tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 28th Aug 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr


photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
 
Amrit Yonjan
hr
भाषाबिद् अमृत योन्जन-तामाङ More Info about Writer
पाहुनाको परिचय

यस महिनाको गेष्ट अफ् द मन्थको लागि भाषाविद् अमृत योन्जन-तामाङलाई निम्त्याएका छौं । यो नाम तामाङ भाषा र साहित्यको क्षेत्रमा स्थापित नाम हो । उनी तामाङ भाषा र साहित्यको बलियो जगको रुपमा रहेको छ । रामेछाप जिल्लाको तिल्पुङ कटहरे गाविसको तले गाँउका अमृत योन्जन हाल काठमाडौंको पुरानाबानेश्वर-हाइटमा सपरिवार बस्नु हुन्छ ।

 

Amrit Yonjan, Amrit Tamang, Tamang Bhasabit, reputed tamang

वि.स. २०१२ सालमा जन्मनुभएको योन्जनले भाषाविज्ञानमा एमए गर्नु भएको छ र तामाङ भाषा साहित्यका अतिरिक्त नेपालका लोपोन्मुख भाषाहरूको अध्ययन, अनुसन्धान र भाषाविकासमा पनि सक्रिय हुनुहुन्छ । हालसम्म वहाँका २० वटा पुस्तकपुस्तिका प्रकाशित भएका छन्, यीमध्ये १७ वटा पुस्तक तामाङ जाति, भाषा र साहित्यसंगै सम्वन्धित छन् । हालै उहाँका दुइवटा महत्वपर्ूण्ा पुस्तक तामाङ पहिचानका सर्न्दर्भहरू र नेपालका भाषाहरूको पहिचान, वर्तमान स्थिति र भाषा विकासयोजना प्रकाशित भएको छ । वहाँले आधादर्जन जति तामाङ पत्रपत्रिकाको सम्पादन गरिसक्नु भएको छ र यसै हाराहारीमा स्मारिकाको पनि । यस्तै केही पुस्तकहरूको पनि सम्पादन गर्नुभएको छ र केही पुस्तकहरू प्रकाशनको क्रममा रहेको छ । हालसम्म प्रकाशित वहाँका कृतिहरू निम्न हुन् ः

२०६३ नेपालका भाषाहरूको पहिचान, स्थिति र भाषा विकासयोजना, काठमाडौं ः आदिवासी भाषाविज्ञान समाज
२०६३ तामाङ पहिचानका सर्न्दर्भहरू, काठमाडौं ः डि. आर. पब्लिक हाउजिङ
२०६२ तामाङ साहित्यको इतिहास, काठमाडौंः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान -प्रकाशनोन्मुख)
२०६१ तामाङ भाषाको फट्को काठमाडौं ः सेङजाङ-डाजाङ प्रकाशन ।
२०६१ ङयाउ ङयाउ सुरि -तामाङ बालकविता) काठमाडौं ः सेङजाङ-डाजाङ प्रकाशन ।
२०६० साङमोसे म्राङबा नाम्सा, काठमाडौं ः तामाङ ग्योइ थेन सेमल्हेङ सेङजाङ प्रकाशन ।
२०६० सबैको लागि स्वास्थ्य -सामुदायिक छलफल कक्षाको लागि), काठमाडौं ः सगुन ।
२०५८  भुजेल जाति र भाषा ःप्रारम्भिक अध्ययन, काठमाडौं ः भुजेल सेवा समिति, काठमाडौं शाखा -भाषा खण्ड)।
२०५६-५९     हयाङला ग्योत् -हाम्रो भाषा) -कक्षा १ देखि ५ सम्मको श्रृङ्खला), भक्तपुर ः पाठयक्रम विकास केन्द्र, सानोठिमी -सहलेखन) ।
२०५५  तामाङ प्रकाशनको विकास, काठमाडौं ः तिल्पुङ प्रकाशन ।
२०५४  तामाङ व्याकरण, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान ।
२०५४  तामाङ शब्दकोश, काठमाडौं ः नेपाल तामाङ गुम्बा सेवा केन्द्र ।
२०५३  तामाङ जाति र संस्कृति, काठमाडौं ः तामाङ भाषा तथा साहित्य परिषद् ।
२०५२  मौनताको संस्कार टुटदैछ, काठमाडौं ः साङग्रिला प्रकाशन ।
२०५१  नेपाली-तामाङ शब्दकोश, काठमाडौं ः तामाङ भाषा तथा साहित्य परिषद् ।
२०५०  तामाङ भाषा बोलचाल, काठमाडौं ः नेपाल डम्फु समाज ।
२०४९  छारठीम भाग १ र २ -अनौपचारिक प्रौढ शिक्षाको पाठयपुस्तक) काठमाडौं ः एक्सन एड नेपाल र बागमती एकीकृत जलाधार व्यवस्थापन आयोजना -दोस्रो संस्करण २०५९) ।
२०४९  तामाङ व्याकरणको प्रारुप, काठमाडौं ः तामाङ भाषा तथा साहित्य परिषद् ।
२०४७  तामाङ संख्या प्रणाली, काठमाडौं ः साङग्रिला प्रकाशन ।
२०४७  चु साहेन्छे -यस धर्तीबाट), काठमाडौं ः साङग्रिला प्रकाशन ।

'परम्परागत सामजिक संरचना, फरक भाषा र धर्म, विशिष्ठ संस्कृति र परम्परागत भूक्षेत्रमा मात्र तामाङ पहिचान सिमित हुने विम्ब होइन, उनीहरूको चिन्तनमनन, बौद्धिक अभ्यास र क्रियाकलाप पनि पहिचानको परिधिभित्र पर्नु पर्दछ' भन्ने धारणा राख्नुहुन्छ योन्जनज्यू । वहाँ तामाङ पुस्तक, पत्रपत्रिका, स्मारिका, क्यासेटएल्बम, फिल्म आदि तामाङ सम्वन्धी सामग्री संकलन गर्नुहुन्छ र वहाँको बैठक कोठा पुस्तकालय जस्तै देखिन्छ । 

तामाङ भाषा तथा साहित्यका दरिलो जगका रूपमा रहेका अमृत योन्जनसंग तamबलनकamबव।अom को 'गेष्ट अफ् दि मन्थ' सेक्सन्को लागि हाम्रा वेभपत्रकार विष्णु मोक्तानले लिएको कुराकानीको अंश                           

हाल तपाईं के गर्दै हुनुहुन्छ ?

परिवारमा पाँचजना छन् दुइ छोरा, एक छोरी, श्रीमती र म । परिवारको जीवनपायनको स्रोत मेरै काँधमा रहेकोले परिवार पाल्ने क्रममा नै छु, काठमाडौं जस्तो महानगरमा । यस अतिरिक्त भाषा, साहित्यको लागि लेखिटोप्लने हुनाले त्यसतिर पनि सक्रिय छु । हालै नेपालको अन्तरिम संविधान-२०६३ को तामाङ भाषामा अनुवाद गर्ने कार्य सिध्याए । ध्यानबहादुर मोक्तान र सिर्जना गोलेसंग मिलेर तामाङ भाषामा ३ घण्टा लामो चेतनामूलक रेडियो कार्यक्रम तयार गर्दै छु । तामाङ भाषाका अनौपचारिक शिक्षाको आधारभूत पाठयपुस्तक पनि परिमार्जन गरिरहेको छु । न्याता सिप्ता एकाडेमीका साथीहरूले यसै शैक्षिक सत्रदेखि तामाङ भाषाको पनि कक्षा सञ्चालन गर्ने जोशजागर देखाएको हुनाले त्यस विद्यालयको लागि पनि तामाङ भाषाको पाठयपुस्तक तयार गर्दैछु । काठमाडौंमा हुने आदिवासी जनजातिको भाषा सम्वन्धी गोष्ठीमा पनि पुग्ने गर्दछु। कार्यपत्र, अवधारणापत्र आदि अनुरोध अनुसार लेख्ने र प्रस्तुत गर्न भ्याउनु नै पर्‍यो । जेहोस् जीवन चल्दैछ, चलाउदैछु । 

तपाईको वाल्यकाल कसरी वित्यो ?

मेरो जन्म भारतको कोलकता महानगरीभित्र भएको रहेछ । एक वर्षो उमेर नहुदैदेखि गाउँघरमा रमाए । लगभग १६ वर्षम्म तिल्पुङका तले-घले गाउँमा हर्ुर्के, बढे र किशोर भए । लगभग एक घण्टाको दूरीमा तिल्पुङ कटहरे प्राथमिक विद्यालय थियो र खेलीखेली १५ वर्षो उमेरमा कक्षा ५ पास गरेछु । हाइस्कुल नजिक नभएको, आर्थिक स्थिति पनि राम्रो नभएको र घरमा काम गर्ने मान्छे पनि नभएकोले बाजेबज्यै, फुपुहरूलाई घाँसदाउरा, खेतीपातीमा सघाउदै, गोरु जोत्दै, बाख्रो चराउदै, पाखापखेरुमा खेल्दै, सुसेल्दै र गाउँघरमा बराल्दै बाल्यकाल बितेछ । हाटबजार जात्रामात्रा हिडनु, गीत गाउनु र लौरो खेल्नु तिल्पुङे तामाङको पुस्तैनी प्रचलन थियो र म कसरी एक्लो हुन सक्थे र ! 'ल्हासामा सुन छ, कान मेरो बुच्चे' भने जस्तै बुबा कलकत्ताको जागिरे भए पनि आफु गाउँघरको दाउरे नै थिए ।

त्यसो भए तपाईले आफ्नो पर्ढाई कसरी अगाडि बढाउनु भयो त ?

वि.स.२०२८ साल फागुन तिर होला । गाउँका पञ्चहरू कुनै राजा मरेकोले कपाल खौरदै थिए, त्यसै ताका कलकत्तामा नै काम गर्ने एक जना मीतबासंग भेट भयो र उनीसंगै कुलेलाम ठोके । त्यहाँ पुगेपछि बुबाले शालिमार हिन्दी हाइस्कुल, शिवपुरमा भर्ना गरिदिए कक्षा ७ मा । पर्‍यो आपात । नेपालका पहाडमा ५ पढेको केटोलाई कलकत्ताको महानगरीको हिन्दी हाइस्कुलमा ७ पढनु सजिलो थिएन, पहाडमा खेलीखेली हिडेको पोष त्यहाँ निस्कियो । तर बुझे पनि नबुझे पनि पढे । हिन्दी भाषा बोल्न नजान्ने भएकोले मेरो नाम नै 'हिन्दी नजान्ने केटो' रहयो । त्यसै नामले बोलाइन्थ्यो पनि, त्यसो भनेर बोलाउदा लाज पनि लाग्दथ्यो । एक वर्षभएपछि हिन्दी जान्ने भएछु र ७ पनि पास गरेछु । अर्कै वर्षकेटाहरू मात्र पढने अम्बिका हिन्दी हाई स्कुलमा भर्ना भए । नियमित मिहेनतले होला सन् १९७६ मा मैले पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डबाट एसएलसि र सन् १९७८ मा पश्चिम बंगाल उच्च शिक्षा परिषद्बाट उच्च मावि ९ज्ञण्ंद्द० उत्तिर्ण्र्ाारे । दर्शनशास्त्र र मनोविज्ञान लिएर बि.ए. पनि पढे तर उत्तिर्ण्र्ाागर्दै १९८१ सालतिर काठमाडौं घुम्न आएको त फर्किने मनै भएन । यतै भौंतारिएछु । पछि घरबार जोडदै र बालबालिकाको लालनपालन गर्दै त्रिभूवन विश्वविद्यालयबाट सन् १९८९ मा बिए र सन् २००० मा भाषाविज्ञानमा एमए पनि पास गरे । उच्च शिक्षाको प्रत्येक तहको पढाइमा १०/११ वर्षो ग्याप भएकोले सन् २०११ तिर त पिचडि पनि गर्छर्ुुक जस्तो पनि लाग्छ ।

तँपाईले धेरै तामाङ पत्रपत्रिकाहरुको सम्पादन सथै प्रकाशन पनि गर्नु भएको छ पत्रकारिता जीवन कसरी शुरु भयो नि त?

मलाई समाचारपत्रहरू पढदा बाइलाइन समाचार मनपर्दथ्यो । शायद मलाई त्यसरी लेख्न मनोविञान पलाएको हुनर्ुपर्दछ । वि.स. २०३८ सालको फागनको पहिलो हप्तातिर कोलकताबाट गाउँजादै थिएँ, बाटोमा कतै रेडियोको समाचारमा 'पत्रकारिता चौथो अंग' भनेर फलाकेको सुने । त्यसै ताका काठमाडौं पसे । काठमाडौंमा चिनजानका कोही नभएकोले काम पाउने कुरै भएन, दैनिक पत्रपत्रिकामा वान्टेड हर्ेर्ने र भर्ने गर्दथे । मलाई बोलाउने आँट कसैले गरेनन् । त्यसै ताका काठमाडौंको एउटा साप्ताहिक पत्रिकामा पिउनदेखि समाचार लेखन र सम्पादनसम्मको काम गरे । ६ महिनापछि सूचनाविभागबाट सहायक-सम्पादकको कार्ड पनि पाए तर गुजारा नचलेपछि छोडेर रामेछापकै सैलुङ क्षेत्रको एउटा गाउँमा मास्टरको जागिर खाना हिंडे र पिङखुरी गाउँको मानेडाँडा निमाबिमा हेडमास्टर भएर शिक्षण पेशा सुरु गरे । त्यसपछि दोरम्बाको काकलिङ माविमा निमित्त हेडमास्टर रहेकै क्रममा बहुदलको पक्षमा लागेको आरोपमा प्रशासनले वारेन्ट जारी गरेर २०४४ पुष  १३ गते रामेछापको सदरमुकाममै गिराफ्तार गर्न खोजे तर साथीहरूको सहयोगमा प्रशासनको आँखा छल्न सफल भए । एक महिना जति तर्राईतिरका विभिन्न ठाउँमा लुकेपछि सोही साल फागुनतिर काठमाडौं पसेर एउटा बोर्डिङ स्कुलमा पढाउन थाले । यसपछि काठमाडौंले हालसम्म मलाई छोडेको छैन ।

यसपछि २०४५ साल जेठदेखि स्योम्हेन्दो मासिक पत्रिकाको सम्पादन सुरु गरे, केही साथीहरूको सहयोगमा । त्यो पत्रिका २२ अंकसम्म निस्केको छ, अहिले हर्ेदा यो पत्रिका तामाङ भाषा र साहित्यको जग जस्तै भएको रहेछ । प्रजातन्त्रको पुनर्स्थापनापछि २०४७ सालतिर याम्बु नामक साप्ताहिक पत्रिका पनि निकाले । यसै गरी आधादर्जन जति अन्य पत्रपत्रिका र स्मारिका सम्पादन तथा प्रकाशन गर्न भ्याएछु । यसरी काठमाडौं पसेर तामाङ पत्रकारिताको जीवन सुरु गर्न पाएकोमा अहिले हर्ेदा रामेछाप प्रशासनलाई धन्यवाद दिन मन लाग्छ ।

तामाङ भाषामा साहित्य लेख्न र भाषाशास्त्रको अध्ययन तिर झुकाव कसरी भयो - केकस्ता उपलिब्ध हासिल भएको ठान्नु हुन्छ ?

हाइस्कुल विद्यार्थी हुँदा कुनै हिन्दीको पाठयपुस्तकमा महात्मा गान्धीद्वारा लेखिएका मातृभाषाको महत्वबारेको लेख पढेर निकै प्रभावित भएको थिए, मातृभाषामा लेख्ने विचार टुसाएछ । नेपाली भाषालाई भारतको संविधानमा अन्तभुक्त गराउन भारती नेपालीले चलाएको आन्दोलनमा कोलकते नेपालीले चलाएको आन्दोलनमा पनि संलग्न भए, नेपालीमा केही कविता लेखे । यस अगाडि हिन्दीमा कविता लेख्थे । काठमाडौंमा फर्केपछि तामाङ भाषामा लेख्न निकै खसखस लागिरहयो । राणकालिन तथा पञ्चायतकालिन नेपालमा मातृभाषा लेख्न पाइदैन थियो, जेलनेलको सजाय दिइन्थ्यो भन्ने पनि सुने । मलाई तामाङ भाषामा लेख्न उत्सुक्ता जागेकोले पत्रिका निकाल्ने धुनमा पहिले देखिनै थिए, त्यताकाका कोइपी, पारुहाङ जस्ता र्राई मित्रहरूले निकालेका पत्रपत्रिका निस्कन्थे र ती पत्रिका पढने र ती पत्रिकामा लेख्ने पनि गर्दथे । काठमाडौ पसेपछि म्हेंपीस्थित अमृत बोर्डिङ स्कूलमा भाइस-प्रिन्सिपलको रुपमा काम गर्न थालेँ र २०४५ बैसाखदेखि सोही बोर्डिङ स्कूलमा साँझपख तामाङ भाषाको कक्षा सञ्चालन गरिरहेकै अवस्थामा जेठ महिनादेखि स्योम्हेन्दो मासिक पत्रिका निकाल्न थाले । यसैक्रममा तामाङ भाषाको बारेमा खोज अनुसन्धान गर्नेक्रम अगाडि बढयो ।

तामाङ जस्तो अलिखित भाषामा लेख्नु सजिलो थिएन । तामाङ भाषा आलेखनको लागि भाषाशास्त्रीहरूसंग उठबस हुन थाल्यो । राष्ट्रिय भाषा नीति सुझाव आयोग -२०५०) को सदस्य भएपछि भाषाबारे जनआवाजहरू सुन्ने र सुझाव संकलन गर्नु पर्ने भयो । क्रमशः भाषाबारेको मेरो ज्ञानमा वृद्धि हुन थाल्यो र भाषाविज्ञान पनि हुन्छ भन्ने थाहा पाए । सिक्किमबाट दक्षिण भारतको मैसुरमा पनि तामाङ भाषाको ध्वनिको अध्ययन गर्न पुगेपछि जिम्मेवारी झन् बढेको महशुस भयो । यसैक्रममा तामाङ व्याकरण र तामाङ शब्दकोश पनि तयार गरेर प्रकाशित गरे ।

सन् १९९६ तिर त्रिभूवन विश्वद्यािलयअर्न्तर्गत केन्द्रिय भाषाविज्ञान विभाग खुलेपछि पहिलो व्याचमा म पनि भाषाविज्ञानका बुढो विद्यार्थी बने र अध्ययनलाई निरन्तरता दिए । यस अध्ययनबाट भाषावैज्ञानिक अध्ययन शीप हासिल भएको हुनाले अहिले म तामाङ भाषाका अतिरिक्त भुजेल, चाम्लिङ, कुलुङ, नाछिरिङ, माझी, आठपरे, थकाली आदि भाषाहरूको लेखनप्रणालीको विकास गर्न र ती भाषाहरूको शब्दकोश तथा व्याकरण तयार गर्न सहयोग गरिरहेको छु । म अहिले विभिन्न भाषाहरूको विकासको लागि परामर्श दिने गर्दछु । भाषा जातिको पहिचान हो र कैयो जातिले भाषाबाटै पहिचान पनि पाएको छ, ती भाषाहरूमा लिखित साहित्यको प्रारम्भ पनि भएको छ, यस कार्यको लागि मलाई जस दिन्छन् । यसलाई मैले उपलब्धिको रुपमा लिएको छु । 

तामाङ भाषा-साहित्यको अध्ययन अनुसन्धानमा पाउनु भएको सफलताबारे केही बताइदिनु हुन्छ कि ?

त्यत्तिबेला तामाङ भाषा साहित्यको अनुसन्धान गर्ने काम सजिलो थिएन, कसैले पत्याउदैन थियो । भाषाको कुरा उठेपछि लिपिको कुरा उठद्थ्यो र जातिको कुरा उठेपछि इतिहासको कुरा उठदथ्यो । यसरी कुरा लथालिङ्ग र भताभुङ् हुन्थ्यो र तामाङबारेको छलफल जहिले पनि शुन्यको शुन्यमा नै हुन्थ्यो । अहिले पनि त्यसखाले मानिसहरूको कमि छैन । तर्सथ उनीहरूको विश्वास जित्न कडा परिश्रम गर्नु पर्‍यो । जनआन्दोलन-१ मा संलग्नता र सफलतापछि वि.स.२०४७ सालको माघ महिनातिर पहिलो पटक मेरो दुइओटा ससाना कृतिहरू क्रमशः चु साहेन्छे -पञ्चायत कालमा लेखिएका तामाङ कविताहरू) र तामाङ सङ्ख्या प्रणाली प्रकाशित भयो । यसपछि व्याकरण, शब्दकोश, भाषाविकास लगायतका पुस्तकहरू प्रकाशित भएका छन् । पहिलो पल्ट व्याकरण लेखेको हुनाले निकै समय लाग्यो, झण्डै तीन/चार वर्ष। व्याकरण अध्ययनकै क्रममा तामाङ भाषाको अनौपचारिक शिक्षाको पाठयपुस्तक छारठिम् तयार भएको थियो । यसपछि औपचारिक शिक्षाको प्राथमिक तहको हयाङ्ला ग्योत पनि तयार गर्न सके । तामाङ गाउँघरमा प्राथमिक विद्यालयहरूमा हयाङ्ला ग्योत को पठनपाठन भइरहेको छ । गतवर्षनेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको साहित्य योजनाअन्तगर्त तामाङ साहित्यको इतिहास पनि तयार गरे । कैँयौ अनुसन्धानमूलक कृतिहरू प्रकाशोन्मुख अवस्थामा छन् र प्रकाशकको खोजीमा छु ।

यसका साथै विभिन्न अनुसन्धानपरक लेख रचनाहरू नेपाल, भारत तथा अन्य देशका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । गोष्ठीहरूमा कार्यपत्र लेख्न आग्रह गर्दछन्, लेखेर प्रस्तुत गर्ने गरेको छु, गोष्ठीमा टिकाटिप्पणी र गरमागरम बहस पनि हुन्छन्, त्यसबाट मैले थप ज्ञान र हौसला पाएको हुन्छु ।

हाल तामाङ साहित्य र पत्रपत्रिका प्रकाशनको क्षेत्रमा धेरै नयाँनयाँ लेखक, कवि, पत्रकारहरू देखापरेका छन्, तामाङ प्रकाशन पनि बढेको छ । हामीले लगभग शुन्य अवस्थाबाट तामाङ भाषामा लेख्न र अध्ययन सुरु गरेका थियौं । अहिले तामाङ भाषा साहित्यको तह निकै माथि उठेको छ, विभिन्न साहित्यिक विधाहरूको रचना भएको छ । अब हामीले शुन्यबाट सुरु गर्नु पर्ने केही छैन । यो नै सफलता हो र उपलब्धि हो जस्तो मलाई लागेको छ ।

तपर्ँइले भाषाशास्त्रीय अध्ययन अनुसन्धानको क्षेत्रमा जुन किसिमको योगदान पुर्‍याउनु भएको छ, अहिलेसम्म सरकार तथा विभिन्न संघसंस्थाहरूबाट कुनै किसिमको सम्मान प्राप्त गर्नुभएको छ ?

थुप्रै संघसंस्थाहरूबाट प्रशंसापत्र पाएको छु, कदरपत्र पाएको छु । सम्मानका साथ गोष्ठी आदिमा बोलाउँछन् कतिले त प्रमुख अतिथि नै बनाउँ छन् । यी सबै सम्मानको सूचक होइनन् र - प्रज्ञा-प्रतिष्ठान लगायतका धेरै संघसंस्थाले मलाई कार्यपत्र लेख्न आग्रह गर्दछन्, त्यसको अर्थ मेरो अध्ययनलाई, ज्ञानलाई कदर गरेको जस्तो लाग्छ । अमेरिकास्थित कर्नेल विश्वविद्यालयका मानवशास्त्र विभागका प्राध्यपहरूले एक महिने तामाङ इतिहासको संयुक्त अध्ययन र प्रस्तुतिको लागि आग्रह गरे । सन् २००० को जनवरीमा त्यहाँ पुगेर विश्वका विद्वान्हरूबीच तामाङ इतिहासबारे संयुक्त प्रस्तुति भयो, मुक्तसिंह लामा, क्याथरिन एस. मार्च र डेभिड होम्र्ल्वर्गसंग मिलेर । नेपाल सरकारले २०५० सालमा गठन गरेको 'राष्ट्रिय भाषा निति तथा सुझाव आयोग' मा सदस्य थिए । यसैगरी २०५४ सालमा 'प्रथमिक तह तामाङ भाषा पाठ्यक्रम विकास कार्यदल', २०५५ सालमा 'प्रथमिक तह तामाङ भाषा पाठ्यक्रम विकास कार्यदल', २०६२-६३ सालको 'राष्ट्रिय भाषा उपसमिति', भाषा-साहित्य विभाग, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६३ सालमा 'नेपाली विषय उपसमिति, दूरशिक्षा/खुल्ला सिकाई कार्यक्रम' लगायतमा शिक्षण संस्थाहरूमा सदस्यको रुपमा मनोनित भई काम गर्ने अवसर पाएको छु ।

नेपालका भाषाहरूको भाषाशास्त्रीय अध्ययन तथा परामर्शका लागि पनि नेपाल आदिवासी जनजति महासंघ, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान र त्रिभूवन विश्वविद्यालय भाषविज्ञान विभागले निम्तो हुन्छ उनीहरूसंग बसेर काम गर्ने मौका पाएको छु । यी सबै सम्मान नै हो । तपाईंहरुले यस महिनाको गेष्ट बनाउदै हुनुहुन्छ त्यो पनि ठूलो सम्मान हो । तर यी सम्मान र सहयोगबाट मात्र जीवनयापनमा ठोस सहयोग नपुग्ने भएकोले ग्रामिण सामुदायिक विकासतिर पनि म संलग्न हुने गर्दछु र अहिलेसम्म परिवार र भाषिक समाजलाई धानेको छु ।

तामाङ भाषा र साहित्य कत्तिको फस्टाएको जस्तो लाग्छ - यसले उचित संरक्षण पाउन सकेको छ र ?

भाषा र साहित्यको क्षेत्र विकास गर्न त्यत्ति सरल र सजिलो छैन । यसलाई समय चहिन्छ । नेपाली भाषा साहित्यको विकासमा ३०० वर्षो समयको लगानी रहेको छ । हिन्दीले ७०० वर्षो लामो इतिहास कायम गरेको छ भने अंग्रेजी साहित्यको विकासमा पनि लगभग ८/९०० वर्षेखिको निरन्तरता छ । यसरी हर्ेदा तामाङ भाषा साहित्यको इतिहास २०० वर्षमात्र लामो छ । प्रकाशित तामाङ साहित्यको इतिहासले गत वर्षमात्र स्वर्ण्र्ाान्ति मनायो । यसमा पनि वितेका १५ वर्षा निकै उत्साहजनक प्रगति भएको छ । हालसम्ममा १९४ पुस्तकपुस्तिका, ७३ वटा पत्रपत्रिका र २५ वटा स्मारिका प्रकाशित भएका छन् । यसै गरी १४७ वटा गीतिक्यासेटको उत्पादन भएका छन्, १६ वटा फिल्म बनेका छन् र रेडियो एफएमबाट २५ वटा तामाङ भाषाको कार्यक्रम प्रशारित भइरहेका छन् । तीन वटा वेभसाइट छ । गाउँघरमा पढन नपाएका पुरुष तथा महिलाहरू तामाङ भाषामै प्रौढ शिक्षा हासिल गर्दैछन् र प्राथमिक तहका बालबालिकाले पनि तामाङ पाठ पढन थालेका छन् । यसलाई कम उपलब्धि मान्नु हुदैन, भाषा साहित्य फस्टाएको छ, आकारमा वृद्धि भएको छ । हो, सोंचे जस्तो गुणस्तरमा वृद्धि हुन सकेको छैन, गहन साहित्य लेख्न सकिराखेको छैन । हामी जग बलियो भए घर बलियो हुन्छ भन्ने पक्षका हौँ र कमाउने उद्देश्यले नभई भाषा, साहित्यको बलियो जग बसाल्ने उद्धेश्यले हामी यस क्षेत्रमा लागेका छौँ । तर छापा माध्यमको विकास सजिलै हुदैन । बोलेको सुनेको कुरा कागजमा उतार्नु पर्ने भएकोले र पाठकले पनि अक्षर चिन्न सक्ने हुनु पर्ने भएकोले यो माध्यमबाट भाषासाहित्य त्यत्ति छिटो फस्टाउदैन ।

जहाँसम्म यसको संरक्षण कुरा छ यसतिर हाम्रो ध्यान निश्चय नै राम्रोसंग जान सकेको छैन । यही नेर हामी चुकेका छौं । ठोकेर भन्ने हो भने भाषा, साहित्य, गीतसंगीत लगायतका कुनै पनि विधाको भविष्य सूनिश्चित छैन किनकि कुनै पनि विधाको संस्थागत विकास हुन सकेको छैन, समीक्षात्मक तथा समालोचनात्म्क साहित्यको प्रारम्भ हुनसकेको छैन । हाल पनि तामाङ पत्रपत्रिकामा पुस्तकपत्रिका, पत्रपत्रिका, स्मारिका वा एल्बम आदिको समीक्षा छापिदैन, समालोचनात्मक सामग्री त झन् छापिने कुरै भएन । यसको अर्थ तामाङ साहित्यका पाठक तयार छैनन् भन्ने हुन्छ । पाठकको दृष्टिले हामीले साहित्य लेखेकै छैंनौं, हुनु पर्दछ भन्ने मात्र रहेको छ । अहिले पनि चिन्तनको दिगो जग बसाइसकेका छैनौं, फोस्रो धाक र धम्कीतिर नै हामी केन्द्रित छौं, हाम्रो प्रकाशनले र हाम्रो गीतसंगीतको थुप्रोले ध्वास देखाएको जस्तो मात्र भएको छ । हामी समयसंग नाचिरहेका छौं, समयलाई नचाउन सकिराखेका छैनौं । हामी आफूतिर बढी केन्द्रित छौं र बौद्धिक उचाइको उठाउनतिर लाग्न डर्राई रहेका छौं । कुनै विद्यार्थीले एसएलसिमा राम्रो अंक ल्याएको हल्ला हुन्छ, स्वागत कार्यक्रमको आयोजना गरिन्छ र सो कार्यक्रममा आफ्नो उपस्थिति देखाउनका लागि पुरुस्कार दिने भिडमा सामेल हुन्छौ, त्यो कार्य दिगो हो होइन, त्यसले समाजलाई गति दिन्छ दिदैन भन्नेतिर हामी चिन्तनमनन गर्दैनौं ।

अव हामीले भाषा, साहित्य, संस्कृति र संगीतको दिगो विकासको लागि ध्यान दिनु पर्दछ, त्यसो भए मात्र हाम्रो पहिचान दरो हुनेछ । हामीले हुललाई, भिडलाई र थुप्रोलाई विकास भनेर गल्ती गर्नु हुदैन र यसले समाजलाई सही दिशा पनि दिदैन र समाजले सही गति पनि लिदैन । मलाई यस्तै लागि राखेको छ ।  

तपाईको विचारमा यसको संरक्षणमा के गर्नु पर्ला -

नेपाल सरकारले छुट्टै तामाङ भाषा-साहित्य विभाग खोलेर वा आदिवासी जनजाति भाषा-साहित्य संस्थान खोलेर कार्य गरेमा भाषा साहित्यका संरक्षण र दिगो विकास हुनसक्छ । यसो भएमा गहन अध्ययन अनुसन्धान पनि सम्भव हुन्छ । यसका साथै भाषा-साहित्यको विकास भनेको जातिलाई पहिचान नाप्ने मूख्य सूचक भएको हुनाले यस क्षेत्रमा हालसम्मको उपलब्धिलाई संरक्षण गर्न हामी आफैंले पनि सामुहिक प्रयास गर्नु पर्दछ । त्यसको लागि भाषा-साहित्य विकास कोष खडा गरेर कार्य प्रारम्भ गरिनु पर्दछ । 

तपाई नेपालका विभिन्न भाषाहरूको अध्ययन अनुसन्धानमा पनि परामर्शदाताको रुपमा कार्यरत् हुनुहुन्छ, तपर्ँइको अनुभव र विचारमा तामाङहरू हरेक क्षेत्रमा पछाडि पर्नुको मूख्य कारण के होला ?

यसको उत्तर सजिलो र सहज छैन । बुझन तथा बुझाउन पनि गाह्रो हुन सक्दछ । एउटा प्रष्ट कारण चाहि ऐतिहासिक कालखण्डलाई नै मानिएको छ । तामाङ मात्र नभएर नेपालका सम्पर्ूण्ा आदिवासीहरू पछाडि पर्नुको कारण यही नै हो । नेपालका आदिवासीहरू राज्यको ऐतिहासिक ग्रान्डडिजाइन भित्र परे । पृथ्वीनारायण शाहले आर्थिक अवस्था दरो बनाउनका लागि काठमाडौ उपत्यकामा आक्रमण गरेका थिए र पछि उनले काठमाडौ उपत्यका बाहिरका राज्यहरूमा पनि कब्जा जमाए । कब्जा गरेपछि सम्पर्ूण्ा उब्जाउभूमिहरू आदिवासीको हातबाट विभिन्न कानुन बनाएर विस्तारै खोसिदै लगे । काठमाडौ वरिपरिको तामाङहरूलाई विना परिश्रमिक काठको कोइला बनाउन लगाए, उब्जाउन भूमि खोसेर बाहुन क्षेत्रीलाई जागिर र बिर्ता दिए । जातीय पहिचान नष्ट गराउने खालका गतिविधिलाई प्रोत्साहन दिए । आफ्नो भाषा बोल्न प्रतिवन्ध लगाए । हाम्रा ऐतिहासिक तथा धार्मिक ग्रन्थहरू खोजी खोजी पोले । पढलेख गर्नेको हात काटिदिए । मरेको गाई खादा पनि मारेको निउँ बनाउदै बजेखुचेका जग्गाजमिन र श्रीसम्पत्ति पनि खोस्ने गरे । यसरी तामाङहरू भिरपाखातिर खोरिया फाँडेर बाँच्न बाध्य भए । हाल पनि आदिवासी क्षेत्रमा सरकारी अड्डाअदालत सार्दै अध्रि्रहणको नाउँमा जग्गा खोस्ने क्रम रोकिएको छैन ।

काठमाडौंका विभिन्न दरवार बनाउनका लागि काठ काटन, चिर्न र ओर्सार्न तामाङहरूलाई श्रमदान गर्न वाध्य पारे । सिंहदरवार बनाउन काठमाडौं वरिपरिका भूक्षेत्रबाट नपुगी, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखासम्मका जंगलबाट काठ ल्याएर दर्वार बनाएका थिए । यी सबै काम गर्न तामाङ जातिलाई श्रमदान गर्न बाध्य पारेका तथ्य हालैको अनुसन्धानहरूबाट फेला परेको छ । यसै क्रममा सरकारलाई श्रम दिन नसकेपछि केही तामाङहरू पर्ूवतिर लागेको तथ्य पनि भेटिएको छ । यसरी हाम्रा पर्ूखाले निकै संर्घष्ा र अपमान सहेर आफ्नो भाषा, संस्कृति, परम्परा र संततिलाई संरक्षण गरेका छन्, पुस्तालाई निरन्तरता दिएका छन् । राणाकालपछिको प्रजातन्त्रकाल र पंचायतकालमा पनि यसै प्रकारको मानसिक यातना हाम्रा अग्रजले सामना गरेका थिए ।

प्रजातन्त्रको पुनर्स्थापना पछिको गत १५ वर्षा अर्थात् २०४६ साल यता हामीले धेरै प्रगति गरेका छौं । हामीले साहित्य र संस्कृतिको मात्र उल्लेखनीय विकास गरेनौं, हाम्रो बोलचालीको भाषाले कक्षाकोठा चहार्‍यो, सञ्चारक्षेत्रमा पाइला दह्रो टेक्यों । सञ्चार प्रविधिको पछिल्लो पुस्ता रुपमा देखिएको वेभसाइटमा पनि हाम्रो पहुँच बढेको छ । यसै गरी शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा पनि तामाङहरू देखिन थालेका छन् । लोकतन्त्रको दिगो स्थापना हुने हो भने सन् २०२० सम्ममा हामी जुनसुकै क्षेत्रमा पनि अगाडि हुनेछौंं, हामीलाई भेटन अहिलेका मूलधारकाहरूले पनि कुदनु पर्नेछ किनकि जस्तो सुकै विषय परिस्थितिमा पनि सामना गर्न सक्ने क्षमता हामीमा छ र हाम्रो मौलिक पहिचानलाई हाम्रा पर्ूखाले बचाइरहेका छन् । हामी अहिले हामीलाई पछि पार्ने ती इतिहासहरूलाई नै इतिहास बनाउने तिर उन्मुख भएका छौं ।

अब हामी पछाडि पर्ने छैनौं, त्यो अब इतिहासको वस्तु हुनेछ । खानपिनको व्यवस्था मिलाउदैं अमेरिका र अरब राष्ट्रहरूमा कार्यरत् तामाङहरूले आफ्नो पहिचान संसारभरि फैलाउन वेभसाइट खोल्छन् भने अब हामी प्रविधिलाई प्रयोग गर्न र चिन्तन गर्नमा पनि पछाडि छैनौं भनेर प्रमाणित भइसकेको छ जस्तो मलाई लागेको छ । 

तपाई नेपालका विभिन्न भाषाहरूको अध्ययन अनुसन्धानमा पनि परामर्शदाताको रुपमा कार्यरत् हुनुहुन्छ, तपर्ँइको अनुभव र विचारमा तामाङहरू हरेक क्षेत्रमा पछाडि पर्नुको मूख्य कारण के होला ?

यसको उत्तर सजिलो र सहज छैन । बुझन तथा बुझाउन पनि गाह्रो हुन सक्दछ । एउटा प्रष्ट कारण चाहि ऐतिहासिक कालखण्डलाई मानिएको छ । तामाङ मात्र नभएर नेपालका सम्पर्ूण्ा आदिवासीहरू पछाडि पर्नु कारण नै यही हो । नेपालका आदिवासीहरू राज्यको ऐतिहासिक ग्रान्डडिजाइन भित्र परे । पृथ्वीनारायण शाहले आर्थिक अवस्था दरो बनाउनका लागि काठमाडौ उपत्यकामा आक्रमण गरेका थिए र पछि उनले काठमाडौ उपत्यका बाहिरका राज्यहरूमा पनि कब्जा गरे । कब्जा गरेपछि सम्पर्ूण्ा उब्जाउभूमिहरू आदिवासीको हातबाट विभिन्न कानुन बनाएर विस्तारै खोसिदै लगे । काठमाडौ वरिपरिको तामाङहरूलाई विना परिश्रमक काठको कोइला बनाउन लगाए, उब्जाउन भूमि खोसेर बाहुन क्षेत्रीलाई जागिर र बिर्तामा दिए । जातीय पहिचान नष्ट गराउने खालका गतिविधिलाई प्रोत्साहन दिए । भाषा बोल्न प्रतिवन्ध लगाए । हाम्रा ऐतिहासिक तथा धार्मिक ग्रन्थहरू खोजी खोजी पोले । पढलेख गर्नेको हात काटिदिए । मरेको गाई खादा पनि मारेको निउँ बनाउदै बजेखुचेका जग्गाजमिन पनि खोस्ने गरे । यसरी तामाङहरू भिरपाखातिर खोरिया फाँडेर खाना बाध्य भए । हाल पनि आदिवासी क्षेत्रमा सरकारी अड्डाअदालत सार्दै अध्रि्रहणको नाउँमा जग्गा खोस्ने क्रम रोकिएको छैन ।

काठमाडौंका विभिन्न राणाका दरवार बनाउनका लागि काठ काटन, चिर्न र ओर्सार्न तामाङहरूलाई श्रमदान गर्न वाध्य पारे । सिंहदरवार बनाउन काठमाडौं वरिपरिका भूक्षेत्रबाट नपुगी, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखासम्मका जंगलबाट काठ ल्याएर दर्वार बनाएका थिए । यी सबै काम गर्न तामाङ जातिलाई श्रमदान गर्न बाध्यपारेका तथ्य हालैको अनुसन्धानबाट फेला परेको छ । यसै क्रममा सरकारलाई श्रम दिन नसकेपछि केही तामाङहरू पर्ूवतिर लागेको तथ्य पनि भेटिएको छ । यसरी हाम्रा पर्ूखाले निकै संर्घष्ा र अपमान सहेर आफ्नो भाषा, संस्कृति, परम्परा र संततिलाई संरक्षण गरेका छन् । राणाकालपछिको प्रजातन्त्रकाल र पंचायतकालमा पनि यसै प्रकारको मानसिक यातना हाम्रा अग्रजले सहेका थिए ।

प्रजातन्त्रको पुनर्स्थापना पछिको गत १५ वर्षा अर्थात् २०४६ साल यता हामीले धेरै प्रगति गरेका छौं । हामीले साहित्य र संस्कृतिको मात्र उल्लेखनीय विकास गरेनौं, बोलचालीको भाषाले कक्षाकोठा चहार्‍यो, सञ्चारक्षेत्रमा पनि पाइलो टेक्यौं । सञ्चार प्रविधिको पछिल्लो पुस्ता रुपमा देखिएको वेभसाइटमा पनि हाम्रो पहुँच बढेको छ । यसलाई कम उपलब्धि मान्नु हुन्न । यसै गरी शिक्षा र आर्थिक विकासको क्षेत्रमा पनि तामाङहरू देखिन थालेका छन् । लोकतन्त्रको दिगो स्थापना हुने हो भने सन् २०२० सम्ममा हामी जुनसुकै क्षेत्रमा पनि अगाडि हुनेछौंं, हामीलाई भेटन अहिलेका मूलधारकाहरूले पनि कुदनु पर्नेछ किनकि जस्तो सुकै विषय परिस्थितिमा पनि तामाङ जातिको मौलिक पहिचानलाई हाम्रा पर्ूखाले बचाइरहेका छन् । हामीलाई पछि पार्ने ती इतिहासहरूलाई इतिहास बनाउने तिर उन्मुख भएका छौं । अब हामी पछाडि छैनौं । खानपिनको व्यवस्था मिलाउदैं अमेरिका र कतारका कार्यरत् तामाङहरूले आफ्नो पहिचान संसारभरि फैलाउन वेभसाइट खोल्छन् भने हामी चिन्तनमा पनि अब पछाडि छैन भनेर प्रमाणित गरिसकेको छ जस्तो मलाई लागेको छ ।

तपाई एउटा सञ्चारकर्मी पनि भएको नाताले तामाङ भाषामा सञ्चालन भईरहेका सञ्चार माध्यमहरू अहिलेको अवस्थामा के कति पर्र्‍याप्त देख्नुहुन्छ ?

प्रयाप्त मात्र होइन कतैकतै त बढी पनि भइसकेको छ । अहिले तामाङ भाषामा २५ वटा रेडियो स्टेसनहरूबाट विभिन्न कार्यक्रम तथा समाचार प्रशारण भइरहेको छ र यो हाम्रो लागि निकै महत्वपर्ूण्ा उपलब्धि हो भनेर मैले माथि भनिसकेको पनि छु । मेरो विचारमा देशका विभिन्न भागमा रेडियो स्टेशन खोलिने क्रम जारी छ र खोलिनु पनि पर्दछ र तामाङ कार्यक्रम सञ्चालन गरिनु पर्दछ । तर काठमाडौं उपत्यकाको लागि भने प्रयाप्त मात्र होइन बढी पनि भइसकेको छ । अब सञ्चारको सूचनाको प्रभावकारिताको बारेमा प्रश्न उठन थालेको छ । प्रभावकारी हुनसकेको छैन भन्ने श्रोताहरूको गुनासो मैले पनि सुनिन्छ र सञ्चार माध्यम प्रभाकारी हुनै पर्दछ । तथ्यहिन र बासी प्रस्तुति दिगो हुन सक्दैन । अबका श्रोताले गहन अध्ययन तथा अनुसन्धानात्क सामग्री खोज्ने गरेको छ, त्यसतर्फपनि हाम्रो ध्यान जानु पर्दछ । तथ्यात्मक गहन सामग्री उपलब्ध गराउनु बौद्धिक वर्गको पनि काम हो, हाम्रो पनि जिम्मेवारी छ । एक पक्षलाई मात्र दोष दिएर पन्छिनु हुदैन । तर कार्यक्रमलाई प्रभावकारी बनाउने काम कार्यक्रम सञ्चालकहरू कै हो ।

एफएमतिर लागेकाहरू प्रायः टीनएजर छन् र उनीहरू स्वाभाविकैले बढी ग्लेमर मन पराउँछन् । उनीहरूलाई दाउनेहरू खरो र पाको हुनु आवश्यक छ नत्र हाम्रो श्रम, लगानी र प्रतिष्ठा सबै डुब्ने छन् । अब एउटा सिङ्गै एफएम स्टेशन स्थापना गरेर आमसञ्चार मिडियाहाउस चलाउन पनि आवश्यक भइसकेको छ, सिक्ने सिकाउने र प्रभावकारी बनाउने, सबै क्षेत्र र तप्काका लागि । लगानी केन्द्रित गर्न सकेको खण्डमा हाम्रो सूचना प्रभावकारी हुनेछ र केही हदसम्म तामाङ भाषाको प्राविधिक शब्दावली र मानक भाषाको पनि विकास हुनेछ ।

पछिल्ला समयमा तामाङ भाषा, संस्कृतिलाई विश्व माझ चिनाउने उद्धेश्यले वेभसाइटहरू पनि सञ्चालनमा आएको छ, तपर्ँइ के सुझाव दिन चाहनुहुन्छ ?

वेभसाइट सञ्चार प्रविधिमा पछिल्लो पुस्ता (Latest Generation) हो, जहाँ हाम्रो पनि पहुँच बढेको छ । यस प्रकारको सूचना क्रान्तिबाट विश्व भरिका ग्राहकले जहाँ बसेर पनि फाईदा लिन सक्छन् । अहिले तामाङ वेभर्साईटको संख्या ३ वटा पुगेको छ । विदेशमा बसेर २/४ रुपियाँ कमाउदै फर्ुसद निकालेर सेवाको भावनाले वेभसाइट सञ्चालन गर्नु निकै राम्रो हो र यस्ता दुइवटा वेभसाइट छन् । सबैले आ-आफ्नो ढंगबाट र तहबाट तामाङ जातिको पहिचान बढाउन खोजिएको छ यो हाम्रो लागि गर्वको विषय हो । तर अहिलेसम्मको वेभहरूमा ग्लेमरले नै बढी भूमिका खेलेको जस्तो लाग्छ, वेभसाइट साँच्ची कै उपयोगी र सूचनामूलक हुन सकेका छैनन् । यो क्षेत्र मेरो लागि नौलो भएकोले यसमा मेरो राम्रो पहुँच छैन । तर जुन उद्देश्यको लागि खोलिएको हो सोही उद्देश्यमा केन्द्रित रहेर सेवा पुर्‍याउने हो भने यो विकल्पहिन बन्न सक्दछ । बुढापाका र विद्यालयका बालबालिकाले समेत वेभसाइटलाई सूचनाको मूलस्रोत मान्ने गरेको पर्रि्रेक्ष्यमा तामाङबारे जान्न चाहेको कुरा तामाङ वेभसाइटमा आधिकारिक रुपमा पाउन सकेको खण्डमा ग्राहकहरू कति लाभान्वित हुन्थ्यो होला । यसै गरी बौद्धिक पाठकको लागि पनि माङलाईब्रेरी स्थापना गरेर सम्पर्ूण्ा तामाङ पुस्तकपुस्तिका, पत्रपत्रिका, स्मारिका, गीतिएल्बम र ऐतिहासिक तथा समसामयिक सूचनाहरू समेट्न सकेको खण्डमा वेभग्राहकको संख्या बढेर जानेछन् । यसको लागि सम्वन्धित क्षेत्रका विज्ञहरूलाई कामको जिम्मा लगाउने हो भने त्यसबाट प्राप्त उपलब्धि ठोस, प्रभावकारी र कमखर्चिलो हुनेछ । यसबाट वेभप्रयोगकर्त्तर्ााे विश्वास जित्न सकिनेछ र लाभ पनि हुनेछ । यसतिरको यात्रा प्रारम्भ गर्नेतिर पनि हाम्रो ध्यान जान आवश्यक छ ।

अन्त्यमा तामाङ समुदायको लागि केही भनाइ राख्नु हुन्छ कि -

माथि नै धेरै कुरा भनिसकेको छु, शायद अनावश्यक पनि भने कि - तर पनि सोधिहाल्नु भयो । अहिले देशमा लोकतन्त्रको स्थापना भएको छ । हाम्रो लागि यो समय गम्भीर रुपले सोँचेर अगाडि बढ्ने समय हो । अहिलेसम्मको इतिहासलाई मनन गरेर अगाडि बढने र आफ्नो खुवी देखाउने समय पनि हो यो । त्यसैले तामाङ समुदायका हरेक सदस्यले विशेषगरी युवा पिढीले सस्तो लोकप्रियतातिर भन्दा इमान्दारपर्ूवक कडा परिश्रम गरेर तामाङ जातिको पहिचानलाई उठाउनेतिर उन्मुख हुन सकेमा १०/१५ वर्षा नै हाम्रो भविष्य सप्रिनेछ र साथसाथै समाजको पहिचान पनि व्हात्तै बढेर जानेछ । यर्सथ यसतिर कदम अगाडि बढाउन जाँगरले सबैलाई साथ दिओस् भन्ने कामना गर्दछु ।

अन्त्यमा तामाङसमाजडटकमले मलाई गेस्ट अफ् द मन्थको लागि गेस्ट बनाएर आफुले जानेबुझेका र लागेका केही कुरा व्यक्त गर्ने मौका दिनु भएकोमा र वेभपेजमा राखेर विश्व सामु उभ्याइ दिनु भएकोमा यस वेभसाइटका संचालक मित्रहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । यसैगरी मेरा जीवनका पानाहरू पल्टाउन मलाई उत्प्रेरित गर्नु भएकोमा, अनुभवहरू व्यक्त गर्न कोटयाउनु भएकोमा वेभपत्रकार विष्णु मोक्तानप्रति पनि आभार प्रकट गर्न चाहन्छु । मेरो विचार पढनुहुने पाठकवर्गलाई पनि धन्यवाद चाहन्छु । अझ पढेपछि आफ्नो प्रतिक्रिया (amrityonjan @ yahoo.com) व्यक्त गर्नु भएमा मेरो जीवनको बाँकी दिनहरूमा खारिने मौका पाउने थिए । धन्यबाद ।

 

 
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np