tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 24th Jul 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr


photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
 
Introduction of Boudhanath Stupa

ज्यारुङ खस्योर (बौद्ध)

पुर्व
जन्मकी boudha, boudanath, boudha stupaअप्सरा ज्याजिमाले धर्म सकेपछि साधारण कूलमा जन्म लिईन् । उनको ४ जना श्रीमान्‌बाट प्रत्येकको १-१ जना छोराहरु जन्म भए । घोडा व्यापारीबाट ताजेबु, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जना छोराहरु धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्‌योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरे जसको लागि आवश्यक जमिन माज्यमिजाले उपलब्ध गराईन् । त्यसपछि हात्ती, घोडा र गधालाई माटो, ढुङ्‌गा, ईँटा बोकाएर स्तुपा निर्माण सुरु गरिन् । करिब ४ वर्षपछि ४ तल्ला सम्मको निर्माण भएपछि माज्यमिजाको देहान्त भयो र अरु ३ वर्षसम्म निरन्तर प्रयास गरेपछि ४ जना छोराहरुले ७ वर्षपछि बौद्ध स्तुपाको निर्माण पूरा गरे ।

 

यस बौद्ध स्तुपामा सांगे, हुइसुमा साक्य बुद्वको रिङसल र थुप्रै जिन्लबहरु सुङमा हाली राब्ने गर्दा हजार बुद्व र स्वर्गका देवताहरु लामाको रुपमा आएको विश्वास गरिन्छ । राब्नेले गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ । बोधिसत्वको शक्तिहरु यस स्तुपाको सुङमा परेकोले यसलाई (सांङ्गे थाम्जे दुइवे छ्‌योर्तेन्) पनि भन्ने गरिन्छ ।

बौद्ध स्तुपाको निर्माणपछि ताजेबुले अर्को जन्ममा धर्म प्रचार गर्न उत्तर दिशाको राजा हुन पाँऊ भनि प्रार्थना गरेकाले ती पछि तिब्बत्‌को राजा ठिचेन देबजन भए । फजेबुले पनि अर्को जुनीमा धर्म प्रचारकै लागि विद्वान लामा हुन पाँऊ भनि प्रार्थना गरेकोले पछि तिब्बत्‌मा खेन्पो बोधिसत्वको रुपमा जन्म लिए ।

खिजेबुले धर्म नष्ट गर्ने राक्षसहरुको दमन गरि धर्म रक्षाको लागि अर्को जुनीमा फूलको थुङ्गाबाट जन्म होस् भनि प्रार्थना गरेकाले उर्गेनयुल (कास्मिर) को दक्षिण-पश्चिम दाना कुख्या दूधकुण्डमा कमलको फूलमाथि असार दशमीको दिन गुरु रिन्पोछेको रुपमा अवतार लिए । उत्तरमा धर्म रक्षाको लागि मन्त्रीको रुपमा जन्म हुन पाँऊ भनि ज्यजेवुले प्रार्थना गरेकोले भामिटिसी मन्त्रीको रुपमा तिब्बत्‌मा जन्म भयो । तर सबैले आ-आफ्नै लागि मात्र प्रार्थना गरेको तर ईँटा, माटो र ढुङ्गा बोक्ने पशुहरुको बारे प्रार्थना नगरेकाले पशुहरु तिसाएर ताजेबु (ठिचेन देचन) ले धर्म प्रचार गरेको देशमा धर्म नष्ट गर्न राक्षसको रुपमा जन्म होस् भनि हात्तीले प्रार्थना गरेकाले तिब्बत्‌मा लाङधर्मको रुपमा तिब्बत्‌का राजा भए । त्यसै गरि गधाले पनि धर्म नष्ट गर्न मन्त्रीको रुपमा जन्म हुन पाँऊ भनि प्रार्थना गरेकाले अर्को जन्ममा दुईलोन मस्यात थोम्वेको नामले मन्त्रीको रुपमा तिब्बत्‌मा जन्म भयो ।

ती पशुहरुको प्रार्थना अचानक कागले सुनेकोले पवित्र धर्म नष्ट गर्ने राजालाई मारी धर्म जोगाउन मन्त्रीको रुपमा जन्म हुन सकुँ भनि बौद्ध स्तुपामा प्रार्थना गरेकोले तिब्बत्‌मा मन्त्रीकै भाई लालङ पाल्दोरको रुपमा जन्म भयो । साथै उक्त धर्मको नास् गर्ने राक्षेसहरुलाई दमन गरि धर्म रक्षाको लागि पशु गोठालाहरुले प्रार्थना गरेकाले तिब्बत्‌मा छ्‌योलेन गोही पेमाचेनको जन्म भयो । त्यसै गरि छोङपुर च्यान र सरसे दुई जना बाहुनले धर्म भएको देशमा धार्मिक पुस्तक लेख्नको लागि स्तुपामा प्रार्थना गरेकाले, कावापाल्चेक र लुईग्याल्छेनको रुपमा जन्म भई भगवान बुद्धका हजारौं उपदेशहरुलाई अनुवाद गरि उनीहरुले काङग्युर लेखे । साथै पुस्तक लेखि धर्म प्रचारमा सहयोग गर्न पाँऊ भनि नेपालका दुई राजकुमारीले प्रार्थना गरेकाले तिब्बत्‌मा देनमा चेमाङ र लेजिक ङिमाको जन्म भएर धेरै पुस्तकहरु लेखे ।

boudha in back few years
boudha

यसै क्रममा तिब्बत्‌का तत्कालीन धर्म राजा देचेन देवचनले हामीले पूर्व जन्ममा कुन र के संस्कार गरेकाले धर्म प्रचार गर्न पायौं भनि गुरु रिन्पोछेलाई प्रश्न गर्दा त्यसको व्याख्या र उत्तर दिँदा ज्यारुङ खस्योरको नामदार बनेको कुरा मानी कम्बु छ्‌योईमा उल्लेख गरिएको छ ।

भगवान शाक्यमुनि बुद्ध निर्वाण हुनुभएको केहि वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्‌योर्तेन हो । यहाँ हरेक १२ वर्षमा छ्‌योर्तेनको बुम्बामा पानी भरिन्छ । त्यहाँ हजारौं तोला सुनको जलप लगाईएको छ । १८ औं शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरि बौद्ध छ्‌योर्तेन्‌को रेखदेख, पुजापाठ र सुरक्षाको व्यवस्था गरेका थिए । उनै लामाका सन्तानलाई अझै पनि चिनियाँ लामा भन्ने गरिन्छ । छ्‌योर्तेन्‌को गुठी र छ्‌योर्तेन् उनै लामाको नेतृत्वमा संचालन गर्दै आईरहेको छ ॥
---------------------------------------------------------------------------------------------------------------

   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार साँझ ६ बजेदेखि ७ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np