिल्यै पनि हुन्न र सम्पूर्ण तामाङ समुदाय निराश हुनु हुदैन् । जबसम्म ताम्सालिङ प्राप्त हुदैन, तामाङहरुको सम्पूर्ण रुपमा विकासको कुरा त्यसमा धर्मको कुरा, भाषाको कुरा, लिपीको कुरा, राजनितिक नेतृत्वको सम्पूर्ण कुराको विकास हुन सक्दैन । त्यस्तो चिज पाउनलाई त सबै तामाङहरु जुट्नुपर्‍यो नि । आˆनो अधिकार प्राप्तिका कुरामा संघर्ष गर्नुपर्‍यो ।

तामाङहरुलाई ताम्सालिङ चलाउन दियो भने पनि ताम्सालिङ चलाउन सक्ने व्यक्ति तामाङहरुमा कोही छैन भन्ने कुरा पनि उठेको छ नि ?

त्यो चाहि एकदमै हीनता बोधको अभिव्यक्ति हो । आफूभित्र आˆनो समाजभित्र भएको सवल पक्षहरु पहिचान गर्न नसकेको व्यक्तिहरुको अभिव्यक्ति आएको हो त्यो । ताम्सालिङ त के यो मुलुक नै चलाउन तामाङहरुलाई जिम्मा दियो भने पनि चलाउन सक्ने सक्षम व्यक्तिहरु छ भन्ने पूरा विश्वास छ मलाई । म के आग्राह गर्न चाहन्छु भने आफूभित्र रहेको सवल पक्षहरुलाई केलाउ र यस्ता झूटा अभिव्यक्तिहरु दिएर आˆनो समाजलाई आफैले कमजोर नबनाउ ।

तपाँई तामाङ प्राज्ञ सभाको संस्थापक तथा अध्यक्ष हुनुहुन्छ यस सभाको बारेमा केहि जानकारी गराई दिनुस न ।
तामाङहरु भनेको भारी बोक्ने, टेम्पो चलाउने ड्राईभर, राजाको, आर्मीको, ठुलावडाहरुको भारी बोक्ने, दाउरा चिर्ने, दाउरा बोक्ने यो लेवलको मात्र छ भनिन्छ । तामाङहरु यो भन्दा माथिल्लो स्तरमा छैन भन्ने गलत धारणा यो समाजमा लादेको छ । तर तामाङहरुमा पनि क्षमतावान यति धेरैं व्यक्तिहरु उत्पादन भैसकेका छन् । उनीहरुको एउटा साझा मञ्च नभई रहेको अवस्थामा प्राज्ञ सभाको स्थापना भएको छ र यसमा धेरै मान्छेहरु आकषिर्त पनि भएका छन् । एउटा बौद्धिक र क्षमतावान तामाङहरुको साझा मञ्च हो यो । अहिले बौद्धिक मान्छे देखि लिएर एउटा सामान्य मान्छे पनि म पनि यसमा आउन पाए हुन्थ्यो भन्ने एउटा यो प्राज्ञ सभाप्रति आकषिर्त भएको छ । अस्ति भएको साधरण सभामा देखेको उपस्थितिले पनि यस प्रतिको आकर्षण देखियो । त्यति बेला सबैजना प्राज्ञ सभाको सदस्य बन्न चाहे । हामीले नियन्त्रण नै गर्न सकेनौ । मान्छेहरु १ हजार तिरेर भए पनि सदस्य बन्न चाहेको थियो ।

प्राज्ञ सभाले तामाङ समुदायमाझ कस्तो कार्यक्रमहरु ल्याउदै छ त ?

अहिलेको राजनितिक परिवेशमा देशको संक्रमणकालीन अवस्थामा सबैले अ-आफ्नो अधिकारहरु सुनिश्चित गराउनाका लागि विभिन्न किसिमले अगाडि बढि रहेको छ । यो अवस्थामा हाम्रो तामाङहरुको जुन सवालहरु छन्, ती सवालहरुलाई अहिलेको अवस्थामा संघात्मक प्रणालीको कुरा, संविधान सभाको, नयाँ संविधानको कुराहरु उठिरहेको बेलामा बौद्धिक रुपमा हाम्रो तमाङहरुको माग पूरा गराउन जनचेतना जगाउने, संविधानसभा, संघात्मक प्रणाली जस्ता कुराहरुमा हामीले विभिन्न अन्तक्रिर्या कार्यक्रमहरु गर्ने छन् । अर्को हाम्रो तामाङ श्रष्टाहरु जसले तामाङहरुलाई माथि उठाउन भूमिका खेलेका, तामाङहरुको पहिचान दिलाउन भूमिका खेलेका हाम्रो अग्रजहरु जस्तो एउटा तामाङको छोरी भएर पारिजातले अन्र्तराष्ट्रिय स्तरमा ख्याती कमाउने साहित्य लेख्न सफल भइन् । त्यस्तै शान्तवीर तामाङ जसले लोप भईसकेका कुराहरुलाई ताम्वा काईतेनमा उतारे । उनीहरु नै हुन् हाम्रा तामाङ अग्रज श्रष्टाहरु । यो त उदाहरण मात्रै हो अरु पनि थुप्रै छन् । ईतिहासको गर्भमा तल पारिएका तामाङ श्रष्टाहरु धेरै होलान् । ती हाम्रा अग्रजहरुको, तामाङ श्रष्टाहरुको सम्मान गर्ने । अर्को कुरा राज्यमा भएका श्रोत र साधनहरु अहिले सम्म एउटै जातिले जसरी दुरुपयोग गरि राखेको छ । जस्तो उदाहरणको लागि स्कलरसीपकै कुरा गर्दा जसरी अहिले सम्म तामाङका छोरा छोरीहरुलाई उपयोग गर्न दिईएको छैन । राष्ट्रिय स्तरको होस् या अन्र्तराष्ट्रिय संघ संस्थाहरुबाट आउने स्कलरसीपहरु तामाङको छोरा छोरीहरुले पनि उपयोग गर्न पाउनु पर्छ भन्ने किसिमका दवावहरु विभिन्न निकायहरुमा दिने । त्यस्तै छरिएर रहेका तामाङ प्रतिभाहरुलाई प्राज्ञ सभामा सङ्गठित गर्दै तामाङहरुको उद्धेश्य प्राप्तिको लागि सबैलाई सङ्गठित पार्दै अगाडि बढ्ने विभिन्न कार्यक्रमहरु ल्याएका छौ ।

अहिले तामाङ भाषामा विभिन्न एफ्.एम् रेडियोहरुमा समाचार तथा विभिन्न कार्यक्रमहरु सञ्चालन भई रहेको छ र तामाङ भाषाका पत्र पत्रिकाहरु पनि प्रकाशित भईरहेको छ, तपाँई सञ्चार माध्यममा तामाङ जातिको पहुच कति देख्नुहुन्छ ?
सञ्चार माध्यममा हामीले जति अधिकार पाउनु पर्ने हो त्यो अधिकार हामीले पाउन सकिरहेका छैनौ । सञ्चारमा मात्र होईन कि हामीले कुनै पनि क्षेत्रमा पूर्ण अधिकार पाईरहेका छैनौ । यसको बारेमा हामी सबैले बुझेर सङ्गठित रुपमा सम्बन्धित निकायमा दवावहरु दिनु पर्छ । हामी भित्र भाषामा अनेकता छ, भाषामा अनेकता छ, संस्कृतिमा अनेकता छ विविध अनेकता छ नि । यो अनेकता भित्रको एकताको संरक्षण हुन सकिरहेको छैन । अब हामीले यो अनेकताभित्रको एकतालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने सोचलाई अगाडि ल्याउनु पर्छ ।

तपाँईको विचारमा सञ्चार क्षेत्रलाई तामाङ समुदाय माझ प्रभावकारी बनाउन के गर्नु पर्ला ?
म मिडियामा काम गर्ने भाई बहिनीहरुसँग भेटघाट गरि रहन्छु । त्यसैले मैले हाम्रो तामाङ मिडियाहरुमा रहेको समस्या थाहा पाएको छु । मिडियालाई प्रभावकारी बनाउने पहिलो श्रोत नै आर्थिक श्रोत न हो । राज्यले सञ्चारको सम्पूर्ण क्षेत्रहरु एकलौटी ढंगले चलाई राखेको छ । त्यसको सम्पूर्ण श्रोतहरु एकाध रुपमा राज्यले नै नियन्त्रण गरेको छ । हामीलाई सरकारी सञ्चार माध्यम -रेडियो नेपाल) मा ५ मिनेट आधा घण्टाको समय दिएको छ । यो त हाम्रो लागि पर्‍र्याप्त होईन । निजी स्तरबाट खोलिएका एफ.एम. हरु सेवामूलक भन्दा पनि नाफा कमाउने हिसाबले खोलिएको हुन्छ । त्यसमा पैसा लगानी गरेर समय लिनु पर्दछ । तर हामी तामाङहरुले र समाजले पनि यसमा लगानी गर्न सकेका छैनौ र लगानी गर्न सक्ने अवस्थामा पनि छैनौ । यी सम्पूर्ण क्षेत्रहरुमा हामीले अधिकार लिनाको लागि त हामीलाई ताम्सालिङ अपरिहार्य नै छ । ताम्सालिङ प्राप्त भएपछि यी कुराहरुको व्यवस्थापन त हामी आफैले गर्ने हो नि । यो सम्पूर्ण प्राप्तिको लागि हाम्रो चिन्तन, सोच, हाम्रो दृष्टिकोणहरु अलि फराकिलो ढंगले हुनु पर्‍यो । फराकिलो ढंगले सोचेर स्पष्ट भिजन भएपछि त उसले समाजका लागि मैले के सहयोग गर्न सकिन्छ, कसरी समाजलाई बलियो बनाउन सकिन्छ, समाजमा मैले के कसरी योगदान दिन सकिन्छ भन्ने चिन्तन गर्न सकिन्छ र सोहि अनुसार कामहरु अगाडि बढ्दै जान्छ । हामी १६ लाख तामाङ छौ भन्छौ तर वास्तवमा त्यो भन्दा बढि पनि छौ । हामी १ लाख तामाङ सङ्गठित भएर लाग्ने हो भने १५ दिन भित्र हाम्रो सम्पूर्ण माग पूरा गराउन बाध्य पार्न सक्छौ । तर दुःखको कुरा हामी यसरी सङ्गठित हुनै सकिरहेका छैनौ ।

तामाङ समुदाय तथा संघ संस्थाहरुलाई के भन्न चाहनु हुन्छ ?
हामी राज्यको पाचौ ठूलो जनसङ्ख्या भएको समाज हो । पहिले त हामीले यसैमा गर्व गर्नु पर्छ । त्यो स्थानमा रहेको तामाङ हामी आफू जुन ठाउमा, जुन हैसियतमा भए पनि मैले आˆनो समाजको समग्र विकास गर्नको लागि के गर्न सक्छु भन्ने सोच लिएर अगाडि बढ्नु जरुरी छ । मात्र २ प्रतिशत तामाङहरु बिहान बेलुकाको २ छाक टार्न, आˆनो छोराछोरीलाई शिक्षा दिलाउन सक्षम छन् बाँकी ९८ प्रतिशत तामाङहरु शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा तल परेका छौ । हामीले चक्रपथ वरिपरिको तामाङहरुको जीवनशैली, उनीहरुको हषिर्त हेरेर मात्र गर्व गर्नु हुदैन । चक्रपथबाट १० किलो मिटर वरपर गएर हेर्‍यौ भने हामीले तामाङहरुको वास्तविक समस्याहरु देख्न सक्छौ । उपत्यकाबाट बाहिरा निस्कने हो भने त झन त्यो भन्दा बिकट छ । त्यसैले हामी आफैभित्र एक आपसमा विरोधको सिर्जना गरेर बस्नु भन्दा पनि सङ्गठित रुपमा सहि कुरालाई अगाडि ल्याएर, एउटा सन्देश लिएर सहि विषयलाई छलफल, वहसमा ल्याएर अगाडि बढ्न म सम्पूर्ण तामाङ संघ-संस्थाहरु तथा आम तामाङ समुदायलाई आग्राह गर्न चाहन्छु ।

विदेशमा रहेका तामाङहरुलाई के भन्न चाहनु हुन्छ ?
विभिन्न देशहरुमा तामाङहरु शिक्षा, रोजगारीको क्रममा र अन्य विभिन्न क्रममा रहेका छन् । विदेशी भूमिमा रहे पनि अहिलेको इन्टरनेटको जमानामा टाढा भएको महशुस गरेको छैन मैले । भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा एकता जहिले पनि रहेको छ र रहने छ । कुनै पनि सहयोग गर्नु परेमा म तयार छु र म हामी बीच सहयोगको आदन प्रदान हुनु जरुरी ठान्छु । जहाँ जुन क्रममा रहे पनि हामी तामाङहरु बीचको भावनात्मक एकतालाई कहिल्यै टुटाउनु हुन्न भन्ने आग्राह गर्न चाहन्छु ।

तपाँईको भविष्यको योजना के छ ?
अहिले मेरो तत्कालैको योजना त केहि छैन । किन भने अहिले म विभिन्न संघ-संस्थाहरुमा आवद्ध भएर काम गरिरहेको छु । अब ४/५ वर्ष पछि चाँहि मेरो जीवनको अनुभवहरु लेख्ने सोच बनाएको छु ।

तपाँई हाल कुन-कुन संस्थाहरुमा आबद्ध हुनुहुन्छ ?

हाम्रो यो स्तुपा हेल्थ केयर सेन्टर को-अपरेटिभ लिमिटेड अन्र्तगत नेपाल Institute अफ हेल्थ साईन्सेस्, १०० बेडको स्तुपा कम्यूनिटी हस्पिटल र रिसर्च, ट्रेनिङ एण्ड इन्टरनेशनल रिलेशन गरि ३ वटा भागहरु रहेका छन् । यी ३ वटै मेरो नियन्त्रणमा चलिरहेको छ । म यो तीनवटैको Managing Director को रुपमा काम गरिरहेको छु । अन्य तामाङ प्राज्ञ सभाको संस्थापक तथा अध्यक्ष, तामाङ राष्ट्रिय महासंघको सल्लाहकार, तामाङ डाजाङको संरक्षक, जनजाति महासंघको पूर्व सल्लाहकार, घेदुङको पूर्व सल्लाहकार, जनजाति विकास समितिको संस्थापक कार्यकारी निर्देशक, जनजाति विकास समितिको उपाध्यक्ष, साहित्य सदन नेपालको कोषाध्यक्ष, नागरिक शान्ति आयोगको केन्दि्रय सदस्य, शान्ति र विकासका लागि नागरिक समाजको केन्दि्रय सदस्य लगायत अन्य थुप्रै संस्थाहरुमा आवद्ध छु ।

तपाँई प्राय काममै व्यस्त हुनुहुन्छ, परिवारलाई कति समय दिनु हुन्छ ?
म मेरो काममै व्यस्त हुन्छु । परिवारलाई बचेको थोरै समय मात्र दिन्छु । उनीहरुलाई पनि त थाहा छ नि मेरो काम । त्यसैले उनीहरुले पनि मलाई बुझेको छ ।

तपाँई एउटा समाज सेवी भएको नाताले तामाङ समुदायबाट कस्तो प्रतिक्रियाहरु पाउनु भएको छ ?
मलाई सबैतिरबाट रामै प्रतिक्रियाहरु आउने गरेको छ । सबै संस्थाहरुले बोलाएर मान सम्मान गर्छन् । गाँउ-गाँउमा जाँदा पनि त्यहाँ भएका संघ-संस्थाहरुले सम्मान गर्छ । मैले उनीहरुमाझ गएर केही रकम जम्मा गरेर कोष खडा गरि दिने गरेको छु । म पैसा दिदैमा सेवा हुन्छ भन्नेमा चाँहि विश्वास गर्दिना । त्यो पैसा सहि ठाउँमा प्रयोग भएको छ भने मात्र सेवा पुग्न सक्छ । त्यसैले हामीले सेवा गर्ने भनेको त्यसले व्यावहारिक रुपमै परिवर्तन गर्न सक्नु हो ।

अन्तमा हाम्रो वेव साईटको लागि के सुझाव दिन चाहनु हुन्छ ?
यो तपाँईहरुले एकदमै सरहणीय कार्य शुरु गर्नु भएको छ । विश्वमा रहेका तामाङहरुलाई सहि सुचना, सन्देश दिनेमा म तपाँईहरु प्रति विश्वस्त छु र आउँदो दिनहरुमा अझ परिमार्जित भएर तामाङहरुमाझ जाने विश्वास गरेको छु । तपाँईहरुको यो कार्यको सफलताको कामना गर्न चाहन्छु र विभिन्न माध्यमबाट प्रचार-प्रसारमा जोड दिन सुझाव दिन चाहन्छु । मलाई यस साईट मार्फत तामाङहरुमाझ पुर्‍याउनु भएकोमा धन्यवाद प्रकट गर्न चाहन्छु ।

प्रस्तुती - विष्णु मोक्तान

 
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np